• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

metakhabar by metakhabar
२० असार २०८२,
0
युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेड्रिड (स्पेन) : स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा थुप्रै विकास निर्माणका काम भएकाले नेपालमा केही हुँदैन भन्ने भ्रम त्यागेर जतिसक्दो छिटो स्वदेश फर्कन नेपाली समुदायलाई आग्रह गर्नुभएको छ ।

स्पेनका लागि नेपाली राजदूतको निवासमा नेपाली समुदायका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले बाटाघाटा पहिलाभन्दा धेरै बनेको एवं पहिला आउने र अहिले नेपाल आउने विदेशीले पनि नेपालको विकासको गति बढेको प्रतिक्रिया दिने गरेको स्मरण गराउनुभयो ।

“अहिले नयाँ शक्ति भन्ने र ठूला दलको विरोध गर्ने केही पक्षहरूले सामाजिक सञ्जालमार्फत अनेक निराशा र भ्रम छर्ने गरेकाले त्यस्ता भ्रममा नपरी स्वदेशमा केही हुँदैछ र केही गर्नुपर्छ भन्ने भावनाका साथ तपाईँहरू लाग्नुस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नयाँ शक्तिहरूको हल्ला देखिसकिएको छ । नयाँ दलको उदय अगाडि नै सहकारीका नाममा करोडौँ भ्याइसकेका रहेछन् । विदेशमा रहेका नेपालीहरूलाई सामाजिक सञ्जालबाट भावनात्मक रूपमा उत्तेजित बनाएर प्रचार गरे पनि यथार्थमा नयाँ दलको कुनै अर्थ र भविष्य छैन ।”

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म यो सत्ता साझेदारी रहने र अबको एक वर्षपछि नेकपा (एमाले) र नेपाली कांग्रेसको सहमतिबमोजिम आफूले कांग्रेस सभापित शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने पुनः स्मरण गराउनुभयो । उहाँले राजनीतिक दलहरूमा देखिएका कतिपय आन्तरिक समस्याले विकास, समृद्धि र स्थिरताको यात्रामा कुनै अवरोध नहुने विश्वास व्यक्त गर्नुभयो ।

“कांग्रेसभित्र देखिएको आन्तरिक समस्या बाहिर छरपस्ट नभए हुन्थ्यो तर पनि उहाँहरूले सम्हाल्नुहुन्छ होला भन्ने मलाई विश्वास छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “एमालेभित्र पनि विद्या भण्डारीलाई अघि सारेर मेराविरुद्ध केन्द्रित भएर केही विरोध गरिएको छ । स्वयं विद्या भण्डारीले केही भन्नुभएको छैन । हाम्रो पार्टीले यस्ता कुराहरूको सामना गर्दै आएको छ र फेरि पनि गर्नेछ । आधुनिक नेपाल बनाउने र गरिबी हटाएर अर्थतन्त्र गतिशील बनाइनेछ ।”

उहाँले विदेशमा रहेर आर्जन गरेको श्रम, सीप, ज्ञान र पुँजीलाई स्वदेशको विकास लगाउन आग्रह गर्दै भन्नुभयो, “तपाईँहरूलाई देशको सन्तानले प्रतिक्षा गरिरहेको छ । तपाईँहरू जे जति आर्जन गर्नुछ, त्यो गरेर छिटो स्वदेश फर्कनुस् । त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ । तपाईँहरू एकताबद्ध रहेर काम गर्नुहोस् ।”

सो क्रममा प्रधानमन्त्री ओलीलाई गैह्रआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का र कार्यबाहक महाहसचिव सुरज विष्ट, प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्रीले अलगअलग ज्ञापनपत्र दिनुभयो ।

आफूहरूको मागबमोजिम पोर्चुगलमा नेपाली दूतावास स्थापना भएकामा आभार व्यक्त गर्दै ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै दोहोरो नागरिकतालगायत अन्य कानुनी हक अधिकार सुस्पष्ट गराई मातृभूमिसँग जोड्ने प्रबन्धका लागि आग्रह गर्नुभयो । यस्तै प्रवासी नेपाली मञ्च, पोल्याण्ड अध्यक्ष ईश्वर देवकोटाले वार्सामा स्थायी कन्सुलर कार्यालय खोल्न माग गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीका सचिव एवं सङ्गठन विभाग प्रमुख हेम शेर्पा, युरोप महादेश कमिटीका संयोजक मुक्तबहादुर गुरुङ, मञ्चका स्पेन अध्यक्ष केदार ढुङ्गानालगायत सहभागी हुनुहुन्थ्यो ।

स्पेनको सेभियामा आयोजना भएको संयुक्त राष्ट्रसङ्घको विकासका लागि लगानीसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मेड्रिडका कार्यक्रममा व्यस्त हुनुभएका प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा आज कतारको दोहा प्रस्थान गर्दै हुनुहुन्छ ।

Previous Post

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

Next Post

‘इच्छुक’मा समर्पित नयाँ गीत सार्वजनिक

metakhabar

metakhabar

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
‘इच्छुक’मा समर्पित नयाँ गीत सार्वजनिक

‘इच्छुक’मा समर्पित नयाँ गीत सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In