• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिथिलामा आज अक्षय नवमी पर्व मनाइँदै

by
२५ कार्तिक २०८१,
0
मिथिलामा आज अक्षय नवमी पर्व मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनुषा । मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइँदै छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ । यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । बगैँचा र वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ । आफ्नै आँगन वा खेतबारी तथा बगैँचामा अमलाका रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोज गर्छन् ।

यो पर्वमा अनिवार्य रूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए । अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र खाइन्छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार शिवदत्त मिश्रले बताउँछन् ।

खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन आज एकाबिहानै वनक्षेत्रका विभिन्न उद्यान र वनभोजस्थल पुग्ने गर्छन् । यो पर्वमा दिनभरि भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको महन्त दास बताउँछन् ।

सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घरआँगन तथा नजिकको बगैँचामा भोजको आयोजन गर्ने गरेको स्थानीय पण्डित रामचन्द्र झा बताउँछन् ।

मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिएको छ । कात्तिक शुक्ल नवमीकै दिन द्वापरयुगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंशबध गर्नुपूर्व मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख तथा फलका परिकारको महत्व दर्शाउन धातृनवमी भनिएको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता साहित्यकार एवं संस्कृतिविद् राजर्षिजनक विश्वविद्यालय जनकपुरधामका रजिष्ट्रार सत्यनारायण साहले बताए । (रासस)

Previous Post

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

Next Post

सडक कालोपत्र गर्न लाग्यो ३१ वर्ष !

सम्बन्धित खबर

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
फिचर-ब्यानर

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

११ साउन २०८३,
Load More
Next Post
सडक कालोपत्र गर्न लाग्यो ३१ वर्ष !

सडक कालोपत्र गर्न लाग्यो ३१ वर्ष !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In