• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

    उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

    उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एउटै बगानमा फल्यो ७५ लाख रुपैयाँको सुन्तला

by
८ पुस २०८०,
0
एउटै बगानमा फल्यो ७५ लाख रुपैयाँको सुन्तला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक किसान विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाख रुपैयाँमा बिक्री गरेका छन् । उनको सुन्तला व्यापारी तुलबहादुर थापालाई एउटै बगानमा उत्पादित सुन्तला ७५ लाख रुपैयाँमा बिक्री गरेको हो ।

यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता थापाले नै ठेक्कामा खरिद गर्दै आएका छन् । किसान अधिकारीले भने, ‘ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु । यो वर्ष ७५ लाख रुपैयाँमा सुन्तला बिक्री गरेको हुँ ।’

जिल्ला विकास समितिका पूर्वसभापति भइससेका उनी सुन्तला खेतीबाट सन्तुष्ट छन् । गाउँको भिरालो जमिन सदुपयोग गरी विसं २०५२ देखि व्यावसायिकरूपले सुन्तलाखेती शुरु गरेका अधिकारीले वार्षिक ६०÷७० लाख रुपैयाँसम्मको सुन्तला बिक्री गर्दै आएका छन् ।

उनको सुन्तला बगानमा एक हजार तीन सयभन्दा बढी बोट छन् । उनले भने, ‘गएको वर्ष राम्रो उत्पादन भएन । कहिलेकाहीँ समस्या आउँछ । म आफैँ पनि बिरामी भएँ, व्यवस्थापन कमजोर भयो ।’

सबैभन्दा धेरै यसै वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अन्य वर्ष ६०÷७० लाख रुपैयाँसम्मको सुन्तला उत्पादन भएको थियो । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो ।’

‘सुन्तला खेतीका लागि वार्षिक १५ लाख रुपैयाँ खर्च हुने गरेको छ’, उनले भने, ‘यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी भयो । फलेका सबै सुन्तला टिपिसकेपछि बोटमा गोडमेल गर्ने, मल हाल्ने र पिना हाल्ने काम हुन्छ ।’

अधिकारीले भने, ‘उमाचोक सुन्तला उत्पादनका लागि उर्बर ठाउँ हो । सम्भावना देखेरै नै यो खेतीमा लागेको हुँ । आम्दानी पनि राम्रो भइरहेको छ । यसबाट सन्तुष्ट नहुने कुरै छैन ।’

सुन्तला बिक्रीबाट भएको आम्दानीले नै छोराले इन्जिनियर र छोरीले डाक्टर पढिसकेको उहाँले सुनाए । सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्नसके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन पनि राम्रो हुने उनको भनाइ छ ।

बगानसम्मै सडक जोडिएकाले ठेकेदार बगानमा नै आउने हुँदा बजारको कुनै समस्या नभएको र बिक्री हुँदैन कि भन्ने चिन्ता नभएको अधिकारी बताउँछन् ।

सुन्तला खरिद गर्ने ठेकेदार थापाले यहाँ उत्पादित सुन्तला काठमाण्डौ लगेर बिक्री गर्ने गरेको बताए । ‘म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।’

तनहुँमा गएको वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । यहाँ उत्पादित धेरैजसो सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । गएको वर्ष नौ हजार छ सय ४५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

तनहुँका आठ हजार पाँच सय ७० हेक्टर जमिनमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको र केन्द्रले किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । केन्द्रले चालु आर्थिक वर्षमा सुन्तला खेतीमा सहयोग गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Previous Post

केराखेतीको केन्द्र बन्दै टीकापुर, खेती विस्तारका लागि ६० लाख विनियोजन

Next Post

निद्रा लागेन ? यी उपाय अपनाउनुस्

सम्बन्धित खबर

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो
समाचार

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

२५ बैशाख २०८३,
नेपाल ए ले आज अमेरिकाको सामना गर्दै
खेलमैदान

नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

२५ बैशाख २०८३,
दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
फिचर-ब्यानर

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

२५ बैशाख २०८३,
लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती
फिचर-ब्यानर

लिपुलेक–कालापानी प्रकरणमा प्रतिपक्षको कडा दबाब, ‘एकीकृत राष्ट्रिय नीति’ बनाउन सरकारलाई चुनौती

२५ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२५ बैशाख २०८३,
उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान
आर्थिक

उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

२५ बैशाख २०८३,
Load More
Next Post
सुत्नुअघि खानुहोस् यी चिज !

निद्रा लागेन ? यी उपाय अपनाउनुस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In