• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, February 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

    नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

    क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

    क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

    चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

    चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

    युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

    युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

    भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

    भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

metakhabar by metakhabar
१५ असार २०८२,
0
लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी।लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार ५२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। आज असार १५ गतेसम्मको तथ्याङ्कअनुसार, यो कूल सम्भावित क्षेत्रफलको २३ दशमलव ९४ प्रतिशत मात्र हो। लुम्बिनी प्रदेशमा कूल तीन लाख दुई हजार ९३९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्दछ।

प्रदेशमा कूल धानखेतीयोग्य जमिन ६ लाख ८० हजार १५ हेक्टर रहेको छ। कृषि विकास निर्देशनालय, लुम्बिनी प्रदेशका महानिर्देशक रामप्रसाद पाण्डेका अनुसार, पछिल्ला वर्षहरूमा प्रदेशमा धान उत्पादनको परिमाण क्रमशः बढ्दो क्रममा छ।

प्रदेशका विभिन्न जिल्लामा रोपाइँको अवस्था फरक देखिएको छ। सबैभन्दा बढी प्यूठानमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम गुल्मीमा मात्र पाँच प्रतिशत रोपाइँ भएको छ। प्रमुख धान उत्पादक जिल्लाहरू कपिलवस्तु र रुपन्देहीमा क्रमशः २१.८२ प्रतिशत र २१.०६ प्रतिशत क्षेत्रफलमा धानखेती हुने गरेको छ। सबैभन्दा कम रोपाइँ भएको जिल्ला रुकुमपूर्व हो, जहाँ मात्र १.४६ प्रतिशत धान रोपिएको छ।

यस वर्ष हालसम्म कपिलवस्तुमा ६५ हजार ८७१ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ६११ हेक्टरमा, दाङमा ३७ हजार २२५ हेक्टरमध्ये ६ हजार ३२८ हेक्टरमा, र बर्दियामा ५० हजार १५० हेक्टरमध्ये १३ हजार ७१४ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ। यस्तै, बाँकेमा ३४ हजार ७११ हेक्टरमध्ये ३ हजार ८१८ हेक्टरमा मात्र रोपाइँ भएको छ। पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पाजस्ता पहाडी जिल्लामा पनि रोपाइँको अवस्था न्यून छ।

गत वर्ष लुम्बिनी प्रदेशमा तीन लाख एक हजार ८०९ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो। धान उत्पादन वृद्धि गर्न प्रदेश सरकारले बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ सुविधा विस्तार, सघनता वृद्धि, चैते धान प्रवर्द्धन, रैथाने जातको संरक्षण लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

प्रदेशमा हाल सावित्री, सामा मन्सुली, हर्दिनाथ ६, राधा ४, सुक्खा धान १ र २, गंगासागर १ र २, खुमल बास्मती लगायतका उन्नत जातहरूको खेती भइरहेको छ। साथै, तिल्की, सिम्थारो, कालानमक, हंशराज, झिनुवा, मनसरा जस्ता परम्परागत बीउको प्रयोग पनि बढ्दो छ।

धानखेतीले लुम्बिनी प्रदेशको कूल खाद्यान्न उत्पादनमा ५६.१५ प्रतिशत र कूल उपभोग्य खाद्यान्नमा ४३.८७ प्रतिशत योगदान पुर्‍याइरहेको तथ्याङ्क छ। राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले लुम्बिनीलाई ‘अर्गानिक’ प्रदेश बनाउने विशेष अभियान सुरु गरिएको जानकारी दिए। उक्त अभियानको सुरुआत प्रदेशको रुकुमपूर्वबाट गरिएको छ।

कृषि सचिव यामनारायण देवकोटाले धानलाई प्रमुख खाद्यान्न बाली मात्र नभई हाम्रो संस्कार र परम्परासँग जोडिएको बालीका रूपमा लिँदै यसको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए।

Previous Post

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

Next Post

रास्वपा र राप्रपा प्रतिनिधिसभा बैठकबाट बाहिरिए, भिजिट भिसा प्रकरणको छानबिनमा असन्तुष्टि

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
मनोरञ्जन

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

१ फाल्गुन २०८२,
क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान
अन्तर्राष्ट्रिय

क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

१ फाल्गुन २०८२,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

१ फाल्गुन २०८२,
चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?
फिचर-ब्यानर

चुनावको मुखमा पूर्वराजाका समर्थक देखेर राप्रपा मख्ख, दुर्गा प्रसाई बन्लान् स्टार प्रचारक ?

१ फाल्गुन २०८२,
युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति
फिचर-ब्यानर

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

१ फाल्गुन २०८२,
भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?
फिचर-ब्यानर

भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

१ फाल्गुन २०८२,
Load More
Next Post
रास्वपा र राप्रपा प्रतिनिधिसभा बैठकबाट बाहिरिए, भिजिट भिसा प्रकरणको छानबिनमा असन्तुष्टि

रास्वपा र राप्रपा प्रतिनिधिसभा बैठकबाट बाहिरिए, भिजिट भिसा प्रकरणको छानबिनमा असन्तुष्टि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In