• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्रेको तयारी

metakhabar by metakhabar
१३ बैशाख २०८२,
0
सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्रेको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक अब कालोपत्रे हुने तयारीमा छ। बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरी कालोपत्रका लागि सवबेस र बेस बिछ्याउने काम सुरु भएको छ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित यो सडक चालु आर्थिक वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। कार्यालयका सवइञ्जिनियर जीवन पौडेलले बेस र सवबेस बिछ्याइएको चार किलोमिटर पाँच सय मिटरमा कालोपत्रे गर्न लागिएको जानकारी दिए। उनले एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको र थप दुई सय मिटर ढलान तथा तीन किलोमिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको बताए। नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइको आधुनिक प्रविधिको कालोपत्रे र ढलान गरिनेछ।

विसं ०५६ मा ट्र्याक खोलिएको यो सडक बेनी नगरपालिका १, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन्। यसअघि एक घण्टा लाग्ने यात्रा समय अहिले २० मिनेटमा छोटिएको छ।

यो योजना निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो। तीस महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थपिएको छ। सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ। निर्माण कम्पनीका प्राविधिक अरुण सेढाइले पर्याप्त बजेट विनियोजन नभए पनि थप भएको समयअघि नै योजना सम्पन्न गर्न लागिएको बताए।

चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि थप बजेट व्यवस्थापन गर्न सडक डिभिजनले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रस्ताव गरेको छ। सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०–४० करोड विनियोजन गरेको थियो। अघिल्लो कार्यकालका प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा यो आयोजना छनोट भएको थियो।

सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्रे र तीन सय मिटर सडक ढलान गरिएको थियो। यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ।

Previous Post

चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक

Next Post

चिनियाँ राष्ट्रपति सीसँग करका विषयमा कुरा गरेको ट्रम्पद्वारा जानकारी : अमेरिकी सञ्चारमाध्यम

metakhabar

metakhabar

सम्बन्धित खबर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

१६ असार २०८३,
Load More
Next Post
चिनियाँ राष्ट्रपति सीसँग करका विषयमा कुरा गरेको ट्रम्पद्वारा जानकारी : अमेरिकी सञ्चारमाध्यम

चिनियाँ राष्ट्रपति सीसँग करका विषयमा कुरा गरेको ट्रम्पद्वारा जानकारी : अमेरिकी सञ्चारमाध्यम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In