सनातन हिन्दु परम्परा अनुसार बुधबारका दिन विशेष गरी कृष्ण भगवानको अवतारको पूजा गरिन्छ । यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने जनविश्वास रहिआएको छ ।
– हिन्दु परम्मपरा अनुसार शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि बुधबारको व्रत पूजा फलदायि हुने बताइको छ ।
– बुधबारका दिन कुनै नयाँ काम थालनीको लागि अति नै शुभ मानिन्छ ।
– पुण्य आर्जन गर्ने कामको सुरुवात बुधबारका दिन गर्दा सफलता हाँसिल गर्न सकिन्छ, साथै यस दिन वस्तुकला, चित्रकला र अध्यनमा सोचेअनुसारको फल मिल्ने गर्छ ।













