रूपन्देही।रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको सरकारी गाडीमा तोडफोड गरिएको छ। अज्ञात व्यक्तिहरूले बिहीबार राति करीब ११:३० बजे पार्किङ गरिएको गाडीमा ढुंगा प्रहार गर्दा गाडीको अगाडिको सिसा चर्किएको र दायाँ साइडको सिसा फुटेको छ। गाडी रोहिणी-३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङ गरिएको थियो।
अध्यक्ष यादवले घटना प्रहरीलाई जानकारी दिएका छन् र सिसिटिभी क्यामेराबाट तोडफोड गर्ने व्यक्तिको पहिचान गर्न सकिने विश्वास व्यक्त गरेका छन्। गत वर्ष पनि उनका गाडीमा धकधइ-परासी रोडमा केही व्यक्तिहरूले तोडफोडको प्रयास गरेका थिए, तर प्रहरीको हस्तक्षेपपछि उनीहरू भागेका थिए।













