• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुखुराजन्य व्यवसाय धरासयी अवस्थामा

metakhabar by metakhabar
२२ असार २०८२,
0
कुखुराजन्य व्यवसाय धरासयी अवस्थामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । भरतपुरको लक्ष्मीपुरमा लामो समय कुखुरापालन व्यवसाय गरेका एक किसानको मृत्यु भएको ३ महिनामा बैंकले सबै सम्पत्ति लिलाम गर्यो । २ दशकभन्दा बढी यो पेसामा लागेका किसानको मृत्युपछि परिवार बिचल्लीमा परेको छ ।

कतिपय कुखुरापालक किसान अहिले चेक अनादार मुद्दामा प्रहरी हिरासतमा छन् । त्यसो त २ वर्षअघि यहाँका एक ठूला कुखुरा व्यवसायीले आत्महत्या गरेका थिए ।

नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेल ८० प्रतिशत कुखुरापालक किसान विस्थापित भएको बताए। उनको भनाइमा अहिले कुखुरा पालिरहेकाहरु बैंकको ऋणका कारण ऋण थपेर व्यवसाय टिकाइरहेका छन् । कँडेलले भने, “कोभिडअघिसम्म कुखुरा पाल्ने किसान ५ हजाार बढी थिए, अहिले घटेर १ हजार हाराहारी होलान् ।”

उनका अनुसार आधाभन्दा बढी किसान बैंकको कालोसूची, लिलाम प्रक्रिया र चेक बाउन्समा परेका छन् । साना किसानले थप आँट गरेर व्यवसाय नगरेको उनी बताउँछन्। ती किसानलाई बैंकले ऋण तिर्नका लागि दबाब दिइरहेको छ ।

किसान घटे पनि उत्पादन नघट्नुको पछाडि व्यावसायिक रुपमा फार्म खुलेका छन् । करिब ५० हजारदेखि ५ लाखसम्म कुखुरा पाल्ने किसान ५० जना छन् । तिनै किसानका कारण उत्पादन विगतको तुलनामा कम घटेको कँडेल बताउँछन्। अहिले दैनिक ३० लाखदेखि ४० लाखसम्म समयअनुसार अण्डा उत्पादन हुने गर्दछ । चल्लाको उत्पादन भने आधा घटेको छ ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट जसको कुखुरा बाँकी छ, उहाँहरुले ४० प्रतिशतभन्दामाथि ऋण थपेर टिकेको बताउँछन्। अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उनको भनाइ छ ।

गत वर्षसम्म बैंकको चर्को ब्याज, दानाको मूल्य वृद्धि, अण्डाले उचित मूल्य नपाउनुजस्ता कारण कुखुराजन्य उद्योग सङ्कटमा परेको उनको भनाइ छ । उत्पादित चल्लाले बजार नपाउनु, सस्तो मूल्यमा कुखुराको मासु बिक्री गर्न बाध्य हुनुलगायत कारण पनि किसान सङ्कटमा पर्दै गएको भट्ट बताउँछन्।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीपछिका समयमा उत्पादित अण्डा र मासुले लागत मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताए। दानाको कच्चापदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अण्डा र मासुको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उनले बताए ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेल कुखुरा पालिरहेकाहरु पनि अधिकांशको ठूलोमात्रामा बैंक ऋण रहेको बताउनुहुन्छ । उहाँको भनाइमा धितो राखेर ऋण लिएकाहरुले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन । अहिले कुखुरापालन क्षेत्रमा बैंकमा रहेको धितोले ऋण तिर्न नपुग्ने उहाँ बताउनुहुन्छ । तत्कालीन समयमा लिएको ऋणमा ऋण थप्दै ब्याज तिर्दै आउँदा कुखुरा राख्न नसक्ने अवस्थामा धेरै किसान पुगेको उनको भनाइ छ ।

पोखरेल किसान विस्थापित हुँदै गएको, ऋण तिर्न नसकेको र निरन्तर घाटामा काम गर्नुपरेकामा कसैको ध्यान नपुग्ने तर किसानले लागत मूल्य पाउने अवस्थामा सरकार र सरोकारवालाको ध्यान पुग्ने गरेको बताए। उनले भने, “विगत ३ वर्षदेखि नोक्सान हुँदा कसैको ध्यान पुगेको छैन, किसानले लागत मूल्य पाउन थालेभन्दा धेरैको ध्यानाकर्षण हुन्छ ।”

नेपाल ह्याचरी उद्योग सङ्घका निवर्तमान अध्यक्ष ऋषि पौडेल धेरै ह्याचरी बन्द भइसकेको बताए। बाँकी रहेका ह्याचरीले उत्पादन गरेका चल्ला बिक्री नभएपछि पुर्नुपर्ने अवस्था अहिलेको रहेको उनी बताउँछन्। उनले भने, “अब कुखुरापालन क्षेत्र टिक्ने अवस्थामा छैन ।” सरकारले समयमा नै सम्बोधन गर्न नसकेमा आत्मनिर्भर रहेको यो व्यवसाय समाप्त भएर जाने उनको भनाइ छ ।

Previous Post

नसोचेको खतरा: प्लास्टिकले यसरी बिगार्दैछ तपाईंको स्वास्थ्य

Next Post

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
Load More
Next Post
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In