धुर्मुस आफूलाई खुब स्वर सम्राट मान्थ्यो । एक दिन एउटा किसानलाई धुर्मुसले गीत सुनायो । गीत सुनिसकेपछि किसान सुँक सँुक गर्दै रुन थाल्यो…
धुर्मुसः (मनमनै खुशी हुँदै) खुशी लाग्यो मेरो संगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ ।
किसानः म हजुरको गीत सुनेर रोएको होइन,
धुर्मुसः अनि किन त ?
किसानः पोहोर साल मेरो एउटा गोरु मर्ने वेलामा यस्तै स्वर निकालेको थियो…. आज मलाई मेरो त्यही गोरुको याद आयो अनि रोएको ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













