• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

metakhabar by metakhabar
११ साउन २०८३,
0
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम, ११ साउन : “…सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन् । यसले सुरक्षित आवतजावतमा समस्या भइरहेको छ । झाडी कटान तथा सरसफाइ गर्न विश्वविद्यालयको आन्तरिक स्रोतबाट पुगेको छैन । त्यसैले सरसफाइ अभियानमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ”, यही साउन ४ गते दिउँसो ३ः२० बजे विश्वविद्यालयका उपकुलपति डा सुनिलकुमार जोशीले सामाजिक सञ्जालमा लेख्नुभयो ।

त्यसको भोलिपल्ट बिहान सबेरैदेखि झाडु बोकेर सयौँ नागरिक त्यहाँ पुग्न थाले । त्यसयता दैनिकजसो सयौँ विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारी, युवा क्लब, सामाजिक अभियन्ता र आमनागरिकले स्वस्फूर्त विश्वविद्यालय परिसर सफाइमा जुटिरहेका छन् । पदाधिकारीको एउटा आह्वानले नागरिकमा देखिएको ऊर्जा र उत्साहले विश्वविद्यालयप्रति यहाँका नागरिकको मोह कतिसम्म छ भन्ने देखाएको छ ।

“मैले यहाँका नागरिक, नागरिक समूह, स्थानीय तह र सरोकार भएकाहरूको विश्वविद्यालयप्रतिको लगाव यतिसम्म होला भन्ने कल्पनासम्म गरेको थिइनँ”, उपकुलपति जोशी भन्नुहुन्छ, “आइतबारसम्म १०–१२ हजारभन्दा बढी मानिसले यहाँ योगदान गरिसकेका छन् । स्थानीय तह, सुरक्षा निकाय, स्वतन्त्र नागरिक समूह, क्लब र विद्यालयबाट स्वस्फूर्त रूपमा भइरहेको सरसफाइ अभियानले हामी निकै उत्साहित छौँ ।”

यही उत्साहसँगै अर्को संशय पनि छ– यसै वर्षदेखि निर्वाध काम अगाडि बढ्दैन कि भन्ने अनिश्चितता । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी गत बिहीबारदेखि अनसनमा बसेपछि यस्तो संशय उत्पन्न भएको स्थानीयको भनाइ छ । उहाँसँग सरकारको वार्ता जारी छ । डा केसीको प्रमुख मागमध्ये एउटा गेटा विश्वविद्यालयका पदाधिकारीको नियुक्ति खारेज गर्नु पनि हो ।

सरकारले त्यो माग स्वीकार गरे वर्तमान पदाधिकारीको वैधानिकता समाप्त हुनेछ । त्यसको प्रत्यक्ष असर यसै शैक्षिकसत्रदेखि चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने सरकारी योजनामा पर्न सक्ने भन्दै नागरिक तहमा संशय उत्पन्न भएको छ । यसरी गेटा विश्वविद्यालय अहिले दुईविपरीत भावनाको सङ्गम बनेको छ– एकातिर संशय, अर्कातिर उत्साह ।

आइतबार सरसफाइ अभियानमा उत्साहपूर्वक सहभागी कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बृन्दावनका हिमालबहादुर मल्ल यस्तै संशय व्यक्त गर्दै हुनुहुन्थ्यो । “हिजोअस्तिदेखि विश्वविद्यालय सरसफाइमा नागरिक सहभागिताका विषयमा सामाजिक सञ्जाल र मिडियामा पढेर थाहा पाइयो । मलगायत साथीहरू पनि उत्साहित भएर आज सरसफाइमा सरिक भएका छौँ । यो संस्था जसरी पनि सञ्चालनमा आउनुपर्यो भन्ने हाम्रो माग हो, तर डा केसीको अनसनले कतै बिथोलिने पो हो कि !”, उहाँले संशय व्यक्त गर्नुभयो ।

उहाँको भनाइ नसकिँदै छेवैबाट बोल्नुभयो, स्थानीय शिक्षक नारायणसिंह केसी । “यो विश्वविद्यालय सुदूरपश्चिमेलीले वर्षौँदेखि देखेको एक सपना हो । आफ्ना सन्ततिको भविष्यको सपना । यहाँका २७ लाख नागरिकको सुलभ, गुणस्तरीय र सहज उपचार पाउने सपना”, उहाँले भन्नुभयो, “केही दिनअघिसम्म अब सबै तयारी सकिँदैछ, यसै वर्षदेखि पढाइ सुरु हुन्छ भन्ने खबर सुनेर उत्साहित थियौँ । यहीबीचमा डा’साप अनसन बसेपछि त्यसमा अवरोध हुन्छ कि भन्ने चिन्ता लागेको छ । सरकारले त्यसो हुन दिनु हुँदैन ।”

कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा विश्वविद्यालय सञ्चालनका क्रममा आउने हरेक समस्या समाधानका लागि हाम्रो पनि सहयोग रहने सन्देश दिन हरेक दिन नागरिक सरसफाइमा सहभागी भइरहेको बताउनुहुन्छ । “वर्षौँअघि संरचना बनेर पनि उपयोग गर्न नसकिएको अवस्थामा पछिल्लो समय केही काम अगाडि बढेका छन् । अब यहाँ चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन हुने भयो भनेर हामी उत्साहित छौँ । जुनसुकै अवस्थामा पनि पठनपाठ सुरु हुनुपर्ने मागमा हाम्रो पनि ऐक्यबद्धता छ”, उहाँले भन्नुभयो, “यहाँ द्रुतगतिमा काम सुरु हुन लागेका बेला त्यसमा अवरोध हुनेगरी माग राख्नु उचित होइन । असहमति भए विधि, पद्धतिमार्फत निकास खोज्नुपर्छ ।”

नगरप्रमुख ओझाले पदाधिकारी नियुक्तिमा कुनै समस्या भए समग्र संस्थामाथि आँच आउनेगरी नभई निश्चित विधिमार्फत छानबिन गरेर टुङ्गोमा पुर्याउन आग्रह गर्नुभयो ।

आइतबार नै एउटा भिडियो सन्देश जारी गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले पदाधिकारी नियुक्तिका विषयभन्दा शैक्षिक गतिविधि सुरु गर्नु र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु नै अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो । उहाँले यही शैक्षिकसत्रबाटै एमबिबीएस तहको पठनपाठन सुरु गर्न सबै पक्षसँग आग्रह पनि गर्नुभयो ।

“सुदूरपश्चिमवासीका लागि को पदाधिकारी बन्यो वा बनेन भन्ने विषय तपसिलको कुरा हो । धेरै लामो प्रतिक्षापछि गेटामा विश्वविद्यालय सही दिशामा अघि बढेको छ । अब कुनै पनि बहानामा यसको गति रोकिनु हुँदैन”, उपमहानगर प्रमुख हमालले भन्नुभयो, “हाम्रो स्पष्ट भनाइ छ, जसरी भए पनि पढाइ छिटो सुरु होस् र जनताले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून् । यही उद्देश्य पूरा गर्न सबै पक्षले आवश्यक सहयोग गर्नुपर्छ ।”

सधैँ उल्झन्

सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य संस्थाको माग दशकौँदेखि उठ्दै आएको छ । यसबीचमा पटकपटक सङ्घर्ष, छलफल, संवाद र सरकारी पहलपछि कैलालीको गोदावरी नगरपालिकाको गेटामा विश्वविद्यालय स्थापना गर्ने विधिवत निर्णय भएको छ । सोहीअनुसार आवश्यक काम भइरहेका छन् ।

यसअघि कहिले मेडिकल कलेज, कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान त कहिले विश्वविद्यालयको उल्झन्मा परेको यो मुद्दा विसं २०७९ माघपछि टुङ्गिएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसलाई सहिद दशरथ चन्द विश्वविद्यालयका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । सोहीअनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी ऐन संसद्बाट पारित भएसँगै विसं २०८२ असार ४ मा राजपत्रमा प्रकाशित भएको थियो ।

उपकुलपति डा जोशी सोही सोचअनुसार सबै गतिविधि अगाडि बढेको बताउनुहुन्छ । “हाम्रो उद्देश्य जसरी पनि सरकारले दिएको जिम्मेवारी पूरा गर्ने र सुदूरपश्चिमका जनताको चाहनाअनुसार पठनपाठनका काम सुरु गर्ने हो । त्यसबाहेक हामीले केही सोचेका छैनौँ, तर त्यसका लागि द्रुतगतिमा प्रक्रिया अगाडि बढेको र निर्णयमा पुग्न एकाध महिनामात्रै बाँकी रहेका बेला विवादमा रुमल्लिँदा समस्या हुन्छ”, उहाँले भन्नुभयो ।

पदाधिकारी नियुक्तिसँगै यसै वर्षदेखि एमबिबीएसलगायत चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने तयारी सुरु भएको छ । पूर्वाधार व्यवस्थापन, जनशक्ति र शैक्षिक प्रक्रिया अघि बढ्न थालेका छन् । यसै शैक्षिकसत्रदेखि एमबिबीएस (५० जना), बीएस्सी नर्सिङ (३० जना), बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी–२० जना) र बी अप्टोमेट्री (२० जना) कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि चिकित्सा शिक्षा आयोगमा आवेदनसमेत बुझाएर आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भइसकेको छ । आयोगको टोलीले आगामी भदौमा स्थलगत अध्ययन गरी बाँकी प्रक्रिया अगाडि बढाउने विषयमा आवश्यक निर्णय दिनेछ ।

त्यही आशाले हाल नागरिकलाई पनि सक्रिय बनाएको छ । विश्वविद्यालय सञ्चालनमा ढिलाइ नहोस् भन्ने उद्देश्यले दिनहुँजसो स्थानीय बासिन्दा परिसर सरसफाइ र आवश्यक व्यवस्थापनमा स्वस्फूर्त रूपमा सहभागी छन् । औपचारिकका लागि भन्दा पनि यहाँ नागरिक आफैँ अभियानकर्ताका रूपमा अगाडि सरेका छन् ।

“सुदूरपश्चिमका लागि यो केवल एउटा विश्वविद्यालयमात्रै होइन, यो अवसर, आत्मनिर्भरता र क्षेत्रीय समानताको प्रतीक पनि हो । त्यसैले हामी स्वस्फूर्त रूपमा सहभागी भइरहेका छौँ”, गोदावरी नगरपालिका–१ का रमेश विश्वकर्माले भन्नुभयो, “सरकार र सरोकार भएकाहरूले नागरिकको त्यो आशा र विश्वासलाई निराशामा परिणत गर्नु हुँदैन । कुनै कानुनी प्रश्न, नीति, नियमका कुरा छन् भने सोहीअनुसार टुङ्गोमा पुग्नुपर्छ । विश्वविद्यालयको लय बिथोल्नेगरी कसैबाट पनि काम हुनु हुँदैन ।”

नागरिक संशय

डा केसी बिहीबारदेखि अनसनमा हुनुहुन्छ । उहाँले विगत लामो समयदेखि चिकित्सा शिक्षामा राजनीतिक हस्तक्षेप, व्यापारीकरण र अपारदर्शी नियुक्तिको विरोध गर्दै आउनुभएको छ । उहाँका धेरै आन्दोलनले चिकित्सा शिक्षा ऐन, नियामक संरचना र छात्रवृत्तिसम्बन्धी नीतिमा प्रभाव पारेका छन् । हालको अनसनमा पनि सरकारले हालै गरेका नियुक्तिमा प्रश्न उठाउँदै चिकित्सा शिक्षा ऐनको कार्यान्वयन तथा विगतका सम्झौता पालना गर्न डा केसीले सरकारलाई दबाब दिइरहनुभएको छ ।

यसैले उहाँका मागलाई पूर्ण रूपमा बेवास्ता गर्न सरकारका लागि सहज छैन, न त स्थानीय जनताको चाहनाविपरीत जान । गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे भन्नुहुन्छ, “यदि नियुक्ति नियमसङ्गत छैन, ऐनविपरीत छ भने त्यसको समाधानका लागि कानुनी बाटो रोजेर उहाँको माग पनि सम्बोधन हुने र वर्षौँदेखि अन्योलमा रहेको गेटा विश्वविद्यालयको काम पनि अगाडि बढाउने सुनिश्चित गर्न सकिन्छ, तर हाल चलिरहेको विश्वविद्यालय सञ्चालनको संस्थागत तयारी रोक्नेगरी लाग्नु हुँदैन ।”

समयको चाप, नयाँ पदाधिकारी नियुक्ति, कानुनी प्रक्रिया र प्रशासनिक पुनःसंरचनामा अल्झिँदा यही वर्षबाट कक्षा सञ्चालन गर्ने लक्ष्य पछि धकेलिने भएकाले आफूहरू निरास भएको पाण्डेको गुनासो छ ।

“वर्षौँदेखिको समस्या कसरी समाधान गर्ने भनेर विकल्प दिनुपर्छ । पदाधिकारीको बर्खास्तीले गेटामा विश्वविद्यालय स्थापनाको गति रोकिन्छ भन्ने कसैलाई लागेको छ भने त्यो हामीलाई सैह्य हुँदैन । कसको के स्वार्थ हो हामीले धेरै बुझ्दैनौँ, हाम्रो सरोकार भनेको विश्वविद्यालयका काममा अवरोध नहोस् भन्नेमात्रै हो । यसमा सबैलाई सजग हुन आग्रह छ”, उहाँले भन्नुभयो ।

नागरिकको अपेक्षा

सरकार अहिले दुईवटा संवेदनशील दायित्वबीच सन्तुलन खोजिरहेको देखिन्छ । एकातिर चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि उठाइएका सवाललाई सम्बोधन गर्नुपर्ने नैतिक र नीतिगत दबाब छ । अर्कोतिर सुदूरपश्चिमका लाखौँ नागरिकको अपेक्षासँग जोडिएको विश्वविद्यालयलाई समयमै सञ्चालनमा ल्याउनुपर्ने राजनीतिक र सामाजिक जिम्मेवारी छ ।

“यही संवेदनशीलतालाई बुझेर हामीले सहमतिका लागि अधिकतम् प्रयास गरिरहेका छौँ”, सरकारी वार्ता टोलीमा सहभागी शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले भन्नुभयो । हाल प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सचिव डा विकास देवकोटालगायतले डा केसी पक्षसँग सहमतिका लागि वार्ता गरिरहेका छन् ।

आमनागरिकले वार्ताको परिणाम के आउँछ र त्यसले गेटा विश्वविद्यालयको भविष्य कसरी डोहोर्याउँछ भनेर चासोका साथ हेरिरहेका छन् । “वार्ता डा केसीको अनसन अन्त्य गर्ने विषयमात्र होइन, गेटा विश्वविद्यालयको तत्कालीन भविष्य निर्धारण गर्ने मोड पनि बन्न सक्छ । त्यसैले पनि दुवै पक्षको चासोलाई सम्बोधन गर्नुको विकल्प छैन”, कैलालीको अत्तरियाका बमबहादुर विकले भन्नुभयो ।

उहाँले चिकित्सा शिक्षा सुधार र गेटा विश्वविद्यालय सञ्चालनका माग एकअर्काका विरोधी नभई गुणस्तरीय, पारदर्शी र पहुँचयोग्य चिकित्सा शिक्षाका आधार भएकाले सरकार र सरोकार भएकाहरूले सोहीअनुसार समस्या समाधान गर्नुपर्ने सुझाव दिनुभयो ।

“हाल गेटामा दुई दृश्य एकैसाथ देखिएका छन् । एकातिर अनसनस्थलमा सरकार र डा केसीबीच वार्ता चलिरहेको छ । अर्कातिर नागरिकहरू यसै शैक्षिकसत्रदेखि सरकारले अगाडि सारेको योजनाअनुसार पठनपाठन हुने कल्पनासहित दिनहुँ विश्वविद्यालय परिसरमा झाडु लगाइरहेका छन् । एउटा दृश्यले नियुक्ति वैधानिक छ कि छैन ? भन्ने प्रश्न उठाइरहेको छ । अर्को दृश्यले अब विश्वविद्यालय चल्नैपर्छ भन्ने आग्रह गरिरहेको छ । गेटाको भविष्य अब यी दुई आवाजबीचको सन्तुलनमा निर्भर छ”, विश्वकर्माले भन्नुभयो ।

सुदूरपश्चिमेलीले यसै वर्षदेखि विश्वविद्यालयमा पठनपाठन र गुणस्तरीय स्वास्थ्य सेवाको सपना देख्न थालेका छन् । अब त्यो सपना संशयमा रोकिन्छ कि उत्साहसहित निष्कर्षमा पुग्छ भन्ने उत्तर सरकार र डा केसी वार्ताको निष्कर्षले दिनेछ ।

Previous Post

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

metakhabar

metakhabar

सम्बन्धित खबर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
फिचर-ब्यानर

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

११ साउन २०८३,
ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल
फिचर-ब्यानर

ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

११ साउन २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In