भान्छामा प्रयोग हुने मेथीलाई धेरै तरिकाले प्रयोग गर्न सकिन्छ । यो एक यस्तो जडीबुटी हो जसले स्वास्थ्यलाई धेरै फाइदा दिन्छ । मेथीको दानामा आइरन, म्यागनिजल गायतका फाइबर र मिनरल्स प्रचुर मात्रामा पाइन्छ । बिहान खाली पेटमा मेथीको दानाको पानी पिउनु बढी फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउनुको साथै शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।
यसका लागि राति एक गिलास सफा पानीमा मेथीको दाना भिजाएर राख्ने र बिहान त्यस पानीलाई राम्ररी छानेर खाली पेटमा पिउने गर्नुपर्छ ।













