• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कहाँसम्म पुग्ला ट्रम्प-एलोनको लडाईं ?

metakhabar by metakhabar
२५ जेष्ठ २०८२,
0
कहाँसम्म पुग्ला ट्रम्प-एलोनको लडाईं ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब अर्बपति ब्यापारी एलोन मस्कसँग आफ्ना सबै सम्बन्धहरू सकिएको बताएका छन्। एउटा टेलिभिजन अन्तर्वार्तामा ट्रम्पलाई मस्कसँगको सम्बन्धबारे सोधिएको थियो।

त्यसमा उनले भनेका छन् ‘हो मलाई त्यस्तै लाग्छ। अब जुन नजिकको सम्बन्ध थियो त्यो सायद सकिएको छ।’

त्यसपछि ट्रम्पलाई सोधियो ‘अब फेरि त्यो सम्बन्ध सुधार्न चाहनुहुन्छ?’ जवाफमा ट्रम्पले भने ‘अब त्यस्तो हुनेछैन। त्यो सकिएको सम्बन्ध फेरि पहिलाको जस्तो हुनेछैन।’

पछिल्ला केही दिनयता ट्रम्प र अर्बपति अमेरिकी ब्यापारी मस्कबीच सामाजिक सञ्जालमा भनाभन हुँदै आएको छ। दुबैजना एकअर्काको मानमर्दन नै हुनेगरी वाकयुद्धमा उत्रिएका छन्।

खासमा आफू ट्रम्प प्रशासनबाट बाहिरिएपछि मस्कले ट्रम्पको कर तथा खर्च नीतिका बारेमा नकारात्मक टिप्पणी गरेका थिए। त्यसपछि उनीहरूबीच बाझाबाझ भइरहेको छ।

ट्रम्पले आफू मस्कको ब्यवहारसँग दुखी भएको पनि बताएका छन्।

लडाईं त यहाँसम्म पुगेको छ कि चुनावका बेला ट्रम्पले मस्कको कम्पनीले उत्पादन गरेको टेस्ला कार किनेका थिए। अब उनले त्यो कार पनि बेचिदिने घोषणा गरेका छन्। संसारमा उत्पादन भइरहेका बिजुली कारमध्ये टेस्ला अब्बल दर्जामा आउँछ। मस्कको एउटा ठूलो ब्यापार पनि टेस्ला नै हो।

ट्रम्पको दोस्रो कार्यकालका लागि चुनावी मैदानमा अद्भूतरुपमा मैदानमा खटिएका एलोन ट्रम्प प्रशासनमा केही समय कर्मचारीकै रुपमा काम रहे।

उनले सरकारको खर्च कटौती गर्ने एउटा विभागको जिम्मेवारी पाएका थिए। केही दिनमात्रै एलोनले आफू त्यो जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए। त्यसलगत्तै ट्रम्पले एउटा सार्वजनिक समारोहकै आयोजना गरेर मस्कको प्रशंसा गर्दै उनलाई बिदाई पनि गरेका थिए।

तर लगत्तै यी दुई शक्तिशाली ब्यक्तिबीच भनाभन हुन थालेको छ।

एउटा अर्बपति ब्यापारीले चुनावी मैदानमा पैसा बगाइदिएका कारण चुनाव जितेको भनेर ट्रम्पको आलोचना पनि भयो। यद्यपि ट्रम्प कसैको कुरा सुन्दैनन् र आफ्नै निर्णयमा अघि बढ्छन्। उनले आफ्नो प्रशासनिक केन्द्रमा एलोनलाई नै राखे। केही समय दुईजनाबीच मात्रै होइन पारिवारिक सम्बन्ध पनि निकै सुमधुर देखिन्थ्यो। हरेक यात्रामा मात्रै होइन आफ्नै कुर्सीमा समेत एलोनका छोरालाई राखेर ट्रम्पले आफ्नो काम गर्थे। यसबाट दुनियाँ आफैमा चकित थियो।
संसारकै महंगोमध्यको बिजुली कार टेस्लादेखि अन्तरिक्षसम्मको ब्यापारबाट अहिले एलोन विश्वकै धनी व्यक्तिमध्यका एक हुन्। अमेरिकी राष्ट्रपति कति शक्तिशाली हुन्छन् भनेर त यहाँ चर्चा गरिरहनै नपर्ला।
यी दुईबीचको त्यो सम्बन्ध अब विस्तारै धमिलिन थालेको छ र सामाजिक सञ्जालमा दुईबीचको वाकयुद्ध निकै चर्किन थालेको छ।

यी दुबैसँग आआफ्ना कुरा राख्नका लागि विशाल सामाजिक सञ्जाल छन्। एलोन सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरका एकल मालिक हुन्। ट्रम्पको पनि आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ छ। जसबाट उनले मन लागेको कुरा अनि अमेरिकी सरकारका धारणाहरू सार्वजनिक गर्छन्।

पछिल्ला केही दिनयता दुईबीच यिनै सामाजिक सञ्जालमार्फत एकअर्काप्रति आरोप प्रत्यारोपहरू चलिरहेका छन्।

ट्रम्पले मस्कको कम्पनीलाई सरकारका कामकाजबाट अलग गरिदिने धम्की दिएका छन्। यो भनेको मस्कको स्पेसएक्सजस्ता कार्यक्रम र अरु ब्यापारिक परियोजनाहरूमा ठेक्कापट्टा वा अनुदानका कार्यक्रमहरू हुन्।

‘हाम्रो सरकारको बजेटबाट अर्बौं पैसा बचाउने सबैभन्दा सजिलो उपाय भनेको एलोनले पाइरहेको सरकारी ठेक्का अनि अनुदानहरू कटौती गर्नु नै हो’ ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।

यदि साँच्चिकै ट्रम्पले एलोनको प्रविधिजन्य कम्पनीहरूलाई सरकारी सम्झौताबाट अलग गरे भने एलोनको ब्यवसायमा निकै ठूलो क्षति हुनेछ। यो भनाभन र बाझाबाझ बीच टेस्लाको शेयर मूल्यमा १४ प्रतिशतभन्दा धेरैले गिरावट भइरहेको छ।
तर एलोनले पनि ट्रम्पलाई अप्ठ्यारोमा पार्नसक्छन्।

ट्रम्पका यी धम्कीहरूका बीच एलोनले ट्रम्पविरुद्ध ‘महाअभियोग लगाउन’ आह्वान गरेका छन्। र हिम्मत भए आफ्ना कम्पनीहरूको सरकारी सम्झौता रद्द गरेर देखाउन पनि चेतावनी दिएका छन्।
एलोनले आफ्नो कम्पनीको ड्र्यागन स्पेसक्राफ्टलाई फिर्ता गर्ने धम्की पनि दिएका छन्। यसबाट अमेरिकी अन्तर अन्तरिक्षयात्रुहरूलाई ओसारपसार गर्न र इन्टर्न्याशनल स्पेस स्टेशनमा आपूर्तिका लागि अमेरिकी सरकारकी निर्भरता टुट्नेछ।

यतिमात्रै होइन एलोनले ट्रम्पका नाम जोडिएका कैयौं पुराना प्रकरणहरूलाई ब्यूँताउनुपर्ने पनि बताएका छन्।

यसको जवाफ आगामी चुनावहरूमा एलोनले ट्रम्पका विरोधीहरूमाथि पैसा खन्याएर पनि दिनसक्छन्।

एकअर्काप्रति निकै कडा र आक्रामक देखिएका यी शक्तिशाली अर्बपति र शक्ति राष्ट्रका शक्तिकेन्द्र ट्रम्पबीचको यो लडाईं यत्तिकै र चाँडै थामिने पनि छाँट देखिंदैन।

‘राष्ट्रपति भइरहनका लागि ट्रम्पसँग अब मात्रै साढे तीन वर्ष बाँकी छ’ एलोनले धम्क्याएका छन् ‘तर मचाहिँ अझैं ४०-५० वर्ष यहिँ र यत्तिकै हालतमा रहनेछु।’

Previous Post

पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै

Next Post

मुग्लिन–मलेखु सडकको आठ किलोमिटर कालोपत्र, थप दुई किलोमिटर तयारीमा

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
मुग्लिन–मलेखु सडकको आठ किलोमिटर कालोपत्र, थप दुई किलोमिटर तयारीमा

मुग्लिन–मलेखु सडकको आठ किलोमिटर कालोपत्र, थप दुई किलोमिटर तयारीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In