हिन्दुधर्म शास्त्रका विभिन्न धर्मग्रन्थ र वास्तुशास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान बताएका छन् । जस अनुसार खानपान, हिँडडूल, कामको शुरुवात लगायतका विषय रहेका छन् । यसको मतलब कुनै कामको शुरुवाती वार र राशीअनुसार गर्दा फाइदा मिल्छ ।
बार र समयलाई ख्याल गरेर आइतबारका दिन यी काम गर्दा फाइदा पुग्छ—
आइतबार राज्याभिषेक गर्ने, गीत, वाद्य, पालकीमा बस्ने, राजसेवा, गाईगोरु किनबेच गर्ने, हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औषधि निर्माण गर्ने, शास्त्र, सुन, तामा, ऊनि, बस्त्र आदि किनबेच गर्ने, रातो बस्तुको कारोबार आदि कार्यहरु गर्दा शुभलाभ मिल्छ ।













