• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

    चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

    प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

    भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चैते धान खेतीतर्फ आकर्षण बढ्दै

by
२८ जेष्ठ २०८१,
0
चैते धान खेतीतर्फ आकर्षण बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका – ८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा छन् । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यसपटक पनि पाँच कट्ठा जमिनमा धान लगाएका छन् । उनी त्यही धान भित्र्याउने तयारीमा छन् ।

बर्से धान खेतीभन्दा बढी उब्जनी हुुने भएकाले विगत तीन वर्षदेखि चैत धान खेती गर्न थालेको उनले बताए । ‘खेतीलगाएको सुरुको वर्ष पाँच कट्ठामा १० क्विन्टल उत्पादन भएको थियो । सोही जग्गामा वर्षे धान लगाउँदा बढिमा छ क्विन्टलसम्म उत्पादन हुन्थ्यो । त्यसैले आउदो वर्ष एक विघामा धान लगाउने सोच बनाएको छु’, उनले भने, ‘खान मिठो र उत्पादन पनि राम्रो हुुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको थिए । अहिलेसम्म पछुताउनु परेको छैन ।’

उनी मात्रै होइन घोडाघोडी नगरपालिकाका ९० जना कृषकले पाँच सय २१ कट्ठामा चैते धान खेती गरेका छन् । तिनै किसानमध्ये कतिपयले धान भित्र्याइसकेका छन् भने कतिपय भित्र्याउने तयारीमा छन् । यसरी चैते धान खेतीतर्फ आकर्षित भएका किसानलाई प्रोत्साहनका लागि घोडाघोडी नगरपालिकाले पुरस्कार स्वरुप नगद सहयोगसहित सम्मानीत गरेको छ । पालिकाभित्रका चैते धान रोप्ने ९० कृषकलाई प्रतिकट्ठा पाँच सयका दरले पुरस्कृत र सम्मान गरेको कृषि शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए ।

पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीयस्तरमा उत्पादन बढाउन कृषकलाई प्रोत्साहन स्वरुप नगरपालिकाले नगद पुरस्कार दिने नीति लिएको उनले बताए ।

घोडाघोडीसँगै कैलालीका अन्य पालिकामा पनि चैते धान खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कैलालीको तल्लो क्षेत्रका स्थानीयले विगतदेखि नै बाढीका कारण चैते धान लगाउँदै आएका थिए तर पछिल्लो समय कैलालीका बाढी प्रभावित नहुने क्षेत्रका कृषकसमेत चैते धान खेतीतर्फ आकर्षित हुँदै गएका कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जानकारी दिए । ‘भजनी र टीकापुुर नगरपालिकाका साथै जोशिपुर र कैलारी गाउँपालिकामा पनि विगतदेखि नै चैते धान खेती लगाउने गरिएको थियो । यी क्षेत्रमा वर्षात्मा डुुबान हुुने भएकाले चैते धान लगाइ पनि पछिल्ला वर्षमा डुबान नहुने घोडाघोडी, लम्कि चुुहान नगरपालिका र धनगढी उपमहानगरपालिकालगायतका क्षेत्रमा पनि चैते धान खेती लगाउने कृषकको सङ्ख्या बढ्दै गएको छ’, उनले भने ।

डुबान हुने क्षेत्रमा एक बाली र अन्य क्षेत्रमा चैते र वर्षे गरेर दुई बाली धान भित्र्याउने गरिएको छ । यस कार्यले जिल्लामा समग्र धान उत्पादनको स्थितिमा सुधार भएको ज्ञान केन्द्रले जनाएको छ । कैलाली जिल्लाभर गतवर्ष एक हजार एक सय हेक्टरमा मात्रै लगाइएको चैते धान यसवर्ष भने एक हजार एक सय ५० हेक्टरमा लगाइएको छ । यसवर्ष समग्रमा पाँच हजार सात सय ५० टन चैते धान उत्पादन हुने ज्ञान केन्द्रको प्रक्ष्येपण छ ।

‘चैते धान खेतीका लागि केन्द्र र प्रदेश सरकारका साथै स्थानीय तहले पनि विभिन्न खालका कार्यक्रम कार्यान्वयन गरिरहेका छन् । चैते धानलाई धेरै पानी नचाहिने र यस सयममा बाबढी तथा डुबानसमेत नहुने भएकाले किसानले धेरै लाभ लिने सम्भावना छ’, ज्ञान केन्द्र प्रमुख शर्मा भन्छन्, “यसका अतिरिक्त रोग, किराको प्रकोपसमेत कम हुन्छ । पछिल्लो समय कैलालीमा चैते धानतर्फ कृषक आकर्षित भइरहेका छन् यसले धान खेतीको क्षेत्रफल र वार्षिक उत्पादन पनि बढ्दै गएको छ ।’

चैते धान खेतीको विस्तारले जिल्लाका बाढी प्रभावित चारवटा स्थानीय तहका कृषकको जीविकोपार्जन सुधारमा समेत सहज भइहरको छ । अन्य पालिकाका कृषकले पनि वर्षको दुईपटक धान बालीबाट लाभ लिई आम्दानीमा वृद्धि हुने र उत्पादन वृद्धिले भारतबाट हुने धान चामलको आयातमा कमिआउने अपेक्षा गरिएको छ ।

Previous Post

फ्रान्समा राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग, निर्वाचनको घोषणा

Next Post

कालीगण्डकी करिडोरको फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

सम्बन्धित खबर

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता
समाचार

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

१९ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

१९ साउन २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

१९ साउन २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

१९ साउन २०८३,
पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध
समाचार

पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

१९ साउन २०८३,
भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित
समाचार

भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

१९ साउन २०८३,
Load More
Next Post
कालीगण्डकी करिडोरको फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

कालीगण्डकी करिडोरको फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In