• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पौवादुङमामा ‘एक घर एक एक फलफूल’ बगैँचा कार्यक्रम

metakhabar by metakhabar
२८ असार २०८२,
0
पौवादुङमामा ‘एक घर एक एक फलफूल’ बगैँचा कार्यक्रम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकलाई फलफूलको माध्यमबाट आयआर्जनमा जोड्न गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

फलफूलका खेती लागि उपयुक्त भूगोललाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । बजेट नै व्यावस्थापन गरिएकाले आगामी आर्थिक वर्षबाट कार्यक्रम सञ्चालन हुने अध्यक्ष राईले बताउनुभयो । यो कार्यक्रमार्फत किसानलाई मागको आधारमा भूगोलअनुसारको विरुवा वितरण गरिने अध्यक्ष राईको भनाइ छ ।

“हामीले एक घर एक फलफूल बगैँचाको कार्यक्रम सञ्चालनको तयारी गरेका छौँ” अध्यक्ष राईले भन्नुभयो,“यसको मुख्य उद्देश्य किसानलाई फलफूल खेतीको माध्यमबाट आयआर्जनमा जोड्ने हो । किसानलाई उनीहरुको मागको आधारमा विरुवा वितरण गछौँ । किसानले विरुवा माग गरेपछि जमिन र भूगोलको अनुगमन गरेर प्राविधिकले ठिक छ भनेपछि मात्र विरुवा वितरण हुन्छ ।”

गाउँपालिकाले यसअघि थालेको अकबरे खुर्सानी खेतीको कार्यक्रम किसानको लागि लाभदायक बनेपछि आगामी वर्षको लागि व्यावसायिक फलफूल खेतीको कार्यक्रम अघि बढाइएको अध्यक्ष राईको भनाइ छ । गतवर्ष अकबरे(डल्ले) खुर्सानीबाट गाउँपालिकामा रु १८ करोड बराबर रकम भित्रिएको उहाँको भनाइ छ ।

गाउँपालिकमा फलफूल खेतीको अधिकांश उपयुक्त भूगोल रहेकोले यो कार्यक्रम सञ्चालनको तयारी गरिएको अध्यक्ष राईले बताउनुभयो ।

यो कार्यक्रम विरुवा रोप्ने मात्र नभएर ‘रोप्ने, हुर्काउने’ अभियानमा केन्द्रीत हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । किसानले बगैँचामा विस्तारको लागि विरुवा माग गरेपछि सुरुदेखी विरुवा नहुर्किएसम्म प्राविधिकले नियमित अनुगमगन गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

“हामीले विस्तृत कार्ययोजना निर्माण गरेर नै यो कार्यक्रम सञ्चालन गर्न लागेका हौँ” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “यो कार्यक्रमको नारा नै ‘रोप्ने हुर्काउने’ रहेको छ । किसानबाट विरुवाको माग भएदेखि जमिन तयार नभएर बिरुवा नहुर्केसम्म प्राविधिकबाट अनुगमन हुन्छ ।”

प्राविधिकले मल लगाउने, हेरचाह गर्ने, रोग किराबाट बचाउने उपायको बारेमा किसानलाई स्थलगत रूपमा नै सेवा दिने उहाँको भनाइ छ । कुनै कारणले विरुवा मरेमा त्यसकोसमेत तथ्याङ्क कृषि प्राविधिकले राख्ने उहाँले जानकारी दिनुभयो । त्योसँगै विरुवा मर्नुको कारणसमेत पहिचान गरिने उहाँको भनाइ छ ।

गाउँपालिकाका छ वटै वडामा कार्यक्रम सञ्चालनको लागि करिव रु ४० लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो । यो कार्यको लागि गाउँपालिकाका प्रविधिकसँगै यहाँका विद्यालयमा कृषि विषय पढिरहेको विद्यार्थीलाई पारिश्रमिक दिएर परिचालन गरिने उहाँको भनाइ छ ।

Previous Post

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो कायम गरिएको छ

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In