• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

    घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मत्स्यकेन्द्रको १३ बिघा जग्गा अतिक्रमणमा पर्दा माछापालनमा समस्या

by
२२ भदौ २०८१,
0
मत्स्यकेन्द्रको १३ बिघा जग्गा अतिक्रमणमा पर्दा माछापालनमा समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागमती । प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाको जग्गा अतिक्रमण हुँदा माछापालनमा समस्या भएको छ ।

केन्द्रका नाममा रहेको कूल ४९ हेक्टर जग्गामध्ये १३ बिघा १३ कट्ठा १० धुर जग्गा अतिक्रमण हुँदा माछापालन प्रभावित भएको हो । “केन्द्रका नाममा भएका जग्गा अतिक्रमणमा परेको छ, सो जग्गामा अनधिकृत रुपमा संरचना निर्माण भएका छन्”, कार्यालय प्रमुख सरोजकुमार यादवले भने, “यसले माछापालन प्रभावित भएको छ ।”

कित्ता नम्बर ९६ को जग्गामध्ये करिब १२ कट्ठा जग्गा अतिक्रमण गरी स्थानीय विष्णुप्रसाद दङ्गाल, धनबहादुर लामा, सावित्री बज्राचार्य (कुँवर), नवीन श्रेष्ठ, उद्धव चौलागाई, पद्मबहादुर खड्का र प्रेमबहादुर परियारले भवनलगायत संरचना निर्माणगरी भोगचलन गर्दै आएको पाइएको कार्यालय प्रमुख यादवले बताए ।

अतिक्रमणमा परेको जग्गा खाली गर्न पटकपटक सूचना जारी गर्दा पनि हालसम्म उपलब्धि हासिल हुन नसकेपछि अतिक्रमित जग्गामा निर्माण भएका संरचना भत्काउने तयारी भइरहेको उनले जानकारी दिए।

अतिक्रमणमा परेको जग्गाको डिजिटल विधिबाट नक्साङ्कन गरेपछि गत २०८० भदौ १६ गते सात जनाको नाम तोकेरै सो कार्यालयले अतिक्रमित जग्गा खाली गर्न निर्देशनात्मक सूचना जारी गरेको थियो । सूचना जारी भएपश्चात् केही व्यक्तिहरुले अतिक्रमित जग्गामध्ये छ कट्ठा जग्गा खाली गरे पनि बाँकी जग्गा अझै खाली नभएको प्रमुख यादवको भनाइ छ ।

“अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेपछि अतिक्रमण गरेका केही व्यक्तिले उच्च अदालत पाटन, मकवानपुर इजलासमा मुद्दा गरेका थिए”, प्रमुख यादवले भने, “त्यो मुद्दा अदालतले खारेज गर्दै जग्गा खाली गर्न आदेश दियो । तर पनि अधिकांशले जग्गा खाली गर्नै मानेका छैनन् ।”

अतिक्रमण जग्गामध्ये छ कट्ठा जग्गामा भएका संरचना हटाएपछि उक्त जग्गामा हाल माछाको आहारका लागि उन्नत घाँस तथा केरा लगाइएको छ । बाँकी जग्गामा निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरिएको एक वर्ष भइसकेको छ ।

“अहिलेसम्म अतिक्रमण गरेको जग्गा खाली गरिदिनुस् भनिरहेका छौँ”, प्रमुख यादवले भने, “तर उहाँहरुले अटेर गरिरहनुभएको छ, खाली गर्न चासो देखाउनुभएको छैन । अब संरचना भत्काउनुको विकल्प छैन ।”

यस विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, नापी कार्यालय, हेभिइक्युपमेन्ट डिभिजन मकवानपुर र नेपाल विद्युत् प्राधिकरण, मकवानपुरलाई जानकारी गराउँदै अतिक्रमित जग्गा खाली गराउन आवश्यक सहयोग गर्न पत्राचार गरिएको पनि प्रमुख यादवले बताए ।

“अनधिकृत रुपमा निर्माण गरिएको घरटहरा गत वैशाखमै हटाउन लागेका थियौँ”, प्रमुख यादवले भने, “त्यतिबेला जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलगायत जग्गा खाली गर्न सात दिनको थप समय दिएका थियौँ ।”

कार्यालयकै नाममा रहेको कित्ता नम्बर ९६ को आठ बिघा १३ कट्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रङ्गशाला निर्माण, स्वास्थ्य चौकी र कार्यालयको भवनसमेत निर्माणगरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको जनाएको छ । हाल सो जग्गा सङ्घीय, प्रदेश वा स्थानीय सरकारमार्फत क्लबलाई भाडामा दिनेगरी प्रक्रिया अघि बढाइएको प्रमुख यादवले बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुुवालले अतिक्रममा परेको मत्स्य कार्यालयको सरकारी जग्गा खाली गराउन पहल भइरहेको बताए । उनले चाडपर्व नजिकिएकाले यतिबेला संरचना हटाउँदा समस्या हुनसक्ने भएकाले चाडपर्व सकिएलगत्तै प्रक्रिया अघि बढाइने जानकारी दिए।

Previous Post

आरन पेसाले घर व्यवहार धान्न मुश्किल

Next Post

मोबाइल र टिभी छाडेर ‘स्केट जोन’

सम्बन्धित खबर

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी
समाचार

सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

१५ अशोज २०८३,
घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति
समाचार

घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

१५ अशोज २०८३,
Load More
Next Post
मोबाइल र टिभी छाडेर ‘स्केट जोन’

मोबाइल र टिभी छाडेर ‘स्केट जोन’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In