• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

तोरी खोलालाई ‘मौलिक गाउँ’ बनाइँदै

by
१६ मंसिर २०८०,
0
तोरी खोलालाई ‘मौलिक गाउँ’ बनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन– गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौं पुराना घर अहिले पनि बलिया छन् । परम्परागत रूपमा बनेका मौलिक घर पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेको छ ।

घरको आँगनमै आएको विकासले स्थानीयलाई सहज त दिलायो, त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढ्यो । तोरीखोला गाउँजस्ता मौलिकता बोकेका गाउँ बागलुङ थुप्रै थिए । तर पछिल्लो समय ती गाउँमा मौलिकता हराएको छ । घर बनाउँदा ढुङ्गा, माटो र काठको प्रयोग गर्नुको सट्टा कङ्क्रिट प्रयोग हुन थाले । जसले गाउँ कुरूप बन्दै गएका छन् । तोरीखोला गाउँको मौलिकता भने अहिलेसम्म जोगाइ राखिएको छ ।

बढ्दो सहरीकरण र आधुनिकताले गाउँको परम्परा हराउन थालेपछि गलकोट नगरपालिकाले पनि संरक्षणमा चासो दिएको छ । गाउँको सुन्दरता, मौलिकता र परम्परालाई जोगाउन तोरीखोला गाउँलाई नगरपालिकाले ‘मौलिक गाउँ’ का रूपमा विकास गर्ने भएको छ ।

तोरीखोला गाउँ अहिले पनि जिल्लामा चर्चित गाउँ हो । जहाँ हरेक महिना आन्तरिक तथा बाह्य पर्यटक फाट्टफुट्ट पुग्ने गर्छन् । यस गाउँमा बनेका पुराना आकर्षक घरले धेरैलाई लोभ्याउने गरेको छ । केही वर्ष अगाडि सडक पुगेपछि गाउँमा एक÷दुई वटा सिमेन्टका घरसमेत बन्न थालेका छन् भने स्थानीयले ढुङ्गाको छानो हटाएर जस्तापाता प्रयोगसमेत गर्न थालेका छन् ।

नगरपालिकाले यसलाई रोक्न नीति नै बनाएर लाग्न थालेको छ । ग्रामीण जीवनशैली, शान्त वातावरण र प्राकृतिक मनोरम भएको तोरीखोला जिल्लामा छुट्टै पहिचान बनाएको गाउँका रूपमा चिनिन्छ ।

यहाँका कला, संस्कृति र रीतिरिवाज बिस्तारै हराउन थालेपछि बुढापाका चिन्तित छन् । गलकोट क्षेत्रलाई बागलुङमै सबैभन्दा बढी विदेश जाने क्षेत्रका रूपमा लिइन्छ । विदेश गएर आएपछि धेरैले मौलिक घरलाई हटाएर कङ्क्रिटको बनाउन थालेका छन् । मौलिक घरलाई संरक्षण गर्न नसके गाउँको अस्तित्व समाप्त हुने स्थानीय मोहन कालाले बताए ।

हरेक वर्ष गाउँमा परम्परागतभन्दा फरक शैलीमा घर भवन बन्न थालेको भन्दै त्यसलाई रोक्नका लागि नगरपालिकाले चासो दिएको उनको भनाइ छ । गाउँमा थुप्रै कला, संस्कृति र परम्परा भए पनि युवा पुस्ताले चासो दिन छोडेपछि हराउन थालेको कालाले गुनासो पोखे । अचेल गाउँमा युवा शक्ति नै नभएको भन्दै बुढापाकाले थाम्दै आएको उनी बताउँछन् ।

‘बाक्लो बस्ती छ, एकै नासका घर भएर होला बाहिरबाट आउने पाहुनाले खुब मन पराउनुहुन्छ यो गाउँलाई, बाहिरका मान्छेले मन पराएर मात्रै के गर्ने यहाँका युवाले माया मार्दै सहर बजार र विदेश जान थाले, बुढापाका रहँदासम्म गाउँ रहला त्यसपछि त सुनसान हुन्छ होला’ कालाले भने, ‘अहिले त नयाँ खालका घर बनाउन थालेका छन्, पुराना ‘डिजाइन’का घरलाई हटाउन थालेका छन्, हामी यस्तै घरमा जन्मियौँ, हुक्रायौँ र अहिलेसम्म बसिरहेका छौँ, हामीभन्दा पछाडिका पुस्ताले गाउँलाई माया गर्न छोडे, हाम्रो पहिचान कला संस्कृति र रीतिरिवाज हो अब कसले संरक्षण गर्छ ।’

गलकोट नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष हिमबहादुर भण्डारीले तोरीखोला गाउँलाई ‘मौलिक गाउँ’का रूपमा विकास गर्ने बताए । यहाँ अब बन्ने हरेक घर स्थानीय स्रोत साधन प्रयोग गरेर पुरानै शैलीमा बनाइनुपर्ने भन्दै सिमेन्टे घर बनाउन रोक लगाउने बताए । अध्यक्ष भण्डारीले यहाँका हरेक घरमा सकेसम्म रातोमाटो र सेतो कमेरोले रङ्गाउने नभए एकै किसिमको रङ लगाउनुपर्ने मापदण्ड बनाउने बताए । तोरी खोलामा वर्षौं पुराना कला संस्कृति प्रचलनमा रहेको हुँदा नगरपालिकाले पनि संरक्षण गर्न थालेको उनको भनाइ छ ।

हाल यस गाउँमा पाँच घरमा घरबास (होम–स्टे) सञ्चालनमा रहेको र गाउँलाई मौलिक बनाएर पर्यटक भित्र्याउने र स्थानीयको आयआर्जनसँग जोड्ने उनी बताउँछन् । भण्डारीले तोरीखोला गाउँ विकासका पूर्वाधारले जोडिएपछि ठूलो परिवर्तन भएको सुनाउँदै स्थानीयको जीवनशैली पनि फेरिएको बताए । कला संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि आफूहरूले काम गरिरहेको अध्यक्ष भण्डारीको भनाइ छ ।

उनले भने, ‘गाउँ–गाउँमा मोटर बाटो पुगेपछि पक्की घर भवन धमाधम बनिरहेका छन्, हामीहरूले गाउँको सुन्दरता र पहिचानलाई जोगाउन थालेका छौँ, तोरीखोला गाउँ निकै पुरानो र मौलिकता बोकेको गाउँ भएको हुँदा यसलाई ‘मौलिक गाउँ’ कै रूपमा राख्नुपर्छ, अहिले गाउँमा प्रविधिले सबै मौलिकता हराउन थालेका छन्, यहाँ अहिले पनि होम–स्टे सञ्चालनमा छन्, धेरै कला संस्कृति पनि प्रचलनमा रहेको हुँदा युवापुस्तालाई यसप्रति आकर्षण गर्ने र संरक्षणमा टेवा पु¥याउने हिसाबले कामको सुरुआत गरेका छौँ, तोरीखोला गाउँको सुन्दरता र मौलिकतालाई जोगाइराख्न हामी गम्भीर बनेका छौँ, पर्यटक भित्र्याउनका लागि प्रयास थालेका छौँ ।’

Previous Post

पाल्पामा पहिलो पटक आज सुन्तला महोत्सव

Next Post

युनानमा ५.० म्याग्निच्युडको भूकम्प

सम्बन्धित खबर

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
Load More
Next Post
मेक्सिकोमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

युनानमा ५.० म्याग्निच्युडको भूकम्प

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In