• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अब कसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया ? फेरि संविधानको धारा ७६ चर्चामा

by
२० असार २०८१,
0
अब कसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया ? फेरि संविधानको धारा ७६ चर्चामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नयाँ सत्ता समीकरणमा सहमति गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालले मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने बताएपछि अब नयाँ सरकार गठन प्रकृया कसरी अघि बढ्छ भनेर विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएमा वा प्रतिनिधिसभामा विश्वासको मत नपाएर पदमुक्त भएमा नयाँ सरकार गठनको प्रकृया सुरु हुनेछ ।

नेपालको संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।

राजीनामा नदिएमा विश्वासको मत लिने अधिकतम अवधिसम्म प्रधानमन्त्रीलाई सरकारमा रहने संवैधानिक आधार छ । तर त्यसअघि नै राजीनामा दिएमा भने नयाँ सरकार गठन प्रकृया अझ छिटो अघि बढ्नेछ ।

सम्वैधानिक कानुनका जानकारहरुले भने प्रधानमन्त्रीसँग विश्वासको मत लिने सम्वैधानिक अधिकार भएपनि आफ्नो सरकारमा सहभागी दलले नयाँ गठबन्धन बनाएकोले आफूसँग विश्वासको मत अर्थात् बहुमत छैन भन्ने देखेपछि राजनैतिक हिसावले राजीनामा दिनुपर्ने बताएका छन् ।

नयाँ समीकरण बनेसँगै फेरि संविधानको धारा ७६ पनि चर्चामा आएको छ । अहिले प्रतिनिधिसभामा कसैको पनि स्पष्ट बहुमत नभएकाले धारा ७६(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने कतिपयको तर्क छ । संविधानको धारा ७६(२) मा दुई वा त्यो भन्दा बढी पार्टीको समर्थन पाउने दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।

प्रतिनिधिसभा विघटन र प्रदेश सरकार गठनका केही विवादमा सर्वोच्च अदालतले विश्वासको मत पाएको प्रधानमन्त्रीले राजीनामा दिएमा वा पदमुक्त भएमा फेरि शुरुदेखि नै सरकार गठनको प्रक्रिया शुरु गर्नुपर्ने भनी व्याख्या गरेको थियो । पछिल्लो पटक कोशीको फैसलामा समेत त्यसले निरन्तरता पायो ।

सिद्धान्ततः प्रधानमन्त्रीले विश्वासको मत लिने कि नलिने भन्ने उहाँको सम्बैधानिक अधिकारको कुरा भएकाले तत्काल राजीनामा दिन आवश्यक नभएको तर्क पनि कतिपय कानुनविद्को छ ।

उनीहरुका अनुसार अब संविधानको धारा ७६(३)अनुसार सरकार गठन प्रक्रिया अघि बढ्ने छ । संविधानको धारा ७६(३)मा दुई वा बढी दलले संयुक्त सरकार बनाउन नसकेमा प्रतिनिधिसभामा सबैभन्दा बढी सिट भएको दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नसक्ने व्यवस्था छ । प्रचण्ड संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बन्नुभएको थियो ।

नयाँ सत्ता समीकरणमा सहमति गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालले मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । तर प्रधानमन्त्रीले राजीनामा नदिने सङ्केत दिएपछि नयाँ गठबन्धनले अरु नै कदम चाल्नसक्ने विश्लेषण पनि गरिएको छ ।

संविधानको धारा ७६को उपधारा २ अनुसार सरकारका लागि दाबी पेस गर्नसक्ने भनेर पनि समाचारहरु सार्वजनिक भैरहेका छन् । तर प्रधानमन्त्री हुँदा हुँदै अर्को सरकार गठन गर्ने कार्य संविधान सम्मत नहुने तर्क गर्नेहरू पनि छन् ।

विश्वासको मत लिन पाउने सम्वैधानिक सुविधा हुँदाहुँदै पनि मार्गप्रशस्त गर्न कांग्रेस एमालेले गरेको आग्रह र राजनीतिक रुपले अल्पमतमा परेर पनि विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णयलाई लिएर अब के होला भन्ने जिज्ञासा भने धेरैको मनमा यति बेला उब्जिएको छ ।

Previous Post

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई काठमाडौँ महानगरद्वारा जरिवाना

Next Post

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

सम्बन्धित खबर

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In