• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

    चार विधेयक प्रमाणीकरण

    चार विधेयक प्रमाणीकरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

    चार विधेयक प्रमाणीकरण

    चार विधेयक प्रमाणीकरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विद्युतीय हिंसाविरुद्धको अभियानमा मिस युनिभर्स नेपालकी प्रतियोगी अस्मी ढकाल

by
२४ भदौ २०८१,
0
विद्युतीय हिंसाविरुद्धको अभियानमा मिस युनिभर्स नेपालकी प्रतियोगी अस्मी ढकाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोमल मनकी धनी र अति नै मिलनसार प्रवृतिकी अस्मी ढकाल अहिले विद्युतीय सञ्जालमार्फत् बालबालिकामा हुने हिंसाविरुद्धको अभियानमा चाइल्ड सेफ नेटसँग सहकार्य गरिरहेकी छन। उनको यो कार्यले नेपालका ४४.४ प्रतिशत बालबालिकासहित विश्वकै बालबालिकासमेत सुरक्षित रहन सक्ने अनुमान गर्न सकिन्छ।

विज्ञान प्रविधिको युग भएकाले सामाजिक सञ्जालबाट कोही पनि अछुतो रहन सकेको छैन। कतिले सामाजिक सञ्जालबाट ख्याति कमाएका छन भने कति हिंसाको सिकार पनि भएका छन। ती प्रयोगकर्तामध्ये सबैभन्दा उच्च जोखिममा बालबालिका पर्दछन। बालसुलभ कौतुहलता, सामाजिक सञ्जालको शिक्षाको पहुँचबाहिर रहनु र जो कोहीको प्रलोभनमा सजिलैसँग पर्ने भएकाले पनि बालबालिका विद्युतीय सञ्जालमार्फत् हुने हिंसाको सिकार हुने क्रम दिन प्रतिदिन बढदै गइरहेको पाइन्छ।

नेपाललगायत विश्वभरिका बालबालिकाले अनलाइनमार्फत् बढदो जोखिमको सामना गरिरहेको देखेपछि अस्मी पनि यस अभियानमा बाल संरक्षणमा अग्रणी संस्था चाइल्ड सेफ नेटसँग सहकार्य गर्दै अघि बढिरहेकी छन। यस अभियानमा यो संस्थालगायत हिंसा तथा दुर्व्यवहारको मुद्दालाई सक्रिय रुपमा अघि बढाउन मिस युनिभर्स नेपालको मञ्च समेतको सहयोग मिल्न सक्ने र अब उता बालबालिकाको बालापन र निश्चल हाँसो यथावत रहन दिने विश्वास उनले लिएकी छन।

अस्मीले सुरु गरेको अभियानले साइबर बुलिङ, अनलाइन उत्पीडन, र अनुपयुक्तरुपमा अङ्ग प्रदर्शन, धम्कीजस्ता विभिन्न रूपहरूबारे सचेतना जगाउने प्रयास गर्छ। यी धम्कीहरूले बालबालिकाको सुरक्षामा मात्रै सम्झौता गर्दैन तर उनीहरूको मानसिक स्वास्थ्य र उनीहरुको समग्र विकासमा पनि असर गर्छ। यसैले उनी अभिभावक, विद्यालय लगायतको पहलमा सुरक्षित अनलाइन अभ्यासहरूको महत्व, प्रविधिको जिम्मेवार प्रयोग र बालबालिकाहरूले आफ्ना अनुभवहरू बोल्न सक्ने सहयोगी वातावरणको आवश्यकतालाई जोड दिनुपर्छ भन्ने कुरामा जोड दिन्छिन।

जीवनमा आइलागेका हरेक कुरालाई सकरात्मक सोचका साथ अघि बढने अस्मी ढकालले २०१९मा कोरोनाले सम्पूर्ण विश्व नै त्रसित अनि आक्रान्त बनाएको बेला १६ वर्षको कलिलो उमेरमा डिजिटल पत्रिका– रेनेसा अर्थात् पुनर्जागरण’ प्रकाशित गरेर सबैलाई छक्क पारेकी थिइन। त्यसबेला उनले ओझेलमा परेका क्षमतावान
युवाहरुलाई आफनो डिजिटल पत्रिका– रेनेसामा स्थान दिएकी थिइन। उनको कार्य क्षमता देखेर सबैले प्रशंसा गरेका थिए।

यसका साथै उनले काठमाडाैँ एनिमल ट्रिटमेन्ट सेन्टरमा स्वयंसेवीका रुपमा काम गरिन। उनको लगनशीलता र मायालु प्रवृत्तिका कारण उक्त संस्थाले उनलाई सम्मान समेत गर्यो।

नेशनल क्रिएटिभ कोएजुकेशनल स्कुलबाट एस.ई.ई परीक्षा उत्तीर्ण गरेपछि उनले मिस एस.ई.ई सुन्दरी प्रतियोगितामा पहिलोपटक सहभागिता जनाइन र द्वितीय स्थान ओगटन सफल भइन। उक्त प्रतियोगिताले उनलाई आफनो लक्ष्यतिर उन्मुख हुन थप ऊर्जा दिएको थियो। त्यहाँबाट नै उनले मिस युनिभर्सको यात्रामा पूर्ण अठोटका साथ लाग्ने निर्णय लिएकी हुन र आज उनी सम्पूर्ण बालबालिकाको सुरक्षाको अभिभारा लिएर सेफ नेट नेपालसँगै सहकार्य गर्दै अघि बढेकी छन।

उनको यस पवित्र अभियानमा देश विदेशमा रहेका अभिभावक, विद्यालय र जागरुक युवावर्ग, संघ संस्था लगायत सहृदयी हातहरुको आवश्यकता रहेको छ। उनी यस अभियानलाई साकार तुल्याउन मिस युनिभर्स नेपालको मञ्च अति नै उपयुक्त भएको र उनी प्रतियोगितामा विजयी भए नेपाल मात्र नभई विश्व धेरै जसो देशहरुमा उनको अभियान सञ्चालन हुनेछ र उनलाई सबैको सहयोग मिल्नेछ भन्ने कुरामा विश्वस्त भएकी छन।

अन्तमा विद्युतीय सञ्जालमार्फत् बालबालिकामा हुने हिंसाविरुद्धको अभियानका मिस युनिभर्स नेपालको मञ्चबाट प्रतियोगी अस्मी ढकाल समाजका सबै जिम्मेवार व्यक्तिहरुलाई आह्वान गर्दै भन्छिन,‘जिम्मेवारी लिऔँ, यो समस्याको अन्त्य गरौँ।’

चाइल्ड सेफ नेटको सहकार्य गर्दा उनले गरेको आह्वानको भिडियो लिंक तल दिइएको छ :

Asmi Dhakal – Miss Universe Nepal, Contestant No. 17: Child Online Protection Awareness Message (youtube.com)

Previous Post

संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट

Next Post

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम

सम्बन्धित खबर

राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने
फिचर-ब्यानर

राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

२६ असार २०८३,
फिचर-ब्यानर

पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

२६ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

२६ असार २०८३,
चार विधेयक प्रमाणीकरण
आवाज

चार विधेयक प्रमाणीकरण

२६ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

२६ असार २०८३,
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

२६ असार २०८३,
Load More
Next Post
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In