• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिर प्रदर्शनी

metakhabar by metakhabar
१४ बैशाख २०८२,
0
राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिर प्रदर्शनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : गोरखापत्र संस्थानले यस वर्षको राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिरहरू प्रदर्शनी गरेको छ । आज काठमाडौँमा गोरखापत्र संस्थान, आर्ट तथा फोटोग्राफी शाखाले नेपालमा फोटो पत्रकारिता र पत्रकारको सुरक्षा विषय कार्यशाला गोष्ठीको आयोजना गरी गोरखापत्रमा प्रकाशित तथा यहाँ कार्यरत फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिरहरू प्रदर्शनी गरिएको हो ।

तस्बिर प्रदर्शनी आयोजनाले सामाजिक परिवेश, जनजीवन, रहनसहन र ऐतिहासिक घटनाक्रम बुझ्न सघाएको सो कार्यक्रमका प्रमुख अतिथि एवं गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक गोपाल चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “तस्बिरले सबै कुराको चित्रण गरेको हुन्छ । पुराना तस्बिर प्रदर्शनीले पत्रकारलाई तस्बिर खिच्न कति गाह्रो हुन्छ भन्ने विषयमा जानकारी दिनाका साथै सामाजिक परिवेश, जनजीवन, रहनसहन र ऐतिहासिक घटनाक्रम बुझ्न सघाएको छ ।”

विसं १९५८ वैशाख २४ गतेदेखि प्रकाशन आरम्भ गरेको मुलुकको जेठो अखबार गोरखापत्र नेपाली समाज, राजनीति, जनजीवन, भाषा, संस्कृति र सम्पदासम्बन्धी जानकारी लिने महत्त्वपूर्ण दस्तावेजका रूपमा रहेको संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बताउनुभयो । विसं १९८४ वैशाख १३ गते उक्त पत्रिकाले पहिलोपटक सर्वसाधारणको तस्बिर छापेको दिनको स्मरण गर्दै राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउने गरिएको संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रिलबाट प्रिन्ट गरिएका धेरै जसो तस्बिर अहिलेसूचनाको दरिलो स्रोत भएको छ । यो कार्य निरन्तर चलिरहने छ ।”

संस्थानले प्रदर्शन गरेका पुराना फोटोको रिलले करिब एक सय ५० बाकस भरिएका तथा प्रदर्शनीका लागि छनोट भएका नेगेटिभ स्क्यानिङ गर्न पनि निकै चुनौती भएको गोरखापत्र दैनिकका फोटोग्राफी विभाग प्रमुख रामप्रसाद हुमागाईंले जानकारी दिनुभयो । संस्थानका पूर्वमहाप्रबन्धक गोपाल चित्रकार, फोटो पत्रकारहरू विन्दुराजसिंह सुवा, रामेश्वर कायस्थ, भीम गुरुङ, भरत देउराली, नातिकाजी महर्जन, राजेन्द्र चित्रकार, शेखर चौलागाईं र रमेश केसीलगायत फोटो पत्रकार मुलुकमा अब्बल फोटो पत्रकारका रूपमा मानिनुहुन्छ ।

आजको उक्त कार्यक्रम संस्थानका पूर्वमहाप्रबन्धक एवं कार्यक्रमका प्रमुख अतिथि गोपाल चित्रकारले मोबाइलबाट फोटो खिचिर उद्घाटन गर्नुभएको थियो । साथै कार्यक्रममा गोरखापत्र संस्थानद्वारा प्रकाशित पहिलो फोटो पत्ता लगाउने उषातित छुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

Previous Post

फोटो पत्रकारिताले जीवनलाई जीवन्त र इतिहासलाई अमर बनाउनसक्छः सभामुख घिमिरे

Next Post

बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने

बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In