• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा

metakhabar by metakhabar
१९ साउन २०८२,
0
बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा ।सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर र इस्लामपुरका मुस्लिम बस्तीहरू डुबानको जोखिममा परेका छन् । नदी कटान तीव्र बन्दै गएकाले सुन्दरपुरका ४५ र इस्लामपुरका ३० घरधुरी अहिले बाढीको चपेटामा छन् ।

साना–साना झुपडीसहितका बस्ती नदीको किनारमै छन्, जहाँ कटानको दूरी अब पाँच मिटर मात्र बाँकी रहेको स्थानीयवासी बताउँछन् । शनिबार राति परेको लगातारको वर्षाले बलान नदीमा आएको बाढीले कटान झनै तीव्र बनाएको छ । बस्ती छेउमै रहेको खुट्टी खोलासँगको दोभान क्षेत्रसमेत कटानमा परेको छ ।

स्थानीय मेहम्मद हुसेन अन्सारीका अनुसार बस्तीका बासिन्दा बाढीको त्रासमा रातभर निदाउन सकेका छैनन् । “हिजो रातभरि उठेर खोला हेर्दै बसियो । कतिबेला बाढी बस्ती छिर्छ र डुबाउँछ भन्ने चिन्ताले निदाउन दिएन । चार वर्षदेखि यही समस्या झेल्दै आएको छौँ”, उनले भने, “नदीको मूल भङ्गालो पश्चिमतिर गएकाले अलि राहत भएजस्तो देखिएको थियो तर जुनसुकै बेला फेरि पूर्वपट्टि फर्किएर बस्ती नै बगाउन सक्छ ।”

स्थानीय मोहम्मद एफ्रोज पनि बाढीले चिन्तित छन् । उने भने, “नदीको मुखैमा मेरो घर छ । थोरै बहाव बढ्यो कि मन अत्तालिन्छ । गए राति पनि सुत्न सकिएन । साना बालबच्चा छन्, छोडेर कहाँ जानु ? रातभर नजिकैको मदरसा पुगेर जाग्राम बस्नुपर्ने अवस्था सुरु भइसकेको छ ।”

अघिल्लो वर्ष पनि यस क्षेत्रमा बाढी पसेको थियो । नगरपालिकाले तीन दिनसम्म बस्ती खाली गराई सुरक्षित स्थानमा सारेर खानेबस्ने व्यवस्था गरेको थियो । तर स्थायी समाधान नहुँदा समस्या दोहोरिँदो छ । वडाध्यक्ष रामनाथ पण्डितका अनुसार बस्ती जोखिम मुक्त बनाउन स्थायी समाधान दिने उद्देश्यले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाबाट विनियोजित रु २५ लाखको योजना भए पनि काम पूरा हुन नपाएको जानकारी दिए ।

उनले भने, “उक्त बजेटमध्ये रु १५ लाखको मात्र काम भएको छ । त्यो पनि असार सकिनै लाग्दा हतार हतारमा गरिएको थियो । ठेकेदारले बीचमै काम छोडेर हिँड्दा बाँकी रकम फिर्ता हुन गयो ।” नदी नियन्त्रणमा त्यति काम पर्याप्त नभएको वडाध्यक्ष पण्डितको भनाइ छ ।

बलान नदीले बस्ती कटान गर्दै अगाडि बढेमा करिब ५०० मिटर तर रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पुलसमेत जोखिममा पर्ने सम्भावना छ । बस्ती कटान भएपछि नदीले स्वरुप परिवर्तन गर्न सक्ने र संरचना जोखिममा पार्ने खतरा रहेको स्थानीयको भनाइ छ । यसबाट लाखौँ खेतीयोग्य जमिनसमेत कटानको चपेटामा पर्नेछ ।

नदी नियन्त्रण शीर्षकमा बजेट नहुँदा पनि विपद् व्यवस्थापन कार्यक्रममार्फत केही रकम व्यवस्थापन गर्ने योजना रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । बाढीले क्षति पु¥याउने अवस्था आएमा मानवीयताका आधारमा प्रभावित बस्तीलाई सुरक्षित स्थानमा सारिने उहाँले जानकारी दिए ।

नगरप्रमुख चौधरीले बलान नदी नियन्त्रणका लागि प्रदेश तथा सङ्घीय सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरे । उनले भने, “हामी प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी दीर्घकालीन समाधानका लागि पहल गरिरहेका छौँ । जनताको सुरक्षालाई प्राथमिकता दिनु हाम्रो दायित्व हो ।”

Previous Post

प्रधानमन्त्री दुबईमा

Next Post

तराई–मधेशमा देखिएको सिँचाइको समस्यालाई ‘द्रुतमार्ग’बाट समाधान निकाल्न सकिन्छः नवनियुक्त महानिर्देशक बराल

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
तराई–मधेशमा देखिएको सिँचाइको समस्यालाई ‘द्रुतमार्ग’बाट समाधान निकाल्न सकिन्छः नवनियुक्त महानिर्देशक बराल

तराई–मधेशमा देखिएको सिँचाइको समस्यालाई ‘द्रुतमार्ग’बाट समाधान निकाल्न सकिन्छः नवनियुक्त महानिर्देशक बराल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In