• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम

metakhabar by metakhabar
१९ साउन २०८२,
0
पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ साउनः काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरको शान्तिधाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । शान्तिधाम तथा त्यसभित्र रहेको सिसामहलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्तापछि उक्त परिसरमा बद्रीनारायण मन्दिर र सिसामहल निर्माण गरिएको थियो । विसं २०७३ को निर्जला एकादशीमा शिलान्यास भई २०७५ रामनवमीमा निर्माण सम्पन्न भएको बद्रीनारायण मन्दिर दर्शन गर्न दैनिक सयौँ पर्यटक तथा दर्शनार्थी यहाँ घुम्न आउने गरेका छन् । बिदाको समयमा भने यहाँ सर्वसाधारण मन्दिरको दर्शन गर्न सिसामहलको अवलोकन गर्न आउँछन् ।

बिहान र बेलुका मात्र खुल्ने उक्त मन्दिर मध्याह्न १२ बजेदेखि ३ बजेसम्म बन्द रहन्छ । शनिबार भने बिहानदेखि बेलुकासम्म नै मन्दिर खुला रहने बृहत् शान्तिधाम नेपालका संस्थापक मठाधीश चतुर्भुजाचार्य चुडामणिजी महाराजले जानकारी दिनुभयो । पन्ध्र करोडको लागतमा निर्माण भएको बद्रीनारायण मन्दिर द्राविड शिखर शैलीमा बनाइएको छ । मन्दिर कलात्मक र सुन्दर छ ।

“हजारौँ नेपाली अर्बौँ रकम खर्च गरेर छिमेकी मुलुक भारतका विभिन्न मठमन्दिर तथा धाम घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनको व्यवस्था मिलाउन बृहत शान्तिधाम नेपाल स्थापना गरी मठमन्दिर र धाम निर्माण गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।

शान्तिधामभित्र बद्रीनारायाण धाम निर्माण भए पनि रामेश्वरम् धाम भने निर्माण भइरहेको छ । उक्त धाम पनि चाँडो निर्माण सम्पन्न गरेर प्राण प्रतिष्ठा गरिने मठाधीशले बताउनुभयो । द्वारिकाधीश धाम र जगन्नाथ धाम निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ ।

कूल एक सय रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास र क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य छ । नेपालमा पहिलोपटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनलय, भोजनालय, साङ्गीतिक हल साथै सुन्दर मुक्ति सरोवर निर्माण गरिएको शान्तिधाममा विशेष अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्छ । त्यसबाहेक कृष्ण जन्माष्टमी र एकादशीमा पनि मेला लाग्छ ।

शान्तिधाममा दैनिक एक सय भक्तजनलाई आवास तथा भोजनको व्यवस्था गर्ने उद्देश्य भए पनि आर्थिक अभावले समस्या भइरहेको छ ।यहाँ दुई वर्ष अघि सिसामहल निर्माण गरिएको हो । सिसामहलबाट हाल मासिक रु पाँच लाखदेखि १० लाखसम्म आम्दानी भइरहेको मठाधीसले बताउनुभयो ।

शान्तिधाम परिसरमा बन्न लागेका संरचनाका लागि तारकेश्वर नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको उपप्रमुख सिर्जना बुर्लाकोटीले बताउनुभयो ।

Previous Post

शाहरुख खानलाई पहिलो राष्ट्रिय चलचित्र पुरस्कार, छोरी सुहाना र श्रीमती गौरीको भावुक बधाई

Next Post

कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
समाचार

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

१२ असार २०८३,
Load More
Next Post
कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने

कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In