• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सप्तापातल पोखरीमा फेरि डुल्नेछन् माछा, ढुङ्गेधारामा बग्नेछ पानी

metakhabar by metakhabar
२४ साउन २०८२,
0
सप्तापातल पोखरीमा फेरि डुल्नेछन् माछा, ढुङ्गेधारामा बग्नेछ पानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर, २४ साउन : ललितपुर महानगरपालिका–१५ स्थित लगनखेलमा करिब दुई हजार वर्ष पुरानो अशोक स्तूपा रहेको छ । सोही स्तूपाको पश्चिमतर्फ रहेको १६०० वर्ष पुरानो ऐतिहासिक सप्तापातल पोखरीको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

वर्षौंअघि लगनखेलस्थित सप्तापातल पोखरीमा राजकुलोमार्फत टीकाभैरवको पानी ल्याएर सञ्चित गरिन्थ्यो । सोही पोखरीको पानीबाट पाटन सहरमा रहेका ढुङ्गेधारामा पानी झथ्र्यो । अतिक्रमणमा परेको यो ऐतिहासिक पोखरीलाई पुनःस्थापना गरी ललितपुर महानगरपालिकाले पुनर्जीवित गरिरहेको छ ।

जीर्ण अवस्थामा रहेको सप्तापातल पोखरीको १४ रोपनी १० आना क्षेत्रफल नमूना मच्छिन्द्रनाथ माध्यमिक विद्यालयको नाममा पारिएको थियो । यस निर्णयको स्थानीयले विरोध गरे पनि विद्यालयको नाम जोडिएकाले विरोध चाँडै थामिएको थियो ।

विसं २०६० मा विद्यालयले व्यावसायिक परियोजनाअन्तर्गत पोखरीमा ३३ वटा सटरसहितको भवन निर्माण सुरू गरेपछि स्थानीयहरूले पुनः विरोध जनाए । सोही समयमा लगनखेल वातावरण सुधार संस्थाका अध्यक्ष पूर्ण स्थापितको नेतृत्वमा सप्तापातल पोखरीको संरक्षणका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरियो ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र तेजबहादुर केसीको इजलासले विद्यालयले उपभोग गर्दै आएको कित्ता नम्बर ११२ को जग्गा गैरकानुनी रूपमा विद्यालयको नाममा बनाइएको ठहर गर्दै २०७६ साल असार २३ गते मुद्दाको फैसला गर्यो ।

सोह्र वर्षसम्म मुद्दा लडेर पोखरीलाई पुनःस्थापित गराउन सफल भएका सप्तापातल पोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष, ८० वर्षीय पूर्ण स्थापित भन्नुहुन्छ, “यो निकै ऐतिहासिक पोखरी हो । यसको सम्बन्ध पाटन सहरको पानी र रातो मच्छिन्द्रनाथको भोटो जात्रासँग जोडिएको छ । त्यसकारण यसको पुनर्निर्माण र संरक्षण गर्नु हाम्रो दायित्व हो ।”

सप्तापातल पोखरीसँगै रहेको कमल पोखरी (पलेस्वाँ) को ३० रोपनी जमिन राजदल गण ब्यारेकको कम्पाउण्डभित्र रहेकोले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको पहलमा त्यसलाई मुक्त गरियो । महर्जनले बाल्यकालमा सप्तापातल र कमल पोखरीमा पौडी खेलेको सम्झँदै भन्नुभयो, “अब पोखरी स्थापित हुन्छ, फेरि कमल फूल्छ ।”

सप्तापातल पोखरी र रातो मच्छिन्द्रनाथ जात्राको सम्बन्ध

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मनाइन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीबाट सुरू हुने यो जात्रा तिथिअनुसार महिनौंसम्म चल्ने गर्छ । पुल्चोकबाट रथारोहण गरिएपछि रातो मच्छिन्द्रनाथ र मीननाथको रथलाई पाटन, सुन्धारा, लगनखेल हुँदै जावलाखेल पु¥याइन्छ । त्यसपछि राष्ट्रप्रमुखबाट भोटो देखाउने परम्परा रहेको छ ।

भोटो देखाएपछि जलपानेजु पुजारीहरूले सप्तापातल पोखरी छेउको मान्साहिटीमा पूजाआजा गर्छन् । त्यसपछि छेउमै रहेको बुटुकभैरव मन्दिरमा एक जोडी भँगेरा छाड्ने चलन छ । मान्यताअनुसार ती भँगेराले रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा सम्पन्न भएको सन्देश स्वर्गका राजा इन्द्रसम्म पुर्‍याउँछन् ।

त्यसैगरी, सप्तापातल पोखरीमा दुईवटा माछा छाड्ने परम्परा पनि रहिआएको छ, जसले जात्राको समापनको सन्देश पातालका राजा कर्कोट नागराजासम्म पुर्‍याउने विश्वास गरिन्छ । पोखरीमा वर्षौंदेखि पानी नहुँदा परम्पराअनुसार खाल्डो खनेर माछा छाड्नुपर्ने बाध्यता थियो । यसैले पुजारीहरू विधिपूर्वक माछा छोड्न पाएका थिएनन् ।

काठमाडौँ उपत्यकाको यो ऐतिहासिक जात्रा सप्तापातलबाट जोडी भँगेरा उडाएपछि र माछा छोडेपछि औपचारिक रूपमा समापन भएको मानिन्छ । त्यति मात्र होइन, पाटनस्थित ढुङ्गेधारामा पानी झर्न पनि सप्तापातल पोखरीको महत्वपूर्ण भूमिका रहेको ललितपुर महानगरपालिका प्रमुख महर्जन बताउनुहुन्छ ।

कस्तो बन्दैछ सप्तापातल पोखरी ?

पोखरीलाई परम्परागत शैलीमा पुनर्निर्माण गरिँदैछ । सप्तापातल र कमल पोखरीको पुनर्निर्माण गर्दा कूल लागत रु १५ करोडसम्म लाग्न सक्ने पुनर्निर्माण उपभोक्ता समितिका सदस्य किरणकुमार स्थापित राससलाई बताउनुहुन्छ । हालसम्म करिब रु आठ करोड खर्च भइसकेको छ । अब केही हप्ताभित्र पोखरीमा पानी हाल्ने तयारी भइरहेको र पूर्ण रूपमा सम्पन्न हुन अझै एक वर्ष लाग्ने बताइएको छ ।

दश फिट गहिराइको पोखरीमा इँटा बिच्छ्याइएको छ र चुना, सुर्की, कालो माटो, बालुवा र ढुङ्गा मात्र प्रयोग गरिएको छ । इञ्जिनियर राकेश महर्जनका अनुसार पोखरी जीवमैत्री स्वरूपमा निर्माण गरिएको हो । धेरै पोखरीहरू खाल्डोजस्तो हुने भएकाले जैविक प्राणीहरू बाहिर निस्कन सक्दैनन्, तर यस पोखरीमा भने विभिन्न प्रजातिका किरा, भ्यागुताजस्ता जीवहरू माथि आउन सक्ने व्यवस्था गरिएको छ । उनीहरूको सुरक्षाका लागि मानव आवतजावत नहुने छुट्टै क्षेत्रसमेत बनाइएको छ ।

पोखरीमा ढुङ्गेधारामा पानी झार्न सिमेन्ट प्रयोग गरिएको छैन । जैविक प्राणीका लागि कङ्क्रिटविहीन संरचना बनाइएकाले वातावरणमैत्री रहनेछ । पोखरीको चारैतिर पुल्चोकमा जस्तै फलामको बार लगाइएको छ, जसबाट बाहिरबाट पोखरीको दृश्य सजिलै अवलोकन गर्न सकिन्छ ।

पुनर्निर्माणपछिका सांस्कृतिक पर्वहरू यथावत् रूपमा सञ्चालन गरिनेछन् । आगन्तुकहरू पोखरी वरपर मौलिक शैलीमा निर्माण गरिने पाटीहरू (फल्चा) मा बसेर आराम गर्न र दृश्यावलोकन गर्न सक्नेछन् । पोखरीमा पानी सञ्चित गर्न राजकुलोमार्फत टीकाभैरवबाट पानी ल्याउने योजना अगाडि बढाइएको छ । इञ्जिनियर प्रतीप पौडेलका अनुसार सप्तापातलदेखि सुनकोटीसम्मको करिब तीन किलोमिटर क्षेत्रमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । ललितपुर महानगरपालिकाभित्रको काम चालु आवभित्र सकिने र माथिल्लो करिब आठ किलोमिटर खण्डको काम सम्पन्न हुन केही वर्ष लाग्ने बताइएको छ ।

Previous Post

सरस्वतीलाई बनाउँ लक्ष्मीः एक प्रेरक प्रसङ्ग

Next Post

पिनास रोगको उपचार हाम्रो दैनिक खानपानबाट पनि

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
पिनास रोगको उपचार हाम्रो दैनिक खानपानबाट पनि

पिनास रोगको उपचार हाम्रो दैनिक खानपानबाट पनि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In