• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुरे काछवासीलाई बर्खे भेलले सास्ती

metakhabar by metakhabar
८ भदौ २०८२,
0
चुरे काछवासीलाई बर्खे भेलले सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। बर्दिवास नगरपालिका क्षेत्रमात्र पर्ने चुरे क्षेत्रका बासिन्दालाई अहिले सास्ती बढेको छ । साउन अन्तिम साताको लगातारको वर्षा भदौ लागेपछि अलि थामिए पनि बाटोघाटो र खानेपानीका मुहान बर्खे भेलले बिगारेपछि काछवासी सास्तीमा परेका हुन् ।

महोत्तरीमा चुरेक्षेत्र बर्दिवासका वडा नं ३, ४, ५, १० र ११ गरी पाँच वडामा पर्दछ । यहाँको चुरे क्षेत्र करिब ३५ किलोमिटर लम्बाइको छ । मधेसको कर्णाली भनिने चुरेको छ बस्ती बर्खा लागेसँगै बाहिरी सम्बन्धबाट विच्छेद हुन्छ । “खोलैखोलाको बाटो बर्खे भेलले पूरै बिगारेको छ, ठाउँठाउँका पाखाबाटा पनि बिग्रेका छन्”, बर्दिवास–११ खयरमाराको झ्याउरे भाङ्ग्रेका ७० वर्षीय पूर्णबहादुर बम्जन भन्छन्, “अब हिउँद नलागेसम्म यी बाटाघाटा खुल्दैनन्, यसयाममा कोही बिरामी परे डोकोमै बोकेर सातरआठ किलोमिटर दक्षिणको खयरमारा बजार पुगेपछिमात्र सवारीसाधन पाइन्छन् ।”

चुरेक्षेत्रका यी पाँच वडामा करिब २०र२२ बस्ती छन् । धेरैजसो यी बस्ती पुग्ने बाटो चुरेका पाखा र खोलाबाट छ । हिउँदभरि बस्ती नजिकसम्म दुःखसुख गाडी गुडे पनि बर्खा लागेपछि यी बस्ती बाहिरी सम्पर्कबाट पूरै टुट्छन् ।

“बर्खेभेलले खगारेको पाखे बाटो पैदल हिँड्न पनि कठिन हुन्छ, खोला भएर हिँड्ने बाटो त झन् बाढी नै हिँड्ने भइहाल्यो”, बर्दिवास–३ को काछबस्ती पर्साहीधापका सामाजिक कार्यकर्ता बुद्धबहादुर मोक्तान भन्छन्, “हिउँद लागेर बाटो नसखारिउञ्जेल हामी यहाँका बासिन्दा अनकन्टारमै हुन्छौँ ।”

बाटोघाटो मात्र नभएर अहिले खानेपानीको सङ्कट व्यहोरिरहनु परेको काछवासीको गुनासो छ । काछबस्तीमा धेरैजसो खोला छेउका जरुवा पानी, खोल्सी र कुवामै निर्भर हुनुपरेको बर्दिबास–५ छोड्केकी मनमाया ब्लोन बताउँछन् ।

उनले भने, “हामीले खानेपानीको मुहान पाखाबाट झरेको लेदोले पुर्‍यो, कसैगरी दुईरतीन दिन लगाएर लेदो सफा गरिए पनि पानी सङ्कलन समय लाग्ने हुँदा धमिलो नै खानु परेको छ ।” सबैभन्दा मुस्किल त कोही बिरामी भइहाले बर्दिवास अस्पतालसम्म पुर्‍याउन कठिन पर्ने गरेको काछवासीको गुनासो छ ।

“बर्खा सकिनासाथ चाडवाडको रन्कोले छोप्छ, तर योबेला सवारीसाधन चल्दैनन्, सरसामान जुटाउन काछवासीलाई अत्यन्त अप्ठ्यारो छ”, बर्दिवास–५ का वडाध्यक्ष कहारमान स्याङ्वा भन्छन्, “बर्खाभरि बाटो सखार्ने, सम्याउने कामका लागि भित्री काछबस्तीसम्म यान्त्रिक उपकरण पु र्‍याउन गारो छ, त्यसैले राम्रो मर्मतसम्भारका लागि हिउँद नै पर्खन परेको हो ।”

बाटोघाटो र खानेपानी मात्र नभएर बर्खेभेलले कैयन ठाउँका छड्की (तारजालीको बाँध) फुटाएर बालीनाली क्षति गरेको छ । कैयन ठाउँमा खेत कटानको जोखिम बढ्दो छ । “हामीले पर्साहीधापमा बर्खेभेलले तारजाली काट्न थालेपछि डोजर त पुर्‍यायौंँ, तर चुरेक्षेत्रमा पानी परिरहँदा खहरे उर्लेर आएपछि काम गर्नसक्ने स्थिति रहेन”, यसै भदौको पहिलो साताको उर्रा खोलाको बाढी सम्झदै बर्दिवास–३ का वडाध्यक्ष विराट विष्ट भन्छन्, “ठाउँठाउँमा बस्ती नै बाढीको चपेटामा पर्ने डर बढेको छ ।”

बर्खेभेलले ओल्लोपल्लो बस्तीमा आवतजावत गर्न कठिन भएको छ । बर्खेभेलले गर्दा गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण गर्न गराउन स्वास्थ्य संस्थासम्म पुग्न समस्या छ । यसैगरी सुत्केरी गराउन अस्पतालसम्म पुर्‍याउन काछवासीलाई बाटोले अप्ठ्यारो पारेको बर्दिवास–४ माइस्थानका सामाजिक कार्यकर्ता सोमबहादुर कार्कीको भनाइ छ ।

महोत्तरीमा रातु, भब्सी, जङ्घा, गणन्ता, ढुङ्ग्रे, टुटेश्वर, खयरमारा, मडहा र बाँके मुख्य नदी हुन् । यी नदीमा मिसिने खहरे, खोल्सीको सङ्ख्या ३०० को हाराहारी पुग्छन् । एउटा रातुमा मात्रै १०८ वटा खहरेखोल्सी मिसिएका छन्। बर्खामा सबैजसो खहरेखोल्सीमा उर्लने बाढीले भित्री बस्तीका बाटाघाटा भत्काउने पीडा यहाँ बर्सेनिको हो ।

पाखो बाटो सखारेर राम्रो नबनुञ्जेल आफूहरुको सास्ती रहिरहने काछवासीको भनाइ छ । “चुरेकाछका बस्ती पुग्ने बाटो धेरैजसो खोला भएर छन्, त्यसैले बढी समस्या भएको छ, अब पाखोबाटो बनाउन सरकारले पहलकदमी लिइदेओस्”, बर्दिवास–१० खयरमाराका सामाजिक अगुवा दुर्गामान लामा भन्छन्, “यति नहउञ्जेल काछवासी मान्छेजसरी बस्न नपाउने भए ।”

अब यसपाली बर्खा सकिनासाथ स्थानीय तह, प्रदेश एवं सङ्घीय सरकारबीच समन्वय भएर बाटोघाटो, खानेपानी र स्वास्थ्य संस्थाका लागि दीर्घकालीन उपाय अवलम्बन गरिनपर्ने यी बस्तीका बासिन्दाको माग छ ।

Previous Post

इम्बोस्ड नम्बर प्लेट : कसरी होला कार्यान्वयन ?

Next Post

उत्तर कोरियाद्वारा दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
उत्तर कोरियाद्वारा दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण

उत्तर कोरियाद्वारा दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In