• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले

metakhabar by metakhabar
९ साउन २०८२,
0
वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, ९ साउनः कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ । पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापनले उदाहरणीय ढाँचाका रूपमा रूपान्तरण भएको हो ।

सामुदायिक वन अहिले सुन्दर, हरियाली हुनुका साथै वन्यजन्तुको बासस्थानमा परिणत भएको सामुदायिक वनका सक्रिय उपभोक्ता कमलप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार केही वर्षअघिसम्म खुला मैदान, मिचाहा प्रजातिका बिरुवाले भरिएको र चरिचरनले क्षतिग्रस्त यो वन क्षेत्र अहिले साल, अस्ना, विजयसाल, हर्रो, बर्रो, अमलालगायत प्रजातिका बिरुवाले हराभरा देखिन्छ ।

“पहिले उजाड थियो, खुला चरिचरन नियन्त्रण गर्यौँं, मिचाहा प्रजातिका बिरुवा हटायौँ, मानव प्रवेश निषेध गर्यौैँ”, ६७ वर्षीय चौधरीले भन्नुभयो, “अहिले वन हेर्दै लोभलाग्दो भएको छ ।” उहाँका अनुसार वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थालेका छन् ।

“चितल, बँदेल, निलगाई, मयुर, वनकुखुरालगायत वन्यजन्तु वनमा फर्किएका छन्”, कोषाध्यक्ष कालुसिंह चौधरी भन्नुभयो, “चार दशक अघिसम्म वन क्षेत्रमा वन कुखुरा देखेका थिएनौँ, अहिले वनकुखुरा देखिनु उत्साहजनक परिवर्तनको सङ्केत हो ।” जङ्गली जनावरको चहलपहल बढेपछि पानीको व्यवस्थापनका लागि कृत्रिम पोखरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

सामुदायिक वनका उपभोक्ताले वन क्षेत्र संरक्षण गर्न गर्न पालैपालो डढेलो नियन्त्रण गर्नका लागि अग्नी रेखा निर्माण गर्ने, डढेलो लागेमा सबै मिलेर आगो निभाउने, वनमा नयाँ बिरुवा रोक्नेलगायत कार्य गरेकाले वन पुनः उत्पादनमा टेवा पुगेको कोषाध्यक्ष चौधरीले बताउनुभयो ।

वन संरक्षण भएसँगै उपभोक्ताले सहज रूपमा दाउँरा, घाँस, काठलगायत वनपैदावार उपभोग गर्न पाएका सामुदायिक वनका सचिव देवकी नेगीले बताउनुभयो ।

वन उपभोक्ता समूहका अध्यक्ष वीरबहादुर राजवंशीले सामुदायिक वन हराभरा हुनुमा उपभोक्ताको त्याग, समर्पण र वनप्रतिको गहिरो लगावका कारण सम्भव भएको बताउनुभयो । वन संरक्षणमा टेवा पुर्‍याउनका लागि उपभोक्ता समितिका पदाधिकारी, सल्लाहकार समिति, कर्मचारीलाई जिम्मेवारी तोकेर कार्य गरिँदै आइएको उहाँको भनाइ छ ।

झाँडी सरसफाइ, एक्ल्याउने, पतल्याउने, अग्नी रेखा निर्माण गर्ने, वनगस्तीलगायत कार्यको जिम्मेवारी बाँडफाँड गरेर प्रगति भए/नभएको बारेमा कार्यालयमा छलफल गरी विश्लेषण गरी सोही अनुरुप रणनीति बनाएर संरक्षणका थप गतिविधि गरिँदै आइएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार कार्यविभाजनले उपभोक्तामा अपनत्व र सहभागिता वृद्धि हुनुका साथै वनस्पतिको वृद्धिदर र जैविक विविधताको संवर्द्धनमा टेवा पुगेको छ ।

“वन पुनःउत्पादनले हावा, पानी, जमिन र तापक्रमको सन्तुलन कायम राख्न सहयोग पु¥याएको छ”, अध्यक्ष राजवंशीले भन्नुभयो, “रुखबिरुवाले जमिन सम्हालेका छन् । पहिलो जस्तो वन क्षेत्रमा भू–क्षयको समस्या छैन, जैविक विविधता सुरक्षित भएको छ, रुखहरूले वर्षा गराउन सहयोग गर्ने भएकाले पोखरी तथा खोलामा पानी सुक्ने समस्या समाधान भएको छ ।”

वन पुनःउत्पादन कार्यबाट स्थानीयलाई वृक्षरोपण, हेरचाह, काठजन्य उत्पादन, वनलगायत क्षेत्रबाट आम्दानीको अवसर मिलेको उल्लेख गर्दै उहाँले सुदृढ वनले सौन्दर्य बढाउनुका साथै पर्यटकीय सम्भावनालाई बढाउने विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक वनले काठ, दाउँरा, घाँस, बिक्री गरेर आएको आम्दानीबाट समूहले दुई तले भवन, ‘मेशवायर’ जडान, प्रतिक्षालय निर्माण, बलुवा नदीमा पुल निर्माण, महादेव र वनदेवी मन्दिर निर्माण गरी स्थानीय पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याएको सामुदायिक वनका सल्लाहकार समितिका संयोजक मेघबहादुर कँडेलले बताउनुभयो ।

उहाँका अनुसार सामाजिक विकासअन्तर्गत घुम्ती कोष, साना व्यवसाय, बेमौसमी तरकारीखेती, पशुपालन र विदेशमा गएका सदस्यलाई पुनःस्थापित गर्न वार्षिक शून्य दशमलव पाँच प्रतिशत ब्याजदरमा सहुलियत ऋण प्रदान गर्दै आइएको छ ।

“यस कार्यले महिला सशक्तीकरण, युवाको स्वरोजगार र विपन्न समुदायको जीवनस्तर सुधारमा योगदान पुर्‍याएको छ”, सल्लाहकार कँडेलले भन्नुभयो, “समूहले स्थानीय टोल समिति सशक्तीकरण, सूचना प्रवाह र सचेतनामूलक गतिविधिमार्फत उपभोक्तासँगको सम्बन्ध मजबुत बनाएको छ ।”

सामुदायिक वनको रूपान्तरण केवल वनको हरियालीको मात्र नभइ समुदायको सामूहिक चेतना, सहकार्य र दीर्घकालीन सोचको उपज रहेको बताउँदै उहाँले एउटा उजाड भूभाग आज जीवन, आशा र समृद्धिको हरित थलो बनेको उल्लेख गर्नुभयो ।

विसं २०६६ माघ २० गतेदेखि विधिवत् रूपमा दर्ता भएको यो सामुदायिक वन एक सय ९७ दशमलव ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सामुदायिक वनमा दुई सय ४९ उपभोक्ता आश्रित छन् भने वार्षिक आय रु ३० लाखको हाराहारीमा हुने गरेको छ ।

Previous Post

दुधकाे शुद्धता पहिचान गर्न यी हुन घरेलु तरिका

Next Post

सौगात मल्ल नयाँ फिल्म ‘मितज्यू’मा अनुबन्धित

metakhabar

metakhabar

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
सौगात मल्ल नयाँ फिल्म ‘मितज्यू’मा अनुबन्धित

सौगात मल्ल नयाँ फिल्म ‘मितज्यू’मा अनुबन्धित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In