• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विचारः सांस्कृतिक समानताले सुदृढ नेपाल–नेपाल भारत सम्बन्ध

metakhabar by metakhabar
७ जेष्ठ २०८२,
0
विचारः सांस्कृतिक समानताले सुदृढ नेपाल–नेपाल भारत सम्बन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ जेठ (रासस): नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि, एक यस्तो पवित्र भूमि हो, जहाँ धर्मको सुवास पाइन्छ, जहाँ प्रत्येक कणमा तपस्याको ऊर्जा बग्दछ । यही भूमि हो, जहाँ पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, बराहक्षेत्र, रामधुनी, हलेसी महादेव, दन्तकाली, दक्षिणकाली, बडीमालिका, गोसाइँकुण्ड, दामोदरकुण्ड, लुम्बिनी, देवघाट, गण्डकी नदीको किनारमा रहेको त्रिवेणीघाट वाल्मीकि आश्रम तथा लवकुश क्षेत्र, त्रिशूली र कौशिकी नदीजस्ता अनगिन्ती तीर्थस्थल र थुप्रै पवित्र नदीनालाहरू अवस्थित छन् । यी तीर्थहरूले नेपाललाई केबल भौगोलिक रूपमा मात्र होइन, आध्यात्मिक दृष्टिले पनि तपोभूमि, देवभूमि र पुण्यस्थलको रूपमा चिनाएका छन् । यो भूमि भगवान् शिव, विष्णु, राम, बुद्ध र असङ्ख्य ऋषिमुनिहरूको तपोस्थल हो । धार्मिक ग्रन्थहरूले नेपालस्थित तीर्थहरूको विशेष महिमा गाएका छन्ः

‘काश्यां तु मरणं मुक्तिः पशुपत्यां तु दुर्लभा“ (स्कन्द पुराण, काशी खण्ड) “मुक्तिनाथो बदर्यस्तु शालग्राम शिला तथा’ गरुड पुराण, पूर्व खण्ड, अध्याय १६) ‘पुर रम्यता राम जब देखि । हरषे अनुज समुझि बिसेषी ।।’ (रामचरितमानस, बालकाण्ड, दोहा २१२) यी शास्त्रीय प्रमाणहरूले नेपालको अध्यात्मिक गरिमा र गौरवलाई पुष्टि गर्छन् ।

जगतगुरु महायोगी सिद्धबाबाको योगदान र नेपालको आध्यात्मिक पुनर्जागरण सगरमाथाको काखमा जन्मनुभएका महायोगी सिद्धबाबाले बाल्यकालमै गृहत्याग गरी भौतिक विज्ञानअन्तर्गत हिमालयका वनस्पतिको द्रव्य गुणमा विद्यावारिधि समेत गर्नुभएको छ, उहाँ नाडी एवं खगोल विज्ञानमा पनि निस्णात हुनुहुन्छ । संस्थागत संलग्नतामा उहाँ जगतगुरु रामानन्दचार्य सेवा पेट चतराका संस्थापक एवं पिठाधीश महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुरको संस्थापक एवं आजीवन अध्यक्ष द हिमालयन पाशुपत सिद्ध महायोग वटावा क्यानाडा र महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान बेलायतका प्रमुख संरक्षकका साथै देश विदेशमा रहेका अन्य दर्जनौँ संस्थामा प्रमुख संरक्षक सल्लाहकार आदि जस्ता भूमिकामा सम्बद्ध हुनुहुन्छ ।

नेपाल जननीका बरद पुत्र रत्न समाधि सिद्ध त्रिदण्डी स्वामी, तारकब्रह्म पीठाधीश्वर, अनन्त श्रीविभूषित, जगतगुरु श्री रामानन्द आचार्य स्वामी रामकृष्णचार्य महायोगी सिद्धबाबाले बाल्यकालमै गृहत्याग गरी हिमालय खण्डदेखि मरुभूमिसम्मको कठिन वातावरणमा घोर तपस्या गर्नुभयो । उहाँले ‘सुरत–शब्द योग’ (जसलाई पाशुपतसिद्ध महायोग वा हिमालयन सिद्धयोग पनि भनिन्छ) प्राप्त गर्नुभयो । यो योग मार्ग सम्पूर्ण मानवताका लागि जात, धर्म, लिङ्ग र सीमाभन्दा माथि उठेर आत्म–साक्षात्कारको मार्ग हो ।

गुरुदेवले २०६३ सालदेखि नेपालकै पवित्रस्थल बराहक्षेत्रमा रही सनातन वैदिक धर्मको पुनर्जागरण र आध्यात्मिक चेतनाको संरक्षणमा आफूलाई समर्पित गर्नुभएको छ । आज उहाँको प्रभाव नेपाल र भारतमा मात्र सीमित नरही अमेरिका, अष्ट्रेलिया, युरोपजस्ता देशहरूमा समेत फैलिसकेको छ । २०७२ चैत २६ गतेदेखि २०७३ वैशाख ३ गतेसम्म पोखरास्थित रामघाटमा सञ्चारकर्मी, सरकारी चिकित्सक सुरक्षा निकाय, वरिष्ठ राजनीतिक व्यक्तित्व बुद्धिजीवी प्रतिष्ठित व्यक्तित्वलगायत लाखौंँ श्रद्धालुको उपस्थितिमा गुरुदेवले नौ दिनसम्म लिइसकेको जीवित भू–समाधि आधुनिक विज्ञानका लागि पनि अचम्मको विषय बन्यो । जिम्मेवार भुसमाधि व्यवस्थापक तथा सञ्चारकर्मी पत्रकारहरू समेतको उपस्थितिमा काठको बाकसभित्र उत्तानो सुती ढोका बन्द गरी बाकसभित्रको चार ढोकामा ताल्चा लगाई उक्त काठको बाकसलाई प्लास्टिकले बेरेर माथिबाट माटोले पुरी माटोको ढिस्को जस्तो थुप्रोमा पानी छर्की जौ छरियो । नौ दिनसम्म अन्न, जल र अक्सिजन बिना समाधिमा बसेर जीवितै बाहिर निस्कन सक्ने शक्ति केवल वैदिक योग, आत्मबल र सिद्धताको जीवन्त प्रमाण हो । यस प्रकार सद्गुरुदेवले सनातन हिन्दू धर्मका हाम्रा अग्रज ऋषिमुनिहरूमा रहेको समाधिसिद्ध क्षमताको सप्रमाण प्रतिनिधित्व गरी वैदिक सनातनभित्र रहेको योग र साधनामा रहेको शक्ति संसारसामु उजगार गर्दै आध्यात्मिक पुनर्जागरण अभियानमा नवीनतम् चेतना जागृत गराइदिनु भई अन्तरराष्ट्रियस्तरमै नेपालको अध्यात्मिक गौरव र गरिमालाई सगरमाथा उचाइमा पु¥याइ दिनुभएको छ ।

एक ऐतिहासिक अवसर यही दिव्यता र तपस्याको उच्चतम उदाहरण बनेका गुरुदेव महायोगी सिद्धबाबालाई भारतको श्रीराम जन्मभूमि अयोध्याधामस्थित श्री मणिरामदास छावनी, जुन युगौँदेखि वैष्णव परम्पराको महान केन्द्र रहँदै आएको छ, उक्त केन्द्रबाट प्रमुख अतिथि तथा प्रमुख सत्सङ्ग वाचकका रूपमा आमन्त्रित गरिएको छ । सन् २०२५ जुन १–१० सम्म परम पूज्य महन्त श्री नृत्य गोपाल दासजी महाराजको ८७ औँ प्राकट्य दिवसका अवसरमा आयोजना हुने यस भव्य आध्यात्मिक महोत्सवमा भारतभरिका शङ्कराचार्य, महात्मा, मुख्यमन्त्री, मन्त्रीहरू, राष्ट्रसेवकहरू र लाखौँ श्रद्धालुको उपस्थिति रहनेछ ।

दूरदर्शनमार्फत करोडौँ जनसमुदायले हेर्ने यो समारोह नेपालको वैदिक पहिचान र आध्यात्मिक गरिमाको अन्तरराष्ट्रिय सम्मान हो । परम पूज्य महायोगी सद्गुरुदेवलाई गरिएको यो गौरवशाली निमन्त्रणाले नेपाल–भारत सम्बन्धलाई केवल सामाजिक वा भौगोलिक नभई आध्यात्मिक र सांस्कृतिक आत्मियताको सूत्रमा थप बलियो बनाउने विश्वास दिलाउँछ ।

जनकपुर–अयोध्या, पशुपति–काशी, मुक्तिनाथ–बद्रीनाथ, अमरनाथ, रामेश्वरम र तिरुपति– बराहा क्षेत्र चतराधाम र लुम्बिनीजस्ता सम्बन्धहरूले हाम्रो साझा सनातन सम्पदालाई बलियो बनाएका छन् ।

धार्मिक पर्यटनमार्फत समृद्धिको सम्भावना

वर्तमान समयमा धार्मिक र आध्यात्मिक तीर्थयात्राको महत्त्व बढ्दै गएको विभिन्न उदाहरणहरूले देखाउँछन् । धार्मिक तीर्थयात्रीहरू नेपाल र भारतबाट छिमेकी राष्ट्र चीनको कैलाश पर्वतमा दर्शनार्थ जाने श्रद्धालुहरूको सङ्ख्या बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ ।

त्यसैगरी भारतमा हुने कुम्भमेलामा नेपाललगायत देश–विदेशबाट जम्मा हुने करोडौंको संख्यामा पर्यटकले धार्मिक पर्यटनको महत्व उजागर गरिरहेका छन् । यस्तै श्रीराम जन्मभूमि अयोध्यामा २०८० सालको जनवरीमा राममन्दिर उद्घाटनपछि वार्षिक दुई करोड २१ करोड पर्यटक सङ्ख्या बढेर अहिले दैनिक नै एक लाख ५० लाख पुगेको तथ्याङ्कले धार्मिक पर्यटनको महत्व र त्यसबाट राष्ट्रलाई प्राप्त हुने आर्थिक समृद्धिको जलन्त उदाहरण प्रस्तुत गर्दछ । त्यसैले नेपालको महायोगी सिद्ध बाबालाई प्राप्त ऐतिहासिक निमन्त्रणालाई देवभूमि र तपोभूमिका रूपमा आफ्नो मौलिक पहिचानलाई विश्वसमक्ष प्रस्तुत गर्ने अवसरको रूपमा सदुपयोग गर्दै धार्मिक तथा अध्यात्मिक पर्यटनको सम्भावनालाई योजनाबद्ध व्यवस्थापनद्वारा आर्थिक समृद्धिको महत्वपूर्ण स्तम्भको रूपमा विकास गर्न सक्नु पर्दछ ।

सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिर भ्रमणपश्चात् भारतीय धार्मिक पर्यटकहरूको उल्लेख्य वृद्धि भएको थियो । सद्गुरुदेवको अयोध्यामा हुने १० दिने दिव्य र भव्य कार्यक्रममा मुख्य अतिथिको रूपमा हुने गरिमामय सहभागितापछि नेपाल र भारत दुवै देशबाट धार्मिक तथा आध्यात्मिक तीर्थयात्राको आदान–प्रदान अझै ठूलो मात्रामा बढ्ने आशा गर्न सकिन्छ । भारतजस्तो विशाल जनसङ्ख्या भएको देशबाट थोरै प्रतिशत मात्र धार्मिक पर्यटक नेपाल आएका खण्डमा पनि यसले नेपालको आर्थिक समृद्धिमा ठूलो टेवा पु¥याउनेछ ।

नेपाल–भारतः साझा सनातन सम्पदाका वाहक

वैदिक सनातन धर्मको रक्षा, सम्बद्र्धन र प्रवद्र्धनका दुई प्रमुख वारिस नेपाल र भारतको धार्मिक समागमले हामी सबैलाई स्मरण गराउँछ कि हाम्रो आस्थाका देवीदेवता र तीर्थस्थलहरू साझा धार्मिक सम्पदा हुन् । यस प्राकट्य महोत्सवमा सञ्चालन हुने धार्मिक कार्यक्रमको सत्सङ्गमार्फत सद्गुरुदेवद्वारा समस्त सनातनी आमजनमानसमा यो भावना उजागर गरिने अपेक्षा गरिएको छ, जसले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा उल्लेखनीय टेवा पु¥याउनेछ । वर्तमान परिप्रेक्ष्यमा मित्रराष्ट्र भारतका धार्मिक पर्यटकहरू वृद्धि भइरहेको अवस्थामा नेपालका पवित्र तीर्थस्थलहरू पशुपतिनाथ, जनकपुर, लुम्बिनी, मुक्तिनाथ, रामधुनी, गोसाइँकुण्ड, दामोदरकुण्डलाई केन्द्र बनाएर महायोग शिविर, गुरुकुल शिक्षा, बौद्ध परिपथ (लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर) र रामायण परिपथजस्ता धार्मिक तथा अध्यात्मिक विकासका गतिविधिलाई संयुक्त पहलद्वारा अन्तरराष्ट्रिय आध्यात्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा पूर्वाधार विकासलाई प्रवद्र्धन गर्ने प्रयासमा सद्गुरुदेवको अयोध्यामा प्रमुख अतिथिको रूपमा हुने ऐतिहासिक सहभागिताले उचित वातावरण निर्माण गर्नुका साथै थप बल पु¥याउने आशा पनि गर्न सकिन्छ । यसबाट पर्यटन, होटल, यातायात, कृषि, हस्तकला, सांस्कृतिक कार्यक्रम र धार्मिक सामग्रीका क्षेत्रमा रोजगारी सिर्जना हुँदै उद्यमशीलताको वातावरण विकास हुनेछ ।

निष्कर्ष

हामी सबै नेपालीले गर्वपूर्वक स्वीकार गर्नुपर्छ कि सद्गुरुदेव महायोगी सिद्धबाबा देशभक्त राष्ट्रप्रेमी नेपाल जननीका बरद पुत्र रत्नका रूपमा पाउनु सम्पूर्ण नेपालीको सौभाग्य हो । गुरुदेवजस्ता सिद्ध पुरुषको हाम्रो माटोमा जन्म, तपस्याबाट प्राप्त ब्रह्मज्ञान, समाज, राष्ट्र र मानवताको कल्याणमा समर्पण तथा वैदिक सनातन संस्कृतिको संरक्षण र पुनर्जागरणमा पु¥याउनु भएको योगदानलाई केबल धार्मिक वा आध्यात्मिक दृष्टिले मात्र नभई मानव कल्याण तथा राष्ट्र निर्माण र समृद्धिको लागि गरिएको प्रयासको रूपमा हेर्नुपर्छ । हामी सबैले गुरुदेवले देखाउनुभएको अध्यात्मिक मार्गदर्शनमा अगाडि बढ्नु आजको आवश्यकता हो, जसले नेपालको उज्ज्वल भविष्य सुनिश्चित गर्दछ ।

धार्मिक पर्यटनको विकासद्वारा युवाहरूलाई वैदेशिक पलायनबाट जोगाउँदै स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने, समाजमा आत्मनिर्भरता बढाउने र आर्थिक समृद्धिको बाटो खोल्न सकिन्छ । अतः अयोध्याधामको निमन्त्रणालाई एक ऐतिहासिक अवसरको रूपमा सदुपयोग गरी धार्मिक पर्यटन प्रवद्र्धन र व्यवस्थापनलाई राष्ट्रिय रणनीति बनाएर, हामी सबै एकजुट भई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउँ, समृद्ध नेपाल निर्माणतर्फको यात्रा सुरु गरौँ । (लेखक पूर्वसशस्त्र प्रहरी महानिरीक्षक तथा मानवअधिकार कानुन र अन्तरराष्ट्रिय सांस्कृतिक सम्पदा संरक्षणका विज्ञ हुनुहुन्छ)

Previous Post

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

Next Post

नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल

metakhabar

metakhabar

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज शपथ लिँदै

नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In