• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चन्द्रागिरि–१ लाई ‘बाल श्रममुक्त वडा’ घोषणा

metakhabar by metakhabar
१६ भदौ २०८२,
0
चन्द्रागिरि–१ लाई ‘बाल श्रममुक्त वडा’ घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बाल श्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ ।

यस क्रममा आइतबार चन्द्रागिरि–१ लाई बाल श्रममुक्त घोषणा गरियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि–१ का वडाध्यक्ष हरिश्याम रानामगरलाई ‘बाल श्रममुुक्त वडा घोषणा’ प्रमाणपत्र हन्तान्तरणसँगै चन्द्रागिरि–१ लाई बाल श्रममुक्त वडा घोषणा गरिएको थियो ।

हालसम्म नगरका १५ वडामध्ये विभिन्न १४ वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा भइसकेका छन् । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बाल श्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित नगरका वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गरिएका हुन् ।

नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७५ को लक्ष्यअनुसार बाल श्रम निवारणको लागि बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्बन गरेको छ । साथै नगरपालिकाले बाल श्रम निवारणसम्बन्धी कार्ययोजना बनाइ बाल श्रममुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगर प्रमुख गिरीले आइतबार आयोजित कार्यक्रममा चन्द्रागिरि–१ लाई ‘बाल श्रममुक्त वडा घोषणा’ गर्दै बाल श्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको जानकारी दिए । उनले घोषणा पछिको दिगोपनमा काम गर्न आग्रह गरे ।

बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बाल श्रममुक्त बनाउँदै लगिएको उनले जानकारी दिए । उनका अनुसार चालु आवमा नगरका सबै वडा बाल श्रममुक्त वडा घोषणा भइसक्ने छन् ।

यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने जनाएको छ । सो अवसरमा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, जनप्रतिनिधिलगायत विभिन्न नगरपालिकाका विषयगत शाखाका प्रमुख, विभिन्न बाल क्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासीको सहभागिता थियो ।

सो अवसरमा चन्द्रागिरि–१ का वडाध्यक्ष रानामगरले बाल श्रममुक्त घोषणासम्म आइपुग्न पु¥याइएको साथ र सहयोगप्रति वडावासीलाई धन्यवाद दिँदै यसको दिगोपनका लागि भविष्यमा काम गर्ने जानकारी दिए । चन्द्रागिरि–१ वडा कार्यालयका सचिव रविन पोखरेलले समृद्ध वडा बनाउन विभिन्न काम भइराखेको बताए।

यस अगाडि बाजागाजासहितको निस्केको ¥याली घोषणा सभामा परिणत भएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीले ‘चन्द्रागिरि नगरपालिका, १ नं वडा, काठमाडौँलाई बाल श्रममुक्त घोषणा गरी हामी नगरपालिकाका जनप्रविधि, विषयगत समिति, विद्यालय, बाल क्लब, सञ्चारकर्मी, उद्योग व्यवसायी, सङ्घसस्था तथा सरोकारवालाहरू बाल श्रममुक्त वडालाई नियमितता दिन र बाल श्रम निवारण गर्न प्रतिबद्धछौँ’ भन्ने घोषणापत्रमा हस्ताक्षर समेत गरेका थिए। बाल श्रममुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ ।

यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ । अन्तरराष्ट्रिय श्रम सङ्गठनका ९आइएलओ० को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बाल श्रममा संलग्न छन् ।

१३ वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन्छ ।

Previous Post

आसामसँग आज नेपाल ए को फाइनल खेल

Next Post

लिबियाको राजधानीमा तनाव चुलिँदै, संयुक्त राष्ट्रद्वारा वार्ता जारी राख्न आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
लिबियाको राजधानीमा तनाव चुलिँदै, संयुक्त राष्ट्रद्वारा वार्ता जारी राख्न आग्रह

लिबियाको राजधानीमा तनाव चुलिँदै, संयुक्त राष्ट्रद्वारा वार्ता जारी राख्न आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In