• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

metakhabar by metakhabar
८ भदौ २०८२,
0
भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक नेपाल भ्रमणमा हुनुहुन्छ । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उहाँ  काठमाडौँ आउनुभएको हो ।

भियतनामका लागि गैरआवासीय नेपाली राजदूत धनबहादुर ओली उच्चस्तरको यस भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गर्नुहुन्छ । नेपाल र भियतनामबीच १९७५ मे १५ मा औपचारिक दौत्य सम्बन्ध स्थापना भएको थियो ।

त्यसयता दुवै मुलुकबीच पारस्परिक सद्भाव र विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ । दुई देशबीच यसप्रकारका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारीस्तरमा मात्रै नभइ व्यापार, व्यवसाय र जनस्तरमा समेत द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।

राजदूत ओलीले भन्नुभयो, “दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको सन्दर्भमा भियतनाका उपराष्ट्रपतिबाट नेपाल भ्रमण भएको छ, यो उच्चस्तरीय भ्रमणबाट नेपाल र भियतनामबीच व्यापार, लगानी, पर्यटन र सांस्कृतिक आदान–प्रदानलगायत आपसी सहकार्यका विविध क्षेत्रलाई नयाँ आयाममा लैजान पहल गर्नुपर्छ ।”

भियतनामका उपराष्ट्रपति सुआनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र स्वयम्भूनाथको भ्रमण गर्ने कार्यक्रम छ ।

दुई देशबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा यसवर्ष दुवै मुलुकमा विविध कार्यक्रम आयोजना गरिएका छन् । नेपालले आउँदो अक्टोबरमा भियतनामको हनोइमा विशेष कार्यक्रम आयोजना गर्ने राजदूत ओलीले जानकारी दिनुभयो । कार्यक्रममा कृषि, पर्यटन, लगानी, व्यापार र सांस्कृतिक आदान–प्रदानलाई प्राथमिकताका साथ अघि बढाइने योजना छ । त्यस कार्यक्रममा नेपालका तर्फबाट पनि उच्चस्तरीय भ्रमणको सम्भावना छ ।

दुई मुलुकबीच कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा (भिसा) छुट दिने तथा लगानीसम्बन्धी सम्झौताको तयारी भइरहेको राजदूत ओलीले जानकारी दिनुभयो । “नेपालले लगानीमैत्री वातावरण बनाउन सकेमा भियतनामसँग संयुक्त लगानी गर्ने प्रशस्त सम्भावना छ । विशेषगरी कृषि, पर्यटन, ‘एग्रो–प्रोसेसिङ’, हर्बल उत्पादन र कफी प्लान्टेशनजस्ता क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना छन्”, उहाँले भन्नुभयो ।

भियतनामले उत्पादन र निर्यात क्षमतामा ठूलो प्रगति गरिसकेको छ । विशेषगरी कफी, धान, फलफूल र अन्य उत्पादनमा सफलता हासिल गरेको भियतनामसँग नेपालले अनुभव आदान–प्रदान गर्न सक्ने उहाँको भनाइ छ । कृषि मूल्य श्रृङ्खला विकास, आधुनिक प्रविधि प्रयोग र उत्पादन वृद्धिमा सहकार्य गर्न सकिने सम्भावना रहेको राजदूत ओलीले बताउनुभयो ।

दुई देशबीच पर्यटन अर्को सम्भावित क्षेत्रका रूपमा देखिएको छ । नेपाल र भियतनामबीच हालसम्म प्रत्यक्ष हवाई सम्झौता नभए पनि त्यसको प्रक्रिया सुरु गरिएको छ । यसलाई निष्कर्षमा पु¥याउन सकेमा दुवै देशबीच पर्यटक आदान–प्रदानमा सहजता हुने अपेक्षा गरिएको थाइल्याण्डका लागि नेपाली आवासीय राजदूत ओलीले बताउनुभयो ।

विशेषगरी लुम्बिनीलाई केन्द्र बनाएर ‘चार्टर फ्लाइट’ सुविधा उपलब्ध गराएमा भियतनाममार्ग हुँदै कोरिया, जापानलगायत मुलुकका पर्यटकलाई नेपाल भित्र्याउन सकिने विश्वास गरिएको छ । यसले बौद्ध पर्यटनलाई अझ प्रवर्द्धन गर्नेछ । “बौद्धमार्गी मुलुक भियतनामले नेपाललाई बुद्ध जन्मभूमि र हिमालको देश भनेर चिन्ने गर्छ । त्यसैले बौद्ध पर्यटन प्रवर्द्धनमा दुवै देशले संयुक्त रूपमा काम गर्न सक्छौँ”, राजदूत ओलीले भन्नुभयो ।

शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानमा पनि दुई देशबीच सहकार्यको प्रशस्त सम्भावना छ । विशेषगरी लुम्बिनीमा स्थापित बौद्ध विश्वविद्यालय तथा अध्ययन केन्द्रलाई लक्षित गरेर विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्न सकिनेछ । यसले दुई देशका युवापुस्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । त्यसैगरी, नेपाल–भियतनाम मैत्री सङ्घ सक्रिय रूपमा लागिरहेको र यसले दुवै देशका नागरिकस्तरीय सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पु¥याइरहेको छ ।

नेपाल र भियतनाम दुवै मुलुक बुद्ध धर्मसँग सम्बन्धित भएकाले सांस्कृतिक नाता गहिरो छ । अन्तरराष्ट्रिय मञ्चमा पनि दुवै देश शान्तिप्रिय राष्ट्रका रूपमा परिचित छन् । जलवायु परिवर्तन, हरित विकास र बहुपक्षीय सहकार्यका विषयमा दुवै देशको साझा दृष्टिकोण रहेको राजदूत ओलीको भनाइ छ । उहाँले भन्नुभयो, “नेपाल र भियतनामले अन्तरराष्ट्रिय मञ्चमा प्रायः समान खालका आवाज राख्ने गरेका छन् । हामीले एकअर्कालाई निरन्तर सहयोग गर्दै आएका छौँ । वातावरणीय विषय, क्षेत्रीय सहकार्य, दिगो विकासलगायत कुरामा हाम्रा समान धारणा छन् ।”

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धलाई अझ नजिक ल्याउने महत्त्वपूर्ण अवसर मानिएको छ । राजदूत ओलीका अनुसार भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध थप मजबुद तुल्याउने महत्त्वपूर्ण कडीका रूपमा रहने छ ।

यस अवसरलाई प्रयोग गरेर दुई देशबीच व्यापारिक साझेदारी, लगानी प्रवर्द्धन, पर्यटन विकास र सांस्कृतिक आदान–प्रदानलाई नयाँ ढङ्गले अघि बढाउने योजना रहेको छ । “भियतनामका उपराष्ट्रपतिको यो भ्रमण सद्भावको सुरुआत हो । भविष्यमा सहकार्यका प्रशस्त सम्भावना छन् । जति द्विपक्षीय सम्बन्धलाई बढाउँदै लगिन्छ, त्यति नयाँ अवसर खुल्दै जानेछन् । यस भ्रमणको मूल सन्देश भनेकै सम्बन्धलाई अझ मजबुत बनाउने हो”, राजदूत ओलीले भन्नुभयो ।

Previous Post

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

Next Post

बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाकोे पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
समाचार

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

९ भदौ २०८३,
मेहनत र आम्दानी दुवै गाउँमै
फिचर-ब्यानर

मेहनत र आम्दानी दुवै गाउँमै

९ भदौ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाकोे पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In