• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तराई–मधेशमा देखिएको सिँचाइको समस्यालाई ‘द्रुतमार्ग’बाट समाधान निकाल्न सकिन्छः नवनियुक्त महानिर्देशक बराल

metakhabar by metakhabar
१९ साउन २०८२,
0
तराई–मधेशमा देखिएको सिँचाइको समस्यालाई ‘द्रुतमार्ग’बाट समाधान निकाल्न सकिन्छः नवनियुक्त महानिर्देशक बराल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले राष्ट्रिय गौरबका आयोजनालाई सधैँभरी ‘आयोजनामै मात्रै सीमित’ नराखी यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादन पूरा गर्नुपर्नेमा जोड दिए।

उनले भने, “राष्ट्रिय गौरबका आयोजना निर्धारित समयभित्र सम्पन्न भएमा गरिबी निवारण र आर्थिक समृद्धिमा टेवा मिल्छ । राष्ट्रिय ध्येय पूरा हुन्छ ।” विभागको ३०औंँ महानिर्देशकका रुपमा आइतबार पद बहाली गर्दै उनले तराई–मधेशमा सिँचाइ अभावले खेतीयोग्य जमिन बाँझै रहेको उल्लेख गर्दै सिँचाइको समस्यालाई ‘द्रुत मार्र्ग’ र दीर्घकालीन गरी दुई चरणमा समाधान खोज्न सकिन्छ, यसका लागि विभाग तयार छ भने।

नवनियुक्त महानिर्देशक बरालले विभाग मातहातका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै भने “हामीसँग पर्याप्त पुँजी छ, दक्ष छौंँ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, यसैगरी योजनालाई छिटो सम्पन्न गर्ने हामीसँग आधुनिक नवीनतम प्रविधि छ । यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्नेबाहेक कुनै बाहनाबाजीमा छुट हुने छैन ।”

‘टिम इफोर्ट’ बिना काम सफल नहुने जनाउँदै उनले ‘टिमको स्प्रिट’मै रहेर सबैले अहोरात्र खटिनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा देशभरका थुप्रै आयोजनामा गरेका अनुभव र जिम्मेवारीको महत्व प्रकाश पार्दै नवनियुक्त महानिर्देशक बरालले उपत्यका बाहिर जिम्मेवारी लिएर जाँदा आफू नौ वर्षमा काठमाडौंँ आएर विभागमा पाइला टेकेको अनुभव सुनाए ।

उनले भने, “हामी अहिले आर्थिक वर्षका सुरुआतमा भएकाले ‘टिम स्प्रिट’ मिलाएर काम गर्दा असम्भव केही हुँदैन । यसरी काम गर्दा विभागको उद्देश्य अनि लक्ष्य पनि पूरा हुने र परिणाम देखिने गरी काम गर्न मन्त्रालयको निर्देशन र अपेक्षालाई पूरा गर्न सकिन्छ ।”

आर्थिक वर्ष सुरुआती महिनाको आधा समय गुज्रदासमेत विभाग मातहतका आयोजनाका दुईवटा मात्रै बोलपत्र आएको जनाउँदै उनले सर्वसम्पन्न भइसकेपछि अड्कलेर काम नगर्न कर्मचारीहरुलाई आग्रह गरे । हाल विभागमा ६०१ जनाको दरबन्दी रहेको छ । उनले भने,“एकीकृत जलस्रोत व्यवस्थापनको माध्यमवाट सन्तुलित, स्थिर तथा दीगो आर्थिक विकास हासिल गर्ने र दिगो एवं भरपर्दो संरचनागत तथा गैर संरचनागत प्रविधि र जनचेतना अभिवृद्धि लगायतका कार्य गरी जलाधार व्यवस्थापन तथा जल उत्पन्न प्रकोप न्युनीकरण एवं व्यवस्थापनबाट आर्थिक सामाजिक हानिनोक्सानी न्यूनीकरण गर्ने विभागको लक्ष्य हो । जलस्रोत तथा सिँचाइ संरचनाको उचित विकास, मर्मत सम्भार तथा व्यवस्थापन गरी कृषियोग्य भूमिमा वर्षैभरी दिगो एवं भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गरी गरिबी निवारणमा टेवा पु¥याउने दायित्व हो ।”

नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इञ्जीनीयरका रुपमा आफ्नो सेवा सुरुआत गरेका बरालले जलस्रोत तथा सिँचाइ विभागमा २०५१ सालदेखि सेवा गर्दै आएका छन् । विभाग मातहातका ठूला–ठूला सिँचाइ आयोजनामा कामको अनुभव बटुलिसकेको उनी जलस्रोत तथा सिँचाइ क्षेत्रका अनुभवी र विज्ञका रुपमा परिचित हुन् ।

कार्यक्रममा निवर्तमान महानिर्देशक सञ्जीव बरालले विभागले जलस्रोत तथा सिँचाइ विज्ञलाई नयाँ महानिर्देशक पाएकामा खुसी व्यक्त गर्दै उनको कार्यकालमा विभागले ऐतिहासिक काम गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विभागका उपमहानिर्देशक सन्तोष कैनी विभागका मुख्य प्रशासकीय अधिकृत रामप्रसाद पौडेल विभागका गतिविधि जानकारी गराएका थिए।

Previous Post

बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा

Next Post

आजका लागि विदेशी मुद्राको विनिमय दर

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In