• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इयुको ‘ग्रे लिस्ट’ मा नेपाल पनि पर्‍यो

metakhabar by metakhabar
३० जेष्ठ २०८२,
0
इयुको ‘ग्रे लिस्ट’ मा नेपाल पनि पर्‍यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युरोपेली संघ (इयु) ले नेपाललाई पनि सम्पत्ति शुद्धीकरण तथा आतंकवादलाई लगानी गर्ने खतराको उच्च सूचीमा राखेको छ। इयुले यसअघि तयार पारेको सूचीमा नेपाललाई समेत थपेर नयाँ सूची जारी गरेको हो। यसअघि संसारभरिको सम्पत्तिबारे अध्ययन गर्ने संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएसटएफ) ले पनि नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको थियो। मंगलबार इयुले नेपाललाई समेत त्यस सूचीमा थपेको हो।

यो सूचीमा अन्य आठ मुलुक पनि परेका छन्। ती मुलुकहरू अल्जेरिया, अंगोला, आइभोरी कोस्ट, केन्या, लाओस, लेबनान, मोनाको, नामिबिया र भेनेजुएला हुन्। यसअघि सूचीमा रहेको युनाइटेड अरब इमिरेट्स भने सूचीबाट हटेको छ।

इयुको यो निर्णयले नेपालबाट गरिने आर्थिक गतिविधि वा आदानप्रदानलाई युरोपेली संघसम्बद्ध आर्थिक संस्थाहरूले नजिकबाट नियाल्नेछन्। इयुमा कालोधनको अवैध आवातजावत रोक्न यस किसिमको कदम चाल्ने गरिन्छ। इयुले थपेको यो सूचीले यसअघि एफएटिएफले जारी गरेको ग्रे लिस्टसँग मिल्दोजुल्दो छ। यो ग्रे लिस्टमा परेको मुलुकका आर्थिक गतिविधि र खासगरी रकम आदानप्रदानका क्रियाकलापलाई गम्भीरताका साथ नियालिन्छ।

सन् २०२४ को फेब्रुअरीमा एफएटिएफले नेपाल र लाओसलाई ग्रे लिस्टमा राखेको थियो। उसले त्यसबेला फिलिपिन्सलाई भने सूचीबाट मुक्त गरेको थियो। ‘हाम्रो अन्तिम प्रस्तावमा व्यक्त भएका चिन्ताहरूलाई ध्यानपूर्वक सुनेपछि र विस्तृत प्राविधिक मूल्यांकन गरेपछि संघले सूचीलाई अद्यावधिक गरेको हो। यसले एफएटिएफले निर्धारण गरेका मापदण्ड र अन्य अन्तर्राष्ट्रिय मापदण्डहरूसँग मिल्छ र यसपछि हाम्रो प्रतिबद्धता छ,’ युरोपेली संघकी वित्तीय सेवा आयुक्त मारिया लुइस अल्बुर्कले विज्ञप्तिमा भनेकी छन्।

एफपी समाचार संस्थाका अनुसार नयाँ संशोधित सूची युरोपेली संसद् र परिषद्ले छानबिन गरेपछि यस सूचीमा कुनै आपत्ति जनाइएन भने एक महिनाभित्र लागु गरिने बताइएको छ। यो सूचीमा नेपाल पर्नुको अर्थ यहाँको वित्तीय व्यवस्थापन प्रणाली कमजोर रहेको जनाउँछ। यहाँ हुने वित्तीय अपराध रोक्न देश अक्षम छ भन्ने अन्तर्राष्ट्रिय चिन्तालाई यो सूचीले प्रस्ट पार्छ।

सूची जारी हुनु भनेको नेपालमा भित्रिने लगानीलाई कुनै प्रतिबन्ध नलगाइए पनि अन्तर्राष्ट्रिय बैंक र लगानीकर्ताहरूका लागि यो खतराको घण्टी हो। उनीहरूले यो सूची जारी भएका मुलुकहरूमा ठुलो लगानी गर्दैनन्। कतिसम्म भने नेपालमा आधिकारिक रूपमा लगानी भित्र्याउँदा समेत अन्तरदेश बैंकिङ कारोबारलाई जटिल बनाइदिन्छ।

एफएटिएफ पेरिसमा रहेको अन्तरसरकारी संस्था हो। यसले संसारभरिका दुई सयभन्दा बढी देशमा भइरहेको सम्पत्ति शुद्धीकरण र आतंकवादमाथि गरिने लगानीबारे नियालेर अध्ययन गर्छ। नेपालले हालैका वर्षमा सम्पत्ति शुद्धीकरणविरुद्धको ऐन र नेपाल राष्ट्र बैंकअन्तर्गत वित्तीय सूचना एकाइ स्थापना गरेको छ। यो एकाइको स्थापना र केही संस्थागत प्रगतिबारे प्रशंसा हुने गरे पनि ठोस सुधारका कामहरू भने हुन नसकेको केही विश्लेषकहरूले आलोचना गर्ने गरेका छन्।

यो सूची जारी भएको खबर मंगलबार नै सार्वजनिक भए पनि नेपाल सरकारले युरोपेली संघको पछिल्लो निर्णयबारे आधिकारिक प्रतिक्रिया दिइसकेको छैन। यो सूचीमा परेपछि वैदेशिक लगानीमा कमी हुने विज्ञहरू बताउँछन्। एउटा अध्ययनअनुसार ग्रे लिस्टमा परेका देशहरूको कुल गार्हस्थ्य उत्पादनमा ७।६ सम्म पुँजी प्रवाहमा कमी आउन सक्छ।

Previous Post

इजरायलमा नयाँ सुरक्षा निर्देशन, नेपालीलाई सावधानी अपनाउन आग्रह

Next Post

‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल

metakhabar

metakhabar

सम्बन्धित खबर

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
समाचार

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

३१ बैशाख २०८३,
मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण
फिचर-ब्यानर

मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

३१ बैशाख २०८३,
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फिचर-ब्यानर

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

३१ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३१ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

३१ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ बैशाख २०८३,
Load More
Next Post
‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल

‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In