• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धनः थलथले पोखरी नयाँ गन्तव्य

    जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धनः थलथले पोखरी नयाँ गन्तव्य

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

    गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धनः थलथले पोखरी नयाँ गन्तव्य

    जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धनः थलथले पोखरी नयाँ गन्तव्य

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

    गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी

by
१८ मंसिर २०८०,
0
पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । हिमाल, पहाडी भूगोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो ।

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुन् ।

पुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमाल अवलोकन गर्न पाउँदा उमङ्गको महसुस भएको कास्कीको पोखराका सुमन गिरिले बताए । घोडेपानीमा बास बसेका पर्यटक एका बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृष्य अवलोकन गर्न पुुग्छन् । घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीले बताएका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोडेपानी पुग्न सकिन्छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुगिन्छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा गएको साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मंसिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।

साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मंसिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इञ्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिइन् । उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रे हुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ ।

पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्याङ्क राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारसम्म आन्तरिक पर्यटकले समेत भ्रमण गर्छन् । घोडेपानीमा असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम संख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी जुली ठकुरी पुनले बताइन् ।

‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ’, होटल व्यवसायी समेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुुर पुनले भने, ‘केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ ।’ पुनहिल जानका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति रु १५० र नेपालीले रु ५० प्रवेश शुल्क तिर्नुपर्छ । अन्नपूर्ण गाउँपालिकाले यस वर्ष पुनहिल प्रवेश शुल्क सङ्कलन र पुनहिलमा चिया पसल सञ्चालन गर्न यस वर्ष रु ६३ लाखमा ठेक्का लगाएको छ ।

४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ । प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि पाँच हजारसम्मका सुविधायुक्त कोठामा बास बस्न सकिन्छ । घोडेपानीको गुराँसको जङ्गल गण्डकी प्रदेशकै ठूलो मानिन्छ । नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रतिवेदनमा उल्लेख छ । बसन्त ऋतृमा पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले यस क्षेत्र मनमोहक देखिन्छ ।

घोडेपानीबाट मोहरेडाडा, फुलबारी, करबाकेली, खोपारालगायत सहायक गन्तव्य जान सकिन्छ । घोडेपानीमा म्याग्दीमा बसोबास गर्ने विभिन्न जातजातिको पहिचान झल्काउने सङ्ग्रहालयल पनि रहेको छ । हिँड्न नसक्ने पर्यटकका लागि घोडाको सुविधा छ । देशका सबैजसो जिल्लाका विद्यालय, कलेज, कार्यालय, बैंक वित्तीय संस्था, आमा समूह र सहकारी संस्थाबाट घोडेपानी पुनहिलमा आउँछन् । सभा, सम्मेलन, तालिम, गोष्ठीका लागि पनि घोडेपानी रोजाइमा पर्न थालेको छ ।

गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले शनिबार घोडेपानीमा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक र प्रथम चौमासिकको समीक्षा कार्यक्रम आयोजना गरेको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, आर्थिक मामिलामन्त्री जितप्रकाश आले, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटासहित मन्त्रालयका सचिव, निर्देशक, महाशाखा प्रमुख, ११ वटै जिल्लाका पूर्वाधार विकास र यातायात व्यवस्था कार्यालयका प्रमुखलगायत एक सय जनाभन्दा बढी कर्मचारी घोडेपानी पुगेका थिए ।

पर्यटन प्रवर्द्धनका लागि पहिलोपटक पोखरा बाहिर मन्त्रालयको समीक्षा कार्यक्रम आयोजना गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले बताए । पोखराकै बराबरको खर्चमा घोडेपानीमा कार्यक्रम गरिएको र अन्य कार्यक्रम पनि पोखरा बाहिर गर्ने योजना रहेको उनले बताए । मन्त्रालयको कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका साथै विकास आयोजनाको आवश्यकता महशुस गराउन सरकारको ध्यानाकर्षण गराउन सहयोग पुुगेको पुनहिल घोडेपानी अवस्थित अन्नपूर्ण गाउँपालिकाको ६ नम्बर वडाका अध्यक्ष रामबहादुर खड्काले बताए । सरकारी तवरबाट घोडेपानीमा हालसम्मकै ठूलो कार्यक्रम भएको पनि उनले बताए ।

Previous Post

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु, सुरक्षाका लागि १५ सय जनशक्ति परिचालन

Next Post

कोप–२८ः चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

सम्बन्धित खबर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
फिचर-ब्यानर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

१८ चैत्र २०८२,
जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धनः थलथले पोखरी नयाँ गन्तव्य
फिचर-ब्यानर

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धनः थलथले पोखरी नयाँ गन्तव्य

१८ चैत्र २०८२,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

१८ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

१८ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

१८ चैत्र २०८२,
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
आर्थिक

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

१८ चैत्र २०८२,
Load More
Next Post
कोप–२८ः चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

कोप–२८ः चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In