• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौं महानगरपालिकामा बाढी पीडितलाई दुई दिन निःशुल्क खाना र बासको व्यवस्था

by
१३ अशोज २०८१,
0
काठमाडौं महानगरपालिकामा बाढी पीडितलाई दुई दिन निःशुल्क खाना र बासको व्यवस्था
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका बाढीपीडितलाई निःशुल्क खाना र अस्थायी बासको व्यवस्था गरेको छ । काठमाडौंका सम्बन्धित वडाहरुले बाढी पहिरो प्रभावितहरुका लागि खाना र अस्थायी बासस्थानको प्रवन्ध मिलाएका छन् । वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी शनिबार बिहान र बेलुका गरी ९ सय जनालाई खाना खुवाएको बताए । उनका अनुसार अहिले पाँच सय जनालाई खानाको प्रबन्ध मिलाइएको छ । आज बेलुकाबाट खाना खुवाने कार्यक्रम स्थगित हुने भएको छ ।

बागमती नदीले वडा नम्बर १० का शंखमूल, बुद्धनगर, दोभानलगायत क्षेत्रमा प्रभाव र बागमती र विष्णुमतीको दोभान रहेको वडा नम्बर १२ र १४ मा बढी बाढीको प्रभाव परेको महानगरले जनाएको छ । १४ नम्बरका वडाध्यक्ष सुमन श्रेष्ठले बल्खुसँगै कुलेश्वर, फलफूल बजार, खाद्यान्न स्टोर र करखुशी नदी क्षेत्रमा बाढीले सबैभन्दा धेरै प्रभाव पारेको बताए । वडा कार्यालयले हिजो बाढी प्रभावित ११५ जनालाई कम्बल वितरण गरेको उनले जानकारी दिए । त्यस्तै, दिउँसो चार सय जनाका निम्ति पुरी तरकारी र बेलुका खानाको व्यवस्था गरिएको थियो ।

यस्तै, बासका लागि स्थानीय विद्यालयको भवनमा १६ वटा कोठामा कालो म्याट बिछ्याइएको छ । वडा नम्बर ११ का सदस्य सरोज मुल्मीले वंशीघाटका प्रभावितहरुका लागि पसलबाट खाद्यान्न उपलब्ध गराएर क्याटरिङलाई पकाउने जिम्मा दिइएको बताए । सोही वडाकी सदस्य आशा श्रेष्ठले पौरखी बस्तीका प्रभावित छ सय जनाका लागि गुह्येश्वरी स्कुलमा खानपानको व्यवस्था गरिएको जानकारी दिइन् ।

शुक्रबारबाट परेको अविरल वर्षाका कारण राजधानीका नदी किनारा हुँदै बस्तीभित्रै पानी प्रवेश गरेको थियो । यसबाट आइलागेको विपत्तिको सामना गर्न शनिबार बिहानैदेखि महानगर प्रहरी बलका १७ वटा टोली पनि परिचालन गरिएको थियो । टोलीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयसँग मिलेर खोज र उद्धारको काम गरेको महानगरले जनाएको छ ।

उक्त कार्यका निम्ति चार वठा रेस्क्यु बोट (डुंगा) को प्रयोग गरिएको थियो । हिजो काठमाडौंका विभिन्न ठाउँमा बाढीमा फसेका एक हजार १६० जनाको उद्दार गरिएको महानगरले जनाएको छ । त्यस्तै, खोलाले बगाएर तथा पहिरोमा परेर ११ जनाको मृत्यु भयो । ७४ वटा पशु चौपायाको क्षति हुँदा एक हजार ३४० वटा घर डुबानमा परेको बताइएको छ । भित्री शहरी क्षेत्रमा पनि पानीको निकास बन्द हुँदा घर, पसल, कबल डुबानमा परेको थियो ।

Previous Post

साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक

Next Post

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

सम्बन्धित खबर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
आर्थिक

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
Load More
Next Post
स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In