काठमाडौं । दाङको तुलसीपुरमा इनार सफा गर्न पसेका दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको निसास्सियर मृत्यु भएको हो ।
उनीहरु इनारबाट निस्कन नसकेको र भित्र फसेको भन्ने सूचना पाउनासाथ प्रहरी टोलीले उद्धार गरेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाएको थियो । तर, त्यहाँ पु¥याउनासाथ दुवै जनालाई बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।













