• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा

by
२५ माघ २०८०,
0
सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। डडेल्धुराको पर्शुराम नगरपालिका–११ सुवाखानका धनबहादुर विष्ट पिठ्यूँमा सामानको भारी बोक्दै तीन दिन लगाएर कञ्चनपुरको झलारी बजारबाट घर आइपुग्छन् । घरमा विष्टले किरानाको पसल सञ्चालन गरेका छन् ।

दुई दशकदेखि उनले चुरे क्षेत्रमा रहेको बस्तीबाट पैदल हिँडेर सामान खरिद गर्नका लागि झलारी बजार आउँजाउँ गर्दै आएका छन् ।

बस्तीसम्म पुग्ने सडक नहुँदा गोरेटो बाटोमा पैदल हिडदैँ उहाँले सामान बोक्नुपर्ने बाध्यता छ । “एक दिन सामान खरिद गर्नका लागि झलारी बजार पुग्छौँ”, विष्टले भने, “दोस्रो दिन पिठयूँमा भारी बोक्दै धारापानी क्षेत्रमा बास बस्नुपर्छ ।

तेस्रो दिन साँझ अवेर सामानको भारी बोकेर घर पुग्छौँ ।” कहिले आफैँ भारी बोक्ने गरेको उल्लेख गर्दै उनले सामान बढी लैजानु पर्ने भए भरियाको व्यवस्था गरी सामान ढुवानी गर्दै आएको बताए ।

“एक जना भरियाले नुन, तेल, चामल, चिनीलगायतको सामान २५ किलोदेखि ३० किलोसम्म बोक्न सक्छन्”, विष्टले भने, “ठाडो उकालो असहज बाटो हुँदा थोरै सामान बोक्ने गर्दछन् । सामान बोकेबापत प्रतिकिलो रु २० का दरले ज्याला दिनुपर्छ ।

बास बस्दा लाग्ने खर्चसँगै खानाको व्यवस्था ढुवानी गराउनेले तिर्नुपर्दछ ।” ढुवानीको रकम सामानमा जोडेर स्थानीय बासिन्दालाई महँगोमा बेच्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

पिठयूँमा भारी बोक्दै पैदल हिँड्ने क्रम वर्षौंदेखि चल्दै आएको विष्टले बताए ।

उनका अनुसार हाल झलारी बजारदेखि धारापानीसम्म सडकको सहजताले सामान ढुवानीसँगै यात्रा गर्न सहज भएको भए पनि धारापानीबाट उत्तरतर्फ पहाड क्षेत्रमा सडक नहुँदा स्थानीय बासिन्दाले पैदल नै गन्तव्य तय गर्नुपर्ने बाध्यता छ ।

विष्टजस्तै वारेगडा, एक्ले गडा, दोवाटो, फल्ले खर्क, असलाडी, जडेखोला, सिमलवण्ड, सल्येगडी, गैरीपातललगायतका बासिन्दाले सडक नहुदा हैरानी खेप्दै आएका छन् ।

गाउँमा बिरामी भए डोको, स्ट्रेचरमा राखेर झलारीलगायत बजार पुराउनुपर्ने अवस्था रहेको प्रताप विष्टले बताए । “सुत्केरीलाई पनि बोकेरै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बर्थिङ सेन्टरमा ल्याउनुपर्छ”, उनले भने, “ज्यान जाने डर हुन्छ, बिरामीलाई अस्पताल पुराउन नपाउँदै ज्यान गएका पनि छन् ।”

गत वर्ष मात्रै बाढी आएको धारापानी खोलामा तर्ने क्रममा एक जना बालकले ज्यान गुमाउनुपरेको प्रतापले उल्लेख गरे ।

“खाद्यान्न, नुन, तेल, चिनी, लुगाकपडालगायत ल्याउनका लागि यहीँ बाटोको प्रयोग गर्नुपर्छ”, राजन खत्रीले भने, “बर्सातका बेला धारापानीलगायतका खोलामा पानीको बहाव उच्च हुन्छ । बाढी आएको खोला तर्नुपर्ने बाध्यता हुन्छ । कुन बेला खोलामा चिप्लिएर बग्ने हो पत्तो नै हुँदैन, वर्षौंदेखि ज्यान हत्केलामा राखेर यात्रा गर्दै आएका छौँ ।”

चुरे पर्वतमा हिँड्दै आएका परम्परागत बाटा पहिरोका कारण अवरुद्ध हुँदा घाँसका बोट समातेर भिरपाखामा हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । “चुनावका बेला मात्रै गाउँगाउँमा सडक बनाउने अश्वासन बाँडिने गरेका छन्”, स्थानीय खत्रीले भने, “सडक बन्छ भन्ने आशमा मतदानमा सहभागी हुन्छौँ । चुनाव जितेर गएका बस्तीमा त्यसपछि अनुहारनै देखाउँदैनन् ।”

“बुबाबाजेले पिठयूँमै सामान बोकेर पाल्ने गरेका थिए”, अमरबहादुर बिष्टले भने, “हामीले पनि अहिलेको अवस्थामा पनि पिठयूँमै सामान बोकिरहेका छौँ ।

सडक निर्माणका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरे पनि अहिलेसम्म अश्वासनबाहेक विकास आउन सकेको छैन ।”

यहाँको चुरे क्षेत्रमा बसोबास गर्ने गाउँका बासिन्दाले सहज सडक, खोलामा पुल, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Previous Post

बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण

Next Post

अविवाहित महिलालाई सरोगेट आमा बन्न भारतको सर्वोच्च अदालतको रोक

सम्बन्धित खबर

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
Load More
Next Post
गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

अविवाहित महिलालाई सरोगेट आमा बन्न भारतको सर्वोच्च अदालतको रोक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In