• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तालमा फ्यालिएका युद्ध सामग्री निकाल्ने उपायलाई पुरस्कार दिने स्विट्जरल्यान्डको घोषणा

by
२ भदौ २०८१,
0
तालमा फ्यालिएका युद्ध सामग्री निकाल्ने उपायलाई पुरस्कार दिने स्विट्जरल्यान्डको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।लुसर्न, टुन वा नर्साटेल तालहरूको पोस्टकार्ड जस्तो मनोरम दृश्य हेरेर रमाउने पर्यटकहरू ती कञ्चन हिमाली पानीहरूभित्र के छ भन्ने थाहा पाउँदा अचम्ममा पर्नसक्छन्।

वर्षौँसम्म स्वीस सेनाले यी तालहरूलाई पुराना युद्ध सामग्रीहरूलाई मिल्काउने ठाउँका रूपमा प्रयोग गर्‍यो। उसलाई ती सामग्रीहरू त्यहाँ सुरक्षित हुन्छन् भन्ने लागेको थियो।

लेक लुसर्नमा मात्रै करिब ३,३०० टन अस्त्रहरू भएको अनुमान गरिएको छ। सन् २०२१ सम्म स्वीस वायु सेवाले बम खसाल्ने अभ्यास गरेको नर्साटेलमा ४,५०० टन त्यस्ता सामग्री भएको ठानिन्छ।

कतिपय त्यस्ता युद्ध सामग्री १५० देखि २२० मिटर गहिराइमा छन्। तर लेक नर्साटेलमा कतिपय सामग्री जम्मा ६ वा ७ मिटर गहिराइमा रहेका छन्।

अहिले स्वीस रक्षा मन्त्रालयले ती सामग्रीलाई बाहिर निकाल्ने सबैभन्दा उत्कृष्ट अवधारणालाई पुरस्कार बापत ५० हजार स्वीस फ्र्याङ्क अर्थात् ७७ लाख २५ हजार नेपाली रुपैयाँ भन्दा बढी रकम उपलब्ध गराउने जनाएको छ।

उत्कृष्ट तीन अवधारणाले उक्त पुरस्कार राशिलाई बाँड्ने भनिएको छ। तर ती सामग्रीहरू तालबाट बाहिर निकाल्ने कार्यका लागि अर्बौँ लाग्नसक्ने ठानिएको छ।

दोहोरो खतरा
ब्रिएन्ससहित स्विट्जरल्यान्डका तालहरूमा त्यसरी युद्ध सामग्रीहरू फ्याँक्ने गरिएको तथ्य दशकौँदेखि जानकारीमा थियो। तर मानिसहरूले हालै सुरक्षाका प्रश्नहरू उठाउन थालेका छन्।

अवकाशप्राप्त स्वीस भुगर्भशास्त्री मार्कोस बुजरले सरकारलाई यसबारे सल्लाह दिँदै आएका छन्। उनले १० वर्षअघि एउटा अनुसन्धानात्मक प्रतिवेदन लेख्दै तालमा फ्याँकिएका युद्ध सामग्रीले निम्त्याउने खतराबारे चेतावनी दिएका थिए।

त्यसबाट दुईवटा जोखिम रहेको उनको भनाई थियो।

पहिलो, पानी मुन्तिर भएपनि त्यस्ता युद्ध सामग्रीहरू विस्फोट हुनसक्ने जोखिम अझै छ किनभने धेरै घटनामा सेनाले ‘फ्यूज नहटाई’ तीनलाई फ्यालिदिएको थियो।

त्यसबाहेक पानी र माटो सङ्क्रमित हुनसक्ने जोखिम पनि उनले औँल्याएका थिए। अत्यन्तै विषाक्त टीएनटीका कारण तालको पानी र थेग्रो प्रदूषित हुने सक्ने उनको भनाई थियो।

स्वीस सरकारले कमजोर भिजिबिलिटी, चुम्बकीय फलाम र प्रत्येक अस्त्रको तौल वातावरणीय मैत्री किसिमको पुनः प्राप्ति प्रक्रियाका लागि सबैभन्दा ठूलो चुनौती हुनसक्ने स्वीकार गरेको छ।

सन् २००५ मा गरिएको एउटा मूल्याङ्कनले त्यस बेला सुझाइएका सबै समाधानहरूबाट तालहरूको संवेदनशील पर्यावरण चक्रमा गम्भीर खतरा हुनसक्ने देखाएको थियो।

समस्याहरूको इतिहास

स्विट्जरल्यान्डको सेना आफ्ना हतियारहरूलाई लिएर एक प्रकारको लापर्बाह जस्तो भएको यो पहिलो घटना होइन।

सन् १९४७ मा हिमाली गाउँ मिटहल्त्समा गाउँतर्फ फर्किएको एउटा हिमालमा सेनाले भण्डारण गरेको ३,००० टन सामग्री विस्फोट भएको थियो।

त्यसमा ९ जनाको ज्यान गएको थियो भने गाउँमा ठूलो क्षति भएको थियो। उक्त विस्फोटनको आवाज १६० किलोमिटर टाढा अवस्थित ज्यूरिखसम्म सुनिएको थियो।

तीन वर्षअघि सेनाले हिमालमा पुरिएको अवस्थामा ३५ सय टन विस्फोट नभइसकेको सामग्री असुरक्षित अवस्थामा रहेको र त्यसलाई त्यहाँबाट हटाइने जनाएको थियो।

मिटहल्त्सका बासिन्दाहरूका लागि त्यसको अर्थ उक्त सफाइ अभियान सम्पन्न नहुन्जेल एक दशकसम्मका लागि गाउँ छाड्नुपर्ने हुन्छ।

स्विट्जरल्यान्डले शीत युद्धकालीन तटस्थ रक्षा रणनीति अन्तर्गत पुल र सुरुङहरूमा आक्रमण हुन नदिन बारुदी सुरुङहरू बिछ्याएको थियो।

कतिपय पुलहरूमा राखिएको धरापलाई तत्कालै हटाइएको थियो किनभने भारी तौल भएका सवारीसाधनका कारण विस्फोटनको उच्च जोखिम रहेको थियो।

शान्त स्वीस गाउँ जो टाइम बममाथि बसिरहेको छ
सन् २००१ मा युरोपको एउटा प्रमुख उत्तर र दक्षिण यातायात रुटमा अवस्थित गर्टहार्ड सुरुङमा दुईवटा लरी ठोक्किएर आगलागी हुँदा ११ जनाको ज्यान गएको थियो।

उक्त विस्फोटनसँग नजोडिएको भएपनि उक्त सुरुङमार्गको मुखमा अवस्थित एउटा अस्त्र भण्डारमा ठूलो परिमाणमा विस्फोटक पदार्थ राखिएको पाइएको थियो। अग्नि नियन्त्रकहरूले आगो निभाएपछि बम निष्क्रिय पार्ने उपकरणसहित सेनाको टोली त्यहाँ पुगेको थियो।

यसै हप्ता स्वीस सेनाले एक गैरसैनिक प्रतिवेदन उद्धृत गर्दै ग्रामिण क्षेत्रमा विस्फोटन नभएका सामग्रीहरू सन् २०२२ मा १२ प्रतिशतले बढेको जनाएको थियो।

जलवायु परिवर्तनका कारण विभिन्न प्रभावहरूको सामना गरिरहेका हिम नदीमा पग्लिरहेको बरफले उच्च हिमाली क्षेत्रमा दशकौँ अघि भएका तालिमका क्रममा प्रयोग भएका र अझै पनि सक्रिय अवस्थाका विस्फोटक पदार्थहरूलाई प्रकाशमा ल्याएको थियो।

‘सशस्त्र तटस्थता’ को रक्षा रणनीतिको विरासत बोकेको स्विट्जरल्यान्डले ठूलो मिलिसिया सेना राख्दै आएको छ। त्यहाँका सबै पुरुषहरूले अनिवार्य रूपमा सेनामा सेवा गर्नुपर्छ। आफ्ना फौजहरूलाई उसले लगभग देशभित्रै तालिम दिने गर्छ।

लामो र खर्चिलो
स्विट्जरल्यान्डका तालहरूबाट युद्ध सामग्रीहरू हटाउने प्रक्रिया लामो र जटिल हुने अपेक्षा गरिएको छ। त्यसका लागि सबैभन्दा पहिले कसैले कार्यान्वयन गर्न सकिने योजना लिएर आउनुपर्ने हुन्छ।

कतिपयले त्यस्ता सामग्री तालमा फ्याल्नुअघि सेनाले यसबारे विचार गर्नुपर्थ्यो भनिरहेका छन्। दशकौँसम्म भूगर्भशास्त्रीहरूले उक्त अभ्यास सुरक्षित रहेको सुझाव सेनालाई दिइरहेका थिए।

तर अव समाधानको उपायको खोजी भइरहेको छ। स्वीस रक्षा मन्त्रालयको अपिलसँगै सर्वसाधारणहरूले आगामी वर्षको फेब्रुएरीसम्म उपायहरू पठाउनसक्नेछन्। त्यसबारे गोप्य ढङ्गले विज्ञहरूको एउटा टोलीले निर्णय गर्नेछ।

आगामी वर्षको एप्रिलमा तीन जना विजेता घोषणा गरिनेछ।

सरकारले भनेको छ, “तत्कालै त्यसरी प्राप्त हुने सुझाव कार्यान्वयन गर्ने योजना बनाइएको छैन। तर त्यसले थप प्रस्टीकरण वा भविष्यमा अनुसन्धान परियोजना लागु गर्न सहयोग पुर्‍याउनसक्छ।”

युद्धको समयमा विस्फोटन नभएका अस्त्रहरूलाई निष्क्रिय तुल्याउने अनुभवका कारणले यूके, नर्वे वा डेनमार्कबाट सुझाव लिनुपर्ने बुजरको भनाई छ।

तर के उनी स्वयंले कुनै उपाय सुझाउलान्? “अहँ, म अब ज्यादै वृद्ध भइसकेँ…. तर यदि उनीहरूले कुनै सल्लाह मागे भने म खुसी भएर आफ्नो राय दिनेछु।”

Previous Post

सामाजिक सञ्जाल, बन्दैछ मानव बेचबिखनको जालो

Next Post

गाउँमै सिंहदरबार आएको अनुभूति

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
गाउँमै सिंहदरबार आएको अनुभूति

गाउँमै सिंहदरबार आएको अनुभूति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In