• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाउँमै सिंहदरबार आएको अनुभूति

by
२ भदौ २०८१,
0
गाउँमै सिंहदरबार आएको अनुभूति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । आफ्नै गाउँमा मालपोत कार्यालय सञ्चालनमा आएपछि गौशाला र आसपासका बासिन्दाले ‘गाउँमै सिंहदरबार’ आएको अनुभूति गरेका छन् । राज्यबाट आफ्नै घरआँगनमा सेवा पाएपछि गौशाला, औरही, सम्सी र सोनमासहितका स्थानीयतहका बासिन्दाले गाउँमा नै सिंहदरबारबाट प्रवाह हुने सेवा प्राप्त गरेको अनुभूत गरेका हुन् ।

‘गाउँमै सिंहदरबार आएजस्तो भएको छ, जग्गा किनबेच, ऋण लिँदा गर्नपर्ने दृष्टिबन्धक र रोक्कासहितका काम अब घरकै खाना खाएर गर्न भ्याउने भइएको छ’, गौशाला-४ रजखोरका रिझन साह भन्छन्, ‘यसले निकै राहत भएको छ ।’ गौशालामा २०७८ साल वैशाखमा स्थापना भएको मालपोत कार्यालयले तीन वर्षपछि बल्ल गत सोमबारदेखि सेवा दिन थालेको हो ।

मालपोत कार्यालयले सेवा सुरु गरेपछि गौशाला नगरपालिकाका सुदुर दक्षिणपश्चिमी बस्ती फुलकाहा, मनरवा सोनमा गाउँपालिकाका मगरथाना, खैरबनी, सम्सी गाउँपालिकाका पर्सादेवाड, रघुनाथपुर र औरही नगरपालिकाका अगलेसरा, टिमकिया बस्तीका सर्वसाधारण लाभान्वित भएका छन् ।

भर्खरै सेवा सञ्चालन गरेको मालपोत कार्यालयले जनताका काम पनि शीघ्र सम्पादन गर्दा सर्वसाधारण मक्ख छन् । कर्मचारीले कानुनी अड्चन देखाउँदै ‘भोलि आउनू’ प्रवृत्ति परित्याग गर्दा आफूहरूलाई वास्तवमा नै गाउँमा सिंहदरबार आएको अनुभव भएको सोनमाको मगरथानाका रामविवेक राय बताउँछन् ।

विसं २०७८ वैशाख १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले गौशालामा मालपोत तथा नापी कार्यालय उद्घाटन गरे पनि कार्यालयसम्बन्धी कागजात जलेश्वरका लेखापढी व्यवसायीले ल्याउन नदिएपछि सेवा सञ्चालन हुनसकेको थिएन । गौशालाका उद्यमी, व्यापारी र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले साउन २१ गते राति प्रहरी प्रशासनको सहयोगमा कार्यालयसम्बद्ध कागजात र अभिलेख जलेश्वर कार्यालयबाट ल्याइएपछि यहाँ सेवा सञ्चालनको वातावरण बनेको हो ।

गौशालामा कार्यालयसम्बद्ध मठस्रेस्तासहितका कागजात र अभिलेख ल्याइएको एक साताभित्रै मालपोत कार्यालयले सेवा दिन थालेको हो । ‘हामीलाई कार्यालयमा कागजात व्यवस्थित गर्न एक साता लाग्यो, अब सेवा दिन थालियो’, कार्यालयका प्रमुख दीपेन्द्रकुमार झा भन्छन्, ‘टाढाका सेवाग्राही काम गरेरै फर्कन सकुन् भन्ने ध्येयले काम गरेका छौँ ।’ गौशालामा मालपोत कार्यालयसँगै नापी कार्यालयले पनि सेवा प्रवाह थालेको छ ।

Previous Post

तालमा फ्यालिएका युद्ध सामग्री निकाल्ने उपायलाई पुरस्कार दिने स्विट्जरल्यान्डको घोषणा

Next Post

हसिनासहित उनको सिंगाे मन्त्रीमण्डल माथी मुद्धा दर्ता

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
भारतबाट अन्यत्र प्रस्थान गर्ने तयारीमा शेख हसिना

हसिनासहित उनको सिंगाे मन्त्रीमण्डल माथी मुद्धा दर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In