• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ताइवानमा सैन्य सेवा अनिवार्य गर्ने घोषणा

by
१३ पुस २०७९,
0
ताइवानमा सैन्य सेवा अनिवार्य गर्ने घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । ताइवानले सैन्य सेवालाई अनिवार्य गरेको छ । राष्ट्रपति साई इङ–वेनले सैन्य सेवालाई चार महिनादेखि एक वर्षसम्म बढाउने बताएका छन् ।

चीनको स्वशासित टापुमा लगातार बेइजिङसँग तनाव बढेपछि ताइपेइले सैन्य सेवालाई अनिवार्य गरेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति साईले बेइजिङबाट आक्रमण भएमा ताइवानको रक्षालाई सुदृढ तुल्याउन नयाँ योजनाको घोषणा गरे । राष्ट्रपति साईले सेनामा भर्तीहुनेलाई गहन प्रशिक्षण दिइने, अमेरिका र अन्य देशका उन्नत सेनाबाट सहयोग लिने योजना पनि उनले सुनाए ।

ताइवान टापुको वर्तमान रक्षा प्रणाली चीनको आक्रामण सामना गर्न अपर्याप्त भएकाले सैन्य सेवालाई अनिवार्य गरिएको जानकारी दिँदै ताइवानी राष्ट्रपतिले ‘यो अत्यन्त कठिन निर्णय हो तर राष्ट्रपतिको हैसियत तथा सेनाको प्रमुखको रूपमा आफूले राष्ट्रिय हित र लोकतान्त्रिक जीवन शैलीको रक्षा गर्नु परम कर्तव्य हो’, भने ।

ताइवानी सेना सन् १९९० को सुरुदेखि नै संकुचित भएको छ । अठार वर्षभन्दा माथिका सबै पुरुषले तीन वर्षसम्म सेनामा सेवा गर्नुपर्ने प्रावधान थियो तर पछिल्ला केही दशकमा सैन्य सेवालाई एक वर्ष १० महिनामा घटाएर चार महिनामा झारिएको थियो । अनिवार्य सैनिक सेवाको नयाँ नियम सन् २०२४ को जनवरीदेखि लागू हुनेछ । त्यसै वर्षको सोही महिना ताइवानले अर्को राष्ट्रपति चयन गर्नेछ ।

ताइपेइ र बेइजिङबीचको तनाव गत अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइपेइ भ्रमणले बढाएको थियो । बेइजिङले ताइवान वरपरको समुद्रमा हालसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेर असन्तुष्टि जनाएको थियो । यद्यपि वासिङटनले एक चीन नीतिप्रति असहमति नजनाए पनि अनौपचारिक रूपमा अन्य माध्यमबाट कूटनीतिक सम्पर्क स्थापना र सम्बन्ध विस्तार गरिरहेको छ ।

ताइपेइले चिनियाँ सैन्य अभ्यासलाई उत्तेजना भड्काउने गतिविधि भएको टिप्पणी गरेको थियो । चीनले आइतबार र सोमबार लडाकु तथा फाइटर विमान र ड्रोनलगायत ताइवानको आकाशमा ७१ वटा विमान र जलक्षेत्रमा सात वटा जहाज तैनाथ गरेको थियो । ताइवानले पनि आफ्नो भूमिमा आधारित क्षेप्यास्त्र प्रणाली र आफ्नै नौसेना जहाजबाट चिनियाँ चालको निरन्तर निगरानी गरिरहेको छ ।

गत अक्टोबरमा बेइजिङमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनमा राष्ट्रपति सी चिनफिङले ताइवानको एकीकरणका निम्ति बल प्रयोग हुनसक्ने बताएका थिए । चीनले ताइवानलाई आफ्नो अविभाज्य भूभाग भएकाले त्यसलाई मुख्यभूमिमा एकीकरण गर्नु सबै चिनियाँको साझा चाहना भएको बताउँदै आएको छ । सन् ७० को उत्तराद्र्धदेखि नै बेइजिङले ताइपेइलाई एक राष्ट्र दुई प्रणालीको अवधारणाअनुसार आफ्नो दाबी गरिरहेको छ ।

Previous Post

सार्वजनिक सेवा प्रवाहमा मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयन होला ?

Next Post

महिनावारीमा हुने पीडा कम गर्न यस्तो खानपानको आवश्यक

सम्बन्धित खबर

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
आवाज

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

१६ भदौ २०८३,
‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन
आवाज

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

१६ भदौ २०८३,
ढुङ्गेमा यातायात सञ्चालन
जीवन शैली

ढुङ्गेमा यातायात सञ्चालन

१६ भदौ २०८३,
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
Load More
Next Post
महिनावारीमा हुने पीडा कम गर्न यस्तो खानपानको आवश्यक

महिनावारीमा हुने पीडा कम गर्न यस्तो खानपानको आवश्यक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In