• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

    अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माङसेवुङमा एकै पटक थालिए चार वटा सिँचाइ आयोजना

by
९ फाल्गुन २०८०,
0
माङसेवुङमा एकै पटक थालिए चार वटा सिँचाइ आयोजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चार वटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका हुन् ।

गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए । ९४ घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेगरी स्थानीय लम्फेवा खोलाबाट दुईवटा, फुङखोलाबाट एक र फेवाखोलाबाट एक सिँचाइ कुलो निर्माण सुरु भएको हो । तोभाङमा रु ९३ लाखको लागतमा लम्फेवा खोलाबाट निवाघारी र रु ५५ लाख ६८ हजारको लागतमा सोही खोलाबाट लामपाते कुलो निर्माण सुरु भएको छ ।

यसैगरी, नाङरुङमा रु ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउँरो पाक्रुम्बा कुलो र खोलागाउँमा रु ४५ लाख ७८ हजारको लागतमा फेवाखोलाबाट बाह्रमुरे कुलो निर्माण सुरु भएको वडाध्यक्ष योङहाङले बताए । ‘वर्षौँदेखि आकाशेपानी र परम्परागत कुलोबाट सिँचाइ गरिरहेका वडाका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, समयमै आयोजना सम्पन्न गर्न तीव्रता दिइनेछ’, वडाध्यक्ष योङाहाङले भने, ‘आयोजना पूरा भएपछि यहाँका ९४ किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् ।’

सिँचाइ योजनाका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी रहेको छ । योजना आगामी असार २० गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ । गतवर्ष सोही वडामा रु दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण सम्पन्न भएका छन् । पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा निर्मित सिँचाइ कुलोबाट एक सय ३७ किसान लाभान्वित भएका छन् ।

सिँचाइ सुविधा पुगेपछि धान उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कानुसार यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो । इलाममा रञ्जित, राधा चार, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायिकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेका छन् ।

Previous Post

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

Next Post

७ दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न महानगरको आग्रह

सम्बन्धित खबर

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

१६ बैशाख २०८३,
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१६ बैशाख २०८३,
अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की
समाचार

अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

१६ बैशाख २०८३,
Load More
Next Post
ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

७ दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न महानगरको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In