• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

metakhabar by metakhabar
२९ साउन २०८२,
0
‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, २९ साउनः बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्ने तयारी गरेको छ । यसका लागि चिनियाँ सात सदस्यीय टोली आज यहाँ आएको छ । अस्पतामा बोनम्यारो प्रत्यारोपणका लागि चीन सरकारले भवन, आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा समेत सहयोग गर्दै छ । नेपाल सरकार र चीन सरकारकाबीचमा यससम्बन्धी सम्झौता भइसकेको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार आज आएको विज्ञ टोलीले अस्पतालका बोनम्यारो प्रत्यारोपण गर्नका लागि आवश्यक पर्ने अन्य सहायक विभागको अध्ययन गर्ने छ ।

सघन उपचार कक्ष, रेडिएसन अङ्कोलोजी, प्रयोगशाला, मेडिकल अङ्कोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगका बारेमा टोलीले अध्ययन गर्ने छ । कार्यकारी निर्देशक डा पौडेलका अनुसार चीनबाट नियमित रुपमा यहाँ आउने चिकित्सक टोलीको यस अघिको १५औँ टोलीका प्रमुख चाहु क्वीमिङ्गको नेतृत्व सात जना विज्ञ चिकित्सक सहभागी छन् । चिनियाँ टोलीलाई आज अस्पतालमा स्वागत गर्दै सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले यथासक्य छिटो काम सम्पन्न गरेर बिरामीलाई सेवा दिने वातावरण निर्माण गरिदिन आग्रह गर्नुभयो ।

उहाँले यसै आर्थिक वर्षभित्र काम सुरु गर्न आग्रहसमेत गर्नुभयो । क्यान्सर अस्पतालको मात्रै नभएर नेपाल सरकारकै कार्यक्रम भएकाले समयमा नै काम हुनेमा विश्वस्त हुँदै उहाँले अस्पतालका तर्फबाट गर्नुपर्ने सहयोगमा आफूहरु सधैँ तत्पर रहेको जानकारी दिनुभयो ।

सो अवसरमा टोली नेता क्वीमिङ्ग र अहिले क्यान्सर अस्पतालमा रहेका १६औंँ चिनियाँ चिकित्सक टोलीका प्रमुख (टिम लिडर) यान ल्याङले बोनम्यारो प्रत्यारोपणको पूर्व तयारीस्वरुप सम्बन्धित विभागमा रहेर पाँच दिनसम्म अध्ययन अवलोकन र अन्तक्र्रिया गरिने बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा पौडेलका अनुसार हालको प्रशासनिक भवन नजिकै बोनम्यारो प्रत्यारोपणका लागि आधुनिक दुई तले भवन निर्माण गरिने छ । यस कामका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी वातावरणीय प्रभाव मूल्याङ्कनका लागि वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेर अन्तिम चरणको काम भइरहेको छ । उहाँले भन्नुभयो “सम्भवत अबको एक दुई सातामा यो काम सम्पन्न हुन्छ ।”

यसका लागि अस्पतालमा रहेका २९ वटा भवनको अभिलेखिकरण गरी नक्शा पास गरेको छ । भरतपुर महानगरपालिकालाई रु एक करोड ७८ लाख राजस्व बुझाएर नक्शा पास गरी अभिलेखिकरण गरिएको हो । वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भएपछि चिनियाँ तर्फबाट निर्माणको काम थालिने छ ।

ढिलोमा तीन वर्षभित्रमा बोनम्यारो प्रत्यारोपणको काम सुरु हुने चिनियाँ टोलीले जानकारी दिएको पौडेलले बताउनुभयो । सुरुमा चार शय्याको विभाग बन्ने छ । यसबाट एक वर्षमा ५० जना हाराहारीको बोनम्यारो प्रत्यारोपण गर्न सकिने मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहले बताउनुभयो । उहाँका अनुसार नेपालमा वार्षिक एक सय जना हाराहारीलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्नै हुन्छ । अहिले अधिकांश भारतका अस्पतालमा बिरामी जाने गर्दछन् । जसका लागि अस्पतालले एक जनाको भारतीय रुपैयाँ २० लाख हाराहारी लिने गर्दछन् । यो सेवा यहाँ सुरु भएसँगै उपचार खर्च पनि कम हुने उहाँले बताउनुभयो ।

Previous Post

वर्षामा स्वास्थ्य जोगाउन यी खानेकुरा टाढा राख्नुहोस्

Next Post

बलिउडका ती ८ बोल्ड फिल्म, जसलाई सेन्सर बोर्डले लगायाे भारतमा प्रतिबन्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
बलिउडका ती ८ बोल्ड फिल्म, जसलाई सेन्सर बोर्डले लगायाे भारतमा प्रतिबन्ध

बलिउडका ती ८ बोल्ड फिल्म, जसलाई सेन्सर बोर्डले लगायाे भारतमा प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In