• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौतमबुद्ध विमानस्थल निष्क्रिय, संघर्ष समितिको प्रधानमन्त्रीलाई आग्रह – भारत भ्रमणको उडान भैरहवाबाट गर्नुपर्ने

metakhabar by metakhabar
४ भदौ २०८२,
0
गौतमबुद्ध विमानस्थल निष्क्रिय, संघर्ष समितिको प्रधानमन्त्रीलाई आग्रह – भारत भ्रमणको उडान भैरहवाबाट गर्नुपर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उद्घाटन भएको तीन वर्ष पुगिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुनुका कारण विवादमा तानिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः चर्चामा आएको छ। भैरहवास्थित विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन दबाब स्वरूप रुपन्देहीका स्थानीय तहका प्रमुखहरू सम्मिलित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै आसन्न भारत भ्रमणको उडान भैरहवाबाटै गर्न आग्रह गरेको छ।

संघर्ष समितिका संयोजक तथा सिद्धार्थनगरका मेयर इश्तियाक अहमद खाँले इमेलमार्फत पठाएको पत्रमा भनिएको छ, “प्रधानमन्त्रीज्यू भारत भ्रमण जाँदा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न विशेष आग्रह गर्दछौं। यसले विमानस्थल सञ्चालनका लागि आवश्यक कूटनीतिक पहलमा सकारात्मक सन्देश दिनेछ।”

अर्बौं रुपैयाँ खर्च गरेर निर्माण भएको विमानस्थल नियमित सञ्चालनमा नआउँदा लुम्बिनी प्रदेशकै विकास रोकिएको र निजी क्षेत्रको लगानी समेत जोखिममा परेको समितिको दाबी छ। होटल व्यवसायी ऋण तिर्न नसकी घाटामा गएको, कतिपय होटल विक्रि हुनुपरेको, उद्योग–पर्यटनमा लगानी ठप्प भएको उल्लेख गर्दै सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने माग गरिएको छ।

स्थानीयवासी र व्यवसायीहरूले काठमाडौंस्थित पर्यटन उद्योगका केही ठूला खेलाडीको दबाबमा सरकारले भैरहवाको विमानस्थलप्रति बेवास्ता गरेको आरोप लगाएका छन्। गत अप्रिलदेखि अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थलमा आगामी अक्टोबरदेखि मात्र थाई एअरले उडान सुरु गर्ने तयारी गरेको छ। विमानस्थलमा उडान गर्न आवश्यक आरएनपी–एआर प्रविधि लागू भए पनि नियमित उडान स्थिर नभएको, नेपाल एअरलाइन्स तथा हिमालयन एअरलाइन्सले जहाज थपेर गौतमबुद्ध विमानस्थललाई प्राथमिकता दिनुपर्ने, कार्गो सुविधा सञ्चालनमा ल्याउनुपर्ने लगायतका माग संघर्ष समितिले अघि सारेको छ।

विमानस्थलको जग्गा खरिद तथा मुआब्जा वितरणमा नीतिगत अनियमितता भएको आशंका गर्दै सार्वजनिक लेखा समितिले छानबिन गर्नुपर्ने मत राखेको छ। करिब साढे २२ अर्ब मुआब्जा वितरणमा ‘कमसल जग्गा’ महँगा दरमा खरिद गरिएको भन्दै शंका प्रकट गरिएको छ। बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेको यो विमानस्थललाई धार्मिक पर्यटनको प्रवेशद्वारको रूपमा विकास गर्ने योजना थियो। तर, अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि विदेशी पर्यटकको आगमन शून्य बराबर छ, जसले पर्यटन व्यवसायीहरूलाई निराश बनाएको छ।

संघर्ष समितिले छिट्टै प्रधानमन्त्रीलाई भेटेर प्रत्यक्ष आग्रह गर्ने, साथै विदेशी गुम्बा र दूतावासहरूसँग समन्वय गरेर विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएको छ।

Previous Post

इटालीको भेन्टिना हिमनदी तीव्ररूपमा पग्लिँदै, अब टाढाबाट मात्र निगरानी सम्भव

Next Post

चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In