• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग, ढाकछोप नगर्न सरकारलाई चेतावनी

    गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग, ढाकछोप नगर्न सरकारलाई चेतावनी

    अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

    अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

    जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

    जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

    संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

    संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

    काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

by
२१ चैत्र २०८१,
0
खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), २१ चैतः सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन् । आफ्नो पहिचान र मुद्दाबारे यस समुदायका केही व्यक्तिहरू सङ्गठित हुन थालेपछि लुकेर बसेकाहरू विस्तारै खुल्न थालेका हुन् ।

पाल्पामा २२ जना यौनिक अल्पसङ्ख्यक नागरिक खुलेर आएका छन् । हाल यहाँ हुने कार्यक्रममा पनि आफ्नो पहिचानसहित उनीहरू खुलेर आउन थालेका छन् । हालै साहसी कदम नेपालको आयोजना र तानसेन नगरपालिकाको सहयोगमा भएको यौनिक तथा अल्पसङ्ख्याक समुदायको तथ्याङ्क सङ्कलनका लागि अन्तरक्रिया र सचेतना कार्यक्रममा जिल्लाका २२ जना व्यक्ति खुलेरै उपस्थित भए । आफ्ना विषय र अधिकारबारे खुलेरै बोले ।

आफ्ना समुदायका हकहितका लागि आन्दोलन गर्नुपर्दा थोरै मात्रै उपस्थित हुने गरे पनि सचेतनाका कारण पछिल्लो उपस्थिति बढ्दै गइरहेको साहसी कदम नेपालकी संस्थापक अध्यक्ष तथा यौनिक अल्पसङ्ख्यक महिला हसिना क्षेत्री बताउनुहुन्छ । पछिल्लो समय आफ्ना पहिचानबारे खुल्न सक्ने अवस्था बनेको उहाँले सुनाउनुभयो । “लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले आन्दोलन गर्नुपर्दा पहिला दुई÷चारजना मात्रै देखिन्थे, हाल त्यो सङ्ख्या बढेको छ । गर्वका साथ बाहिर निस्कने अवस्था छ । आफू के हो भनेर खुल्ने माहोल बनेको छ, यो सबै सचेतनाका कारण हो”, क्षेत्रीले भन्नुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू समाजमा पहिचानसहित खुल्न थाले पनि राज्यको नीति, कार्यक्रम तथा योजनामा नपर्दा अधिकार प्राप्तिको सङ्घर्ष भने जारी छ । संविधानमा व्यवस्था भएअनुसार पहिचानसहितको अधिकार प्राप्त गर्न नसकेको यो समुदायका नागरिकको गुनासो छ । संस्थाकी संस्थापक अध्यक्ष क्षेत्रीले सरकारले पहिचानसहितको अधिकार संविधानमा उल्लेख गरे पनि प्रभावकारी कार्यान्वयन नगर्दा आफूहरूले समस्या भोग्नु परिरहेको बताउनुभयो । आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिता भएको उहाँको भनाइ छ ।

संस्थाकी कार्यक्रम निर्देशक रेसम न्यौपाने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथिको बुझाइमा केही परिवर्तन आए पनि अझै विभेद र लाञ्छनाको अन्त्य नभएको बताउनुहुन्छ । यो समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा कानुनमै विभेद खेपिरहनुपरेको उहाँको गुनासो छ । “नेपालको नागरिक भए पनि अन्य नागरिक जस्तै समान हक पाएका छैनौँ । फरक पहिचान भएकै कारण घरपरिवार र समुदायबाट अपहेलित हुनुपरेको छ । सङ्घर्षपश्चात् विवाह गर्ने अधिकार स्थापित भए पनि सन्तानको हकमा कानुनी समस्या कायमै छ । नागरिकता पाउन लिङ्ग पुष्ट्याइँ गर्नुपर्नेजस्ता विभेदकारी अवस्थाहरू छन्”, न्यौपानेले भन्नुभयो ।

नागरिकता लिन जाँदा मेडिकल जाँच गरेर पहिचानसहितको ‘रिपोर्ट’ लिएर आउनु भनेर फर्काइने गरेको उहाँले सुनाउनुभयो । “स्वास्थ्य परीक्षण गर्नुपर्ने विषयमा हाम्रो आपत्ति होइन तर परीक्षण गराउन जाँदा पाँच÷छ जना डाक्टर वरिपरि बसेर हामीलाई नाङ्गै हुन लगाइन्छ र पालैपालो हाम्रा यौनाङ्ग खेलाइन्छ । त्यसपछि मात्र कागज लेखेर पठाइन्छ । हालसम्म यस्तो यातना सहनु परेको छ”, न्यौपानेको कथन थियो ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नाले लेस्बियन (महिला समलिङ्गी), गे (पुरुष समलिङ्गी), बाइसेक्सुअल (उभयलिङ्गी), ट्रान्सजेन्डर (पारालिङ्गी पुरुष÷महिला), इन्टरसेक्स (अन्तरलिङ्गी), असेक्सुअल (प्रत्यक्ष लिङ्ग वा लैङ्गिक इन्द्रिय नभएको) आदि समुदाय पर्दछन् । जसलाई छोटकरीमा ‘एलजिबिटिआइक्युए’ भन्ने गरिएको छ ।

तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका विषयमा आफूहरू संवेदनशील रहेको बताउनुभयो । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भोगेका समस्याहरू वास्तवमै पीडादायी भएको मैले बुझेको छु । नीति तथा कार्यक्रम बनाउँदा सबै समुदायका सवालहरूलाई समेट्ने गरी कानुन बनाउने र बनेका कानुनको कार्यान्वयन गर्न नगर सरकारले ध्यान दिनेछ”, उहाँले भन्नुभयो ।

उपप्रमुख प्रतीक्षा सिञ्जालीले सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाएर लैजान सके समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुने बताउनुभयो । उहाँले संविधानमा व्यवस्था भएबमोजिम यो समुदायको अभियानमा नगर सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूमा समाज र देशका लागि योगदान दिन सक्ने क्षमता रहेको बताउनुभयो ।

साहसी कदम नेपालकी सदस्य इन्द्रादेवी सारु मगरले आफू यौनिक अल्पसङ्ख्यक नभए पनि यस्ता समुदायका व्यक्तिलाई समस्या पर्दा सहयोग गर्ने हुँदा आफूलाई पनि साथीहरूबाट नराम्रो दृष्टिकोणले हेर्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “साथी, सङ्घसंस्थाहरू छोडे तर यी समुदायका व्यक्तिहरूलाई सहयोग गर्न छोडेकी छैन । हाल संस्थालाई मेरै घरमा निःशुल्क कार्यालय राख्न दिएकी छु ।”

यौनिक अल्पसङ्ख्यक महिला सानु खनालले पाल्पामा रहेका थुप्रै यौनिक अल्पसङ्ख्यकहरूलाई बाहिर ल्याउने प्रयास गरिएको बताउनुभयो । संस्थाका व्यवस्थापक सुमन थापाले सबै सङ्गठित भएर यौनिक अल्पसङ्ख्यकका लागि सङ्घर्ष आवश्यक रहेको बताउनुभयो ।

Previous Post

तराई मधेस जागरण अभियान पुनः सुरू भयो : अध्यक्ष दाहाल

Next Post

संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैन : सञ्चारमन्त्री गुरुङ

सम्बन्धित खबर

गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग, ढाकछोप नगर्न सरकारलाई चेतावनी
फिचर-ब्यानर

गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग, ढाकछोप नगर्न सरकारलाई चेतावनी

७ बैशाख २०८३,
अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव
फिचर-ब्यानर

अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

७ बैशाख २०८३,
जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन
फिचर-ब्यानर

जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

७ बैशाख २०८३,
संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो
फिचर-ब्यानर

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

७ बैशाख २०८३,
गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो
फिचर-ब्यानर

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

७ बैशाख २०८३,
काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर
फिचर-ब्यानर

काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

७ बैशाख २०८३,
Load More
Next Post
पुर्वराजाले आफ्नो हैसियत बिर्से- सञ्चारमन्त्री गुरुङ

संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैन : सञ्चारमन्त्री गुरुङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In