• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चितवनका दुई हात्ती कतार पठाइँदै

metakhabar by metakhabar
१६ भदौ २०८२,
0
हात्तीको आक्रमणबाट घाइते पूर्णबहादुरको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम भइरहेको छ । उनले भने, “हात्ती राख्ने खोर निर्माणको प्रक्रिया अघि बढाइएको छ । खोर बनेपछि हात्ती पठाउँछौ ।” भैरहवा विमानस्थलबाट पठाइने भएकाले खोर निर्माणपछि दाउन्नेको बाटोको अवस्था हेरेर चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उनले बताए।

कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । रुद्रकली ७ वर्ष र खगेन्द्र प्रसाद ६ वर्षका छावा हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले खोर निर्माणको काम अघि बढाएको छ ।

कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार कोष र नेपालका लागि कतार राजदूतावासका बीचमा खोर निर्माण गरी भैरहवा विमानस्थल पु¥याएर जहाज चढाउने सम्मको कामका लागि सम्झौता भइसकेको छ । उनका अनुसार ‘कोटेसन’ मार्फत खोर निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । उनले भने, “दसैँअघि सम्ममा खोर बनाउने गरी तयारी गरेका छौँ ।”

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माणको प्रक्रिया अघि बढाएको हो । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरी बताउँछन्।

खगेन्द्रको आमा कोशी कली हुन् भने रुद्रकी आमा पूजा कली हुन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् ।

यसअघि नेपालले विभिन्न मित्रराष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ ।

विसं २०४४ सालमा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ वटा हात्तीलाई जन्म दिई सकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये ६ वटाको मृत्यु भएको छ । यहाँ जन्मिएका हात्ती उपहार दिन लागिएको यो पहिलो हो ।

यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ सालमा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो ।

Previous Post

नेपालमा उत्पादन हुने अण्डा अब ‘एन्टीबायोटिकरहित’

Next Post

पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा

पाकिस्तानको सिन्धमा बाढी : १६ लाखभन्दा बढी मानिस जोखिममा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In