अचेल के शहर, के गाउँ, प्रायः सबै ठाउँमा ग्याँस चुल्होको प्रयोग बढ्दो क्रममा छ । सर्सर्ती हेर्दा धुवाँधुलोबाट जोगिने देखिए तापनि यसको ठूलै दुष्प्रभाव भएको कुरा विभिन्न अध्ययनहरुले देखाएका छन् । विशेष गरी शहरमा कोठा भाडामा लिएर बस्ने निम्न आय भएकाहरु बढी प्रभावित भएको पाइन्छ ।
उनीहरुले एउटा मात्र कोठा भाडामा लिएर त्यसैमा खाना पकाउने खाने र सुत्ने हुँदा त्यस्ता परिवारका केटाकेटीहरुलाई स्वास–प्रश्वासको रोग हुन सक्ने सम्भावना अधिक भएको अध्ययनले बताएका छन् । एलर्जी, दम, ब्रोनकाइटिस, पिनास आदि रोग केटाकेटीमा बढी नै पाउनुको कारण ग्याँस चुल्होकै प्रयोग भनी पुष्टि पनि उनीहरुले गरेका छन् ।
उनीहरुको प्रतिवेदन अनुसार ग्याँस चुल्हो चलाउँदा सबै झ्याल खोल्ने, पंखा चलाउने र केटाकेटीहरुलाई सकभर भान्छाकोठामा राख्न नहुने कुराको उल्लेख गरेका छन् ।













