• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको भेट

metakhabar by metakhabar
१४ जेष्ठ २०८२,
0
राष्ट्रपतिसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको भेट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १४ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आए भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।

नेपाल र न्युजिल्याण्ड विभिन्न अन्तरराष्ट्रिय विषयहरूमा साझा धारणासहित बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएको स्मरण गर्दै उहाँले स्तरोन्नतितर्फको हाम्रो यात्रालाई दिगो बनाउन व्यापार, लगानी र विकास सहकार्यका सन्दर्भमा न्युजिल्याण्डबाट हामी सहयोगको अपेक्षा गर्दर्छौँ भन्नुभयो ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको सङ्कटबाट दुवै देश मारमा परेको बताउँदै हिमालय क्षेत्रको जनजीवन बचाउनका लागि मिलेर काम गर्न आग्रह गर्नुभएको थियो । न्युजिल्याण्डका पर्यटकले नेपाललाई एक पर्यटकीय गन्तव्य मुलुकको रूपमा पहिचान गरेको उहाँको भनाइ थियो । न्युजिल्याण्डमा नेपालीहरूको अध्ययनका लागि उच्च शिक्षाको आकर्षक गन्तव्य बनेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यहाँ बसोवास गर्ने नेपाली बढेकाले दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउन उनीहरूले महत्त्वपूर्ण भूमिका खेल्नु खुसीको विषय हो भन्नुभयो ।

कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध कायम रहँदै आएको र हाम्रो सम्बन्ध गाढा बनाउन सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको पहिलो पटक कीर्तिमानी आरोहणले महत्त्वपूर्ण योगदान दिएको विदितै छ भन्दै उहाँले उक्त आरोहणको ७० औँ वार्षिकोत्सवमा दुवै देशले ‘सगरमाथा–७०’ मनाएकोमा खुसी प्रकट गर्नुभयो ।

उहाँले दुवै देशका जनताबीच अन्तक्र्रिया एवं सम्बन्ध बढाउन सर एडमन्ड हिलारीले स्थापना गर्नुभएको हिमालयन ट्रस्टले खेलेको भूमिकाको प्रशंसा गर्दै यसले जनस्तरमा सम्बन्ध विस्तामार सहयोग पुर्‍याएको छ भन्नुभयो ।

सो अवसरमा न्युजिल्याण्डका उपप्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा नेपालले पुर्‍याएको योगदानको प्रशंसा गर्दै अन्तरराष्ट्रिय सम्बन्धमा साना देशहरुको भूमिका पनि महत्त्वपूर्ण हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।

नेपाल न्युजिल्याण्डका जनताको लागि रमणीय देश भएकाले यहाँको भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूको लागि छात्रवृत्ति वृद्धि गरेर नेपालसँग शिक्षा र विकासको सम्बन्ध सुदृढ गर्न आफूहरूले चाहेको जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तनले ल्याएको सङ्कटप्रति आफूहरू सजग रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि सबै देशको सहभागिता जरूरी रहेको बताउनुभयो ।

Previous Post

सामुदायिक अस्पतालले सरकारसँग सहकार्य गर्नुपर्ने

Next Post

‘एनिमल फेम’ तृप्तिले प्रशष्त इन्टिमेट सिन सहमत, ९ भाषामा हुनेछ रिलिज

metakhabar

metakhabar

सम्बन्धित खबर

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
आर्थिक

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

१ चैत्र २०८२,
अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
आवाज

अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

१ चैत्र २०८२,
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
Load More
Next Post
‘एनिमल फेम’ तृप्तिले प्रशष्त इन्टिमेट सिन सहमत, ९ भाषामा हुनेछ रिलिज

‘एनिमल फेम’ तृप्तिले प्रशष्त इन्टिमेट सिन सहमत, ९ भाषामा हुनेछ रिलिज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In