• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण

by
२५ माघ २०८०,
0
बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण

default

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए ।

“बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहश्रधारामा रहेको सामुदायिक भवनको एउटा साँघुरो कोठाबाट सञ्चालन हुँदै आएको थियो”, उनले भने, “निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेको भवनमा विद्युत् जडान गरेर केही दिनमै प्रयोगमा ल्याउने तयारीमा छौँ ।”

भवनमा बिरामी उपचार, प्रशासन, औषधि भण्डारण, बैठक हल, सहायता कक्ष र स्वास्थ्यकर्मीको आवास रहेको छ । भवन निर्माणका लागि विसं २०७८ माघ २० गते ग्राण्ड–खाम्पाचे एसके जेभी काठमाडौँसँग एक करोड ४९ लाख २८ हजार तीन सय ७२ मा ठेक्का सम्झौता भएको छ ।

भेरियसन अर्डर गर्दा लागत घटेर एक करोड ४३ लाख भएको भवनको ९२ प्रतिशत भौतिक प्रगति भएको र एक करोड ३० लाखमात्र भुक्तानी भएको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए ।

“मूल्याङ्कनका क्रममा डिजाइनअनुसारको सबै संरचना निर्माण नगरेकाले भुक्तानीका क्रममा रकम घटाएको हो”, उनले भने, “दुई वर्षको ठेक्का अवधिभित्रै भवन निर्माण सकिएको छ ।” भवन परिसरमा घेराबार र प्रवेशद्वार निर्माणको काम बाँकी छ ।

रणवाङका ललितबहादुर मल्ल, डम्मरबहादुर मल्ल, होमबहादुर सेन, तिलकबहादुर सिंह, भगवान सुवेदी र स्व मातृकाप्रसाद गौचनले स्वास्थ्य चौकीको भवन बनाउन पाँच रोपनी जग्गा उपलब्ध गराएको वडाध्यक्ष खातीले बताए ।

यसअघि अस्थायी र साँघुरो भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण शर्माले बताए । पाँचवटा वडा रहेको मङ्गलाको चारवटा वडाको स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन बनेको छ । वडा नं ५ को अर्मन स्वास्थ्य चौकीको भवन सङ्घीयताअघि नै निर्माण भएको थियो । वडा नं ३ को बरङ्जा र वडा नं १ कुहुँको स्वास्थ्य चौकी भवन अघिल्लो कार्यकालमा निर्माण भएको हो ।

हाल बुकेनीस्थित वडा नं ४ को भवनबाट सञ्चालन भइरहेको सामुदायिक स्वास्थ्य एकाइलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने र भवन बनाउन पहल गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

Previous Post

सात महिनामै १३ हजार ३३० साइबर अपराधका उजुरी

Next Post

सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा

सम्बन्धित खबर

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
समाचार

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

१५ भदौ २०८३,
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
समाचार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

१५ भदौ २०८३,
छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
समाचार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

१५ भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

१५ भदौ २०८३,
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
समाचार

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

१५ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१५ भदौ २०८३,
Load More
Next Post
सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा

सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In