• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

    एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागलुङबाट बर्सेनि आठ लाख २२ हजार टन माटो बग्दै

metakhabar by metakhabar
७ साउन २०८२,
0
बागलुङबाट बर्सेनि आठ लाख २२ हजार टन माटो बग्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ), ७ साउनः मनसुन सक्रिय नहुँदै बागलुङको जैमिनी नगरपालिका–९ पैयूथन्थापमा ठूलो बाढी आयो । गत असार २४ गते रातिको बाढीका कारण २५० रोपनी खेत, एक दर्जन खानेपानीका मुहान, सिँचाइ कुलो र केही घर गोठमा क्षति पु-यायो ।

उक्त बाढीको मुख्य कारण अव्यवस्थित ग्रामीण सडक थियो । सडक खन्दा फालिएको माटोसहितको लेदोले खोला थुनिएका कारण बाढी आएर केही समयअघि कालुङखोला आसपासको क्षेत्रमा ठूलो क्षति पु-याएको थियो । यस्ता अव्यवस्थित सडकका कारण बागलुङका अधिकांश खोलानालामा बाढीको जोखिम छ ।

हचुवाको भरमा खनिएका ग्रामीण सडकका कारण भू–क्षयका घटना बढिरहेका छन् । एक अध्ययनले जिल्लाबाट बर्सेनि ८ लाख २२ हजार ६२१ टन टन माटो भू–क्षयका कारण बगेर गएको तथ्याङ्क प्रस्तुत गरेको छ । भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले जिल्लामा खेतीयोग्य जमिन, वन, खोलानाला जमिनको नक्सा तयार गरेर माटो बगेको अवस्था पत्ता लगाएको हो ।

संशोधित विश्वव्यापी माटो क्षति समीकरण (रिभाइज्ड युनिभर्सल सोइल लस इक्वेशन) विधिमार्फत माटो बग्ने मात्रा पत्ता लगाइन्छ । सोही विधि प्रयोग गरी सो तथ्याङ्क पत्ता लागेपछि भू–तथा जलाधार व्यवस्थापन कार्यालयले चिन्ता व्यक्त गरेको छ ।

कार्यालयले स्थानीय तहले नीतिगत रुपमै भू–क्षय नियन्त्रणको योजना बनाएर कार्यान्वयन गर्न नसके ठूलो दुर्घटना निम्तिन सक्ने जनाएको छ । धौलागिरिको चार र कास्कीका गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले भू–क्षय नियन्त्रणका लागि स्थानीय तहले नीतिगत रुपमै सुधार नगरे ठूलो विनाश ल्याउने जनाएको हो ।

कार्यालयका प्रमुख तथा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रका अनुसार भू–क्षय नियन्त्रणका लागि हाल भइरहेको विकास निर्माण मुख्य बाधक हो । उहाँले बायोइञ्जिनियरिङमा ध्यान दिन स्थानीय तहसँग सहकार्य गर्दै अघि बढेको बताउनुभयो । स्थानीय तहले विकास निर्माणका लागि पूर्वाधारको लागत तयार गर्दा बायोइञ्जिनियरिङ अर्थात हरित व्यवस्थापनमासमेत रकम छुट्याउन सकेमा भू–क्षय नियन्त्रण हुने मिश्रको भनाइ छ ।

“भू–क्षय नियन्त्रणका लागि बायोइञ्जिनियरिङको प्रयोगले दिगो विकासमा सहयोग पुग्छ, स्थानीय तहले विकास गर्दा कम्तीमा १० प्रतिशत रकम यसमा खर्च गर्नु आवश्यक छ, हालको विकासका पूर्वाधार अर्को वर्ष नरहला तर भू–क्षय नियन्त्रणका लागि गरिने हरित व्यवस्थापनले ठूलो सहयोग पु-याउछ”, उहाँले भन्नुभयो “केही स्थानीय तहका जनप्रतिनिधिले यस विषयमा चासो देखाउन थाल्नुभएको छ, तर नीतिगत रुपमै लागत स्टिमेटमा १० प्रतिशत हरित व्यवस्थापनमा खर्चने हो भने ९० प्रतिशत विकास त्यही १० प्रतिशत लागतले जोगाउँछ ।”

पाँच लाखको ग्याबिन जालीको काम गर्दा ग्याबिन जाली वरपर ५० हजार खर्चेर वृक्षरोपण गर्न सकेमा ग्याबिन जाली बग्न नसक्ने उहाँले बताउनुभयो । जैमिनी नगरपालिकाका नगरप्रमुख नरबहादुर पुनले बायोइञ्जिनियरिङ अन्तर्गत विकास गर्ने नीति ल्याउने बताउनुभयो ।

Previous Post

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल

Next Post

पोखरामा कौसीखेतीप्रति आकर्षण बढ्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो
आर्थिक

एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

१६ बैशाख २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

१६ बैशाख २०८३,
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१६ बैशाख २०८३,
Load More
Next Post
पोखरामा कौसीखेतीप्रति आकर्षण बढ्दै

पोखरामा कौसीखेतीप्रति आकर्षण बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In