• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लिम्बू कला-संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता

by
११ पुस २०८१,
0
लिम्बू कला-संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इलाम।जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा जुटेका हुन् ।

पछिल्लो समय आफ्नो मौलिक संस्कृति लोप हुने अवस्था सृजना भएको भन्दै लिम्बू समुदायका युवापुस्ता कला, संस्कृति संरक्षणमा सक्रिय भएका हुन् । याक्थुङ युवा मञ्चले एक सय जना लिम्बू युवालाई आफ्नो समुदायको मौलिक च्याब्रुङ नाच (केःलाङ) सिकाइरहेको छ । लिम्बू जातिको कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाममा १५ दिने च्याब्रुङ नाच प्रशिक्षण पनि सञ्चालन गरेको छ ।

लिम्बू समुदायको कला, संस्कृति र परम्परा लोप हुँदै गएकाले त्यसको संरक्षणका लागि युवा पुस्तालाई जागरुक गराउन च्याब्रुङ नाच प्रशिक्षण आयोजना गरिएको याक्थुङ युवा मञ्चका अध्यक्ष युवराज योङहाङले बताए । ‘आफ्नो संस्कृतिका बारेमा युवा पुस्तालाई सचेत गराएर मात्र संस्कृति जोगाउन सकिन्छ,’ अध्यक्ष योङहाङले भने,’हामी त्यही अभियानमा छौँ ।’

याक्थुङ युवा मञ्चका सहसचिव एवं प्रशिक्षण संयोजक उमेश सेलिङ लिम्बूले इलाममा लिम्बू समुदायको कला र संस्कृति संरक्षणमा नयाँ पुस्तालाई प्रेरित गर्न प्रशिक्षण आयोजना गरिएको बताए ।

‘जिल्लामा हुने विभिन्न सभा–सम्मेलनमा च्याब्रुङ नृत्यका लागि अनुरोध हुन थालेको छ,’ उनले भने,’कला र संस्कृतिको संरक्षण र विकासमा लाग्दा आम्दानी पनि हुने भएकाले त्यसतर्फ युवा पुस्ता आकर्षित भएका छन् ।’

च्याब्रुङ सिक्न माङसेबुङ गाउँपालिका- २ बाट इलाम आउनुभएकी सावित्रा लिम्बूले ‘हाम्रा अग्रजले बचाएको मौलिक कला र संस्कृति हाम्रो पहिचान हो,’ उनले भने,’यो पहिचानलाई बचाउन हाम्रो पुस्ता लाग्नुपर्छ ।’

पाँचथरको फिदिम नगरपालिबाट च्याब्रुङ सिक्न आउनुभएका अर्का प्रशिक्षार्थी नोगेन लिम्बूले मौलिक संस्कृति र परम्पराप्रति युवा पुस्ताको चासो कम हुँदै गएकाले त्यसप्रति उनीहरुलाई आकर्षित गर्न प्रशिक्षणमा सहभागी भएको बताए ।

च्याब्रुङ नाच प्रशिक्षण कार्यक्रमले आदिवासी लिम्बू समुदायको कला र संस्कृतिको संरक्षण, प्रवद्धन एवं नयाँ पुस्तामा पुस्तान्तरणमा सहयोग पुग्ने किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष पदम ताम्लिङले बताए ।

Previous Post

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

Next Post

यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ अशोज २०८३,
जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
Load More
Next Post
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In