१) लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान बिलाउँछ ।
२) व्यक्तिले प्रेमले क्रोधलाई, सदाचारले पापलाई, दानले लोभलाई र सत्यले मिथ्या भाषणलाई जित्न सक्छ ।
३) जीवनका अनिवार्य आवश्यकतालाई सन्तुष्ट गर्नु पाप होइन । शरीरलाई स्वस्थ बनाउनु कर्तव्य हो, अन्यथा हामीले विवेकको बत्ती बालेर आफ्नो मनलाई सशक्त र शुद्ध राख्न सक्नेछौँ ।
४) जो मात्र आफ्नो स्वार्थ साधनाका लागि धन सञ्चित गर्दछ, त्यो दुर्जन हो ।
५) जो जागृत छ त्यो भयमुक्त छ, ऊ बुद्ध भएको छ । ऊ आफ्ना सबै चिन्ता, महत्वकाङ्क्षा र दुःखको निस्सारतालाई जान्दछ ।
६) हामी सुखदुःखका चिन्हको अवलोकन गर्दछौँ । त्यसमा कहाँनेर सङ्गति छ ? यदि हाम्रो काम गर्नेवाला ‘म’ होइन तब ‘म’को सत्ता नै छैन । कामको पछाडि कुनै कर्ता छैन । जान्नुको पछाडि कोही ज्ञाता छैन ।
७) न त सगरमा, न सागरमा, न पर्वतका गुफामा छिर्नाले पृथ्वीको कुनै गुप्त स्थान प्राप्त हुनसक्छ, जहाँ रहनाले व्यक्ति आफ्ना दुष्कर्मको परिणामबाट बच्न सकोस् ।
८) आफ्नो हृदयलाई गर्वमुक्त गर र सत्य जान्नका लागि जिज्ञासु बन । विशेषतः यही तत्व अत्यावश्यक छ । अन्यथा तिमी नास्तिकता अथवा भूलको सिकार हुन सक्छौ ।
९) तृष्णामुक्ति हुनु नै दुःख मुक्ति हुनु हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट