• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

by
२० असार २०८१,
0
गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देइर एल–बालाह, प्यालेस्टिनी क्षेत्र । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन् ।

सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

वफा एलवानका पाँच वर्षीय छोरा आक्रमणबाट घर क्षतविक्षत बनेपछि टेन्टमा बस्न थालेको निकै महिना भइसक्यो । उनलाई दिनमा पनि रातमा पनि सुत्नलाई समस्या भइरहेको छ तर द्वन्द्वरत गाजाको ‘टेन्ट शहर’ मा एलवान र उनका सात बच्चाहरू आश्रय लिइरहेका छन् र उनीहरू सुत्न नसक्नुको कारण युद्धको बन्दुक होइन ।

“मेरो छोरो रातभरि निदाउन सक्दैन किनभने उसले छालासम्बन्धी रोगका कारण आफ्नो शरीरलाई स्थिर राख्न सक्दैन,” चिन्तित आमा एलवानले भने ।

बालकको पैताला र खुट्टाको माथिल्लो भागमा सेतो र रातो धब्बाहरू छन् । उसको टी–शर्ट मुनि यस्ता धेरै धब्बा छन् । उनी छालाको सङ्क्रमण, ठेउला, लुतो, घमौरा, जुकालगायत अन्य दुर्बल समस्याबाट पिडित धेरै गाजावासीहरूमध्ये एक हुन् ।

“हामी भुइँमा सुत्छौं, बालुवामा सुत्छौं, जहाँ कीराहरू बाहिर निस्कन्छन्,” एलवानले भने । उनको परिवार मध्य गाजा शहर देइर अल–बलाहको नजिक समुद्रको नजिक बलौटे टुक्रामा बस्ने हजारौँ विस्थापितमध्ये एक हो ।

एलवानको विचारमा सङ्क्रमण अवश्यम्भावी छ । उनले भने, “हामी आफ्ना छोराछोरीलाई पहिलेजस्तो नुहाउन सक्दैनौं । त्यहाँ हात, खुट्टा र शरीर धुन र सफा गर्नको लागि चाहिने कुनै उत्पादनहरू छैनन् । यहाँ केही पनि छैन ।”

आमाबाबुले आफ्ना छोराछोरीलाई भूमध्यसागरमा नुहाउन भन्थे । तर युद्धले आधारभूत सुविधाहरू ध्वस्त पार्दा उत्पन्न भएको प्रदूषणले रोगको जोखिम बढाएपछि समुद्रमा नुहाउने सम्भावना पनि छैन । सबै फोहोर र प्रदूषित बनेको छ ।

“समुद्र सबै ढल हो । उनीहरूले फोहोर (दिसा) र बच्चाको दिसा सफा गरेका टालाहरू पनि समुद्रमा फ्याँक्छन्,” उनले भने ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गाजामा युद्ध सुरु भएयता लुतो र जुकाका ९६ हजार ४१७, ठेउलाका नौ हजार २७४, छालामा विविध कारण भएका घाउ र त्यसमा भएका सङ्क्रमणको भयाबह अवस्थासम्बन्धी ६० हजार १३० र ‘इम्पेटिगो’ का १० हजार ३८ घटना भेटिएका छन् ।

देइर अल–बलाह शिविरमा अस्थायी क्लिनिक सञ्चालन गर्ने फार्मासिस्ट सामी हमिदका अनुसार विशेष गरी तटीय प्यालेस्टिनी क्षेत्रमा लुतो र ठेउलाको माहामारी नै छ ।

क्लिनिकमा दुई जना केटाहरूले आफ्नो हात, खुट्टा, ढाड र पेटमा दर्जनौं ठेउलाका दाग र फोकाहरू र लुतो र यसले बनाएका घाउहरू देखाए ।

औषधिको अभावमा ४३ वर्षीय हमिदले केटाहरूको छालामा ‘क्यालामाइन लोसन’ दल्दै उपचार गरिदिए । यो उक्त समस्या निको पार्नका लागि नभई शितलताका लागि गरिएको उपचार थियो । अन्य औषधि नभएपछि खास उपचार गर्न सम्मभव नभएको उनले बताए ।

“तातो मौसम र सफा पानीको कमीले बालबालिकाको छालामा सङ्क्रमण फैलिने गरेको छ,” उनले भने ।

गाजाका डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का मेडिकल कोअर्डिनेटर मोहम्मद अबु मुगाइसिबले एएफपीसँग भने, “बालबालिका भनेका खेलप्रिय र अन्जान हुन्छन् । उनीहरू बाहिर खेल्छन्, कुनै पनि चीज छुन्छन्, कतिपय खानेकुरा नधोइकन खान्छन् ।”

अबु मुगैसीबका अनुसार तातो मौसमले पसिना र फोहोर जम्मा हुने सम्भावना बढी हुन्छ जसले लुतो, एलर्जी र छालाजन्य अन्य रोगको सङ्क्रमणको सम्भावना लाई बढाउँछ ।

उनले भने, “मानिसहरू अहिले घरमा बसिरहेका छैनन्, उनीहरू बसेका स्थानमा सरसफाइको उचित व्यवस्था छैन ।”

एमएसएफ चिकित्सकहरूले यस्तो बसाइका कारण लामखुट्टे तथा अन्य किराहरूको टोकाइबाट हुने ‘लेशमेनियासिस’ को सम्भावना बढ्छ । भद्रगोल बसाइमा यसले सबैभन्दा खतरनाक र घातक छालाजन्य समस्या ल्याउन सक्छ ।

उनले भने, “गाजाका बालबालिकाहरू पहिलेदेखि नै रोगको उच्च जोखिममा रहेका छन् । कुपोषणका कारण उनीहरूको प्रतिरक्षा प्रणालीमा सम्झौता भएको छ ।”

फार्मेसिस्ट हमिदका अनुसार उनको टोलीले हालै एउटा अस्थायी विद्यालयको भ्रमण गरेको थियो, जहाँ १५० मध्ये २४ जना विद्यार्थीमा खटिराको समस्या थियो ।

“तीमध्ये केहीलाई छालाको सङ्क्रमण भएको छ र दुर्भाग्यवश यी सङ्क्रमणहरू उनीहरूमा फैलिरहेका छन्,“ एक अस्थायी टेन्ट विद्यालयका शिक्षक ओला अल–कुलाले एएफपीसँग बताए । खराब स्वच्छता ९प्रदूषण० को कारण अन्य रोगहरू पनि विस्थापितहरूबीच शिविरमा फैलिरहेको छ ।

हमिदले भने, “यहाँका शौचालयहरू आदिम छन्, टेन्टहरूको बीचमा च्यानलहरूमा बगिरहेका छन्, जसले अन्ततः महामारी फैलाउन सहयोग गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार झाडापखालाका ४ लाख ८५ हजार बिरामी भेटिएका छन् ।

संयुक्त राष्ट्रसङ्घले मंगलबार गाजामा करिब २४ लाख जनसङ्ख्यामध्ये १९ लाख मानिस विस्थापित भएको जनाएको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट युद्ध सुरु भएको र यसको बदलामा इजरायलले गाजामा गरेको सैन्य कारबाहीका कारण गाजामा छालाजन्य रोगबाहेक अन्य सङ्क्रमणजन्य समस्या पनि विकराल अवस्थामा रहेको विवरणहरू सार्वजनिक भइरहेका छन् ।

Previous Post

अब कसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया ? फेरि संविधानको धारा ७६ चर्चामा

Next Post

अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक

सम्बन्धित खबर

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
अष्ट्रेलियाको न्यूनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In