• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक

by
१६ मंसिर २०८०,
0
कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन किसानलाई समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापा जिल्लामा वर्षेनी जङ्गली हात्तीको आक्रमणले मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित शान्तिझोडाको बुढासुब्बा चोकमा बिहीबार राति हात्तीको आक्रमणबाट एक स्थानीय युवाको मृत्यु भएको छ। जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गर्न लागेपछि राति हात्ती खेदाएर घर फर्किने क्रममा २५ वर्षीय रविन खड्कालाई हात्तीले आक्रमण गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीनसिंह भण्डारीले जानकारी दिए।

सामुदायिक वन क्षेत्रको बाटोमा हात्तीले आक्रमण गरेपछि खड्कालाई उपचारको क्रममा धरान घोपाक्याम्प लागेपछि उपचारको क्रममा निधन भएको उनले उल्लेख गरे। हात्तीले किचेर खड्काको मृत्यु भएपछि इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले मृतकको घर पुगेर पीडित परिवारलाई रु एक लाख क्षतिपूर्ति दिने बताए। उनले थप घटना हुन नदिन रातको समयमा जिल्ला वनका वनरक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित संयुक्त टोलीले आवश्यकअनुसार गस्ती गरिने तयारी भएको बताए।

चारकोशे जङ्गल क्षेत्रमा हिउँदको समयमा हरेक वर्ष हात्तीको चलहपहल बढ्ने गरेकोले मानवीय तथा भौतिक संरचनामा हानी हुने गरेको स्थानीय बताउँछन्। सुनसरीको इटहरीस्थित तालतलैया, पानीपिया तथा शान्तिनगर क्षेत्रमा दजनौँ जङ्गली हात्तीको समूहले स्थानीय बस्तीमा वितण्डा मच्चाउने गरेको प्रहरीको भनाइ छ। सुनसरीको इटहरी २ मा हात्तीको बथान चार कोसे जङ्गलबाट गाउँ पस्न लागेपछि स्थानीय हात्ती धपाउन जुटने गरेका छन्। यहाँको राइचोक नजिक जङ्गली हात्तीले रातको समयमा एक स्थानीयको घर भत्काएर क्षति पुर्याएको छ।

मोरङको बेलबारी नगरपालिकाको विभिन्न वडामा हात्तीले उपद्रो मच्याए पछि नगरप्रमुख दिलप्रसाद राई तथा उपप्रमुख नितु थापा कोइरालालगायत जनप्रतिनिधिले अनुगमन गरेका छन्। बेलबारी–१ मा किसानले लगाएको धानबालीलगायत अन्य नगदे बालीनालीमा हात्तीको बथानले नष्ट गर्दा क्षति भएको बेलबारी नगरपालिकाका नगरप्रमुख राईले बताए।

पाकेको धानबाली, केराखेती, सिमल तरूललगायत बालीनाली हात्तीको बथानले नष्ट गरेको उनले बताए। केही दिनयता पुर्वोत्तर मोरङका विभिन्न क्षेत्रमा हात्तीको हुल नै गाउँ पसेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन्। हात्तीको हुल सुन्दरहरैँचा, बेलबारी, लेटाङ, केराबारीलगायत चारकोशे जङ्गल नजिकको बस्तीमा पसेको हो।

छावा ९बच्चा० सहितको जङ्गली हात्तीको सङ्ख्या दुई दर्जनभन्दा बढी रहेको स्थानीय बताउँछन्। बेलबारी ११ लक्ष्मीमार्गमा राती हात्तीले दुई वटा घर भत्काएर क्षति पुर्याएको छ। रातभर बेलबारी नगरपालिकाको दमकल र इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले साइरन बजाएर जङ्गलतर्फ हात्ती भगाउने कोसिस गरेको स्थानीय सञ्चारकर्मी नरेन्द्र बस्नेतले बताए।

जङ्गल क्षेत्रबाट हात्तीको हुल नै सडकमा निस्किएपछि बेलबारी ११ लक्ष्मीमार्गको केशलिया पुलमा साँझ सडक जाम भएको थियो। हात्तीले बाटो क्रस गर्ने क्रममा सवारीधनीको भागाभाग भएको थियो। मङ्सिर १५ गते शुक्रबार बिहान झापामा हात्तीको आक्रमणबाट एक जना पुरूषको मृत्यु भएको छ। हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

वनमा पुगेका बेला जङ्गलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको झापा प्रहरीले उल्लेख गरेको छ। प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भै रहेको छ। साथै केही दिन अघि जङ्गली हात्तीको आक्रमणबाट झापामा एकको ज्यान गएको छ। दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो। साँझको समयमा शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेर निधन भएको झापा डिभिजन वन अधिकृत मेघराज राईले बताएका छन्।

गत वर्ष पनि मोरङको सुन्दरहरैंचा नगरपालिका १० स्थित सुकुना सामुदायिक बनमा घाँस काट्न जाँदा जङ्गली हात्तीको आक्रमणबाट ३२ वर्षीय सीता पराजुलीको निधन भएको थियो। साथै गत वर्षमा नगरको त्रिवेणीचोक उत्तर जङ्गलमा घाँस काटन जाँदा हात्तीको आक्रमणबाट ७५ वर्षीय बृद्व जयप्रसाद वास्तोला निधन भएको थियो।

हाल सुन्दरहरैँचाको सलकपुर उत्तर तथा गछियाखोला आसपासको क्षेत्रमा दिउँसै जङ्गली हात्ती मानववस्ती तथा किसानको खेतीबालीमा पसेर आतङ्क मच्चाउने गरेको छ। पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकाको मानवस्तीमा घुमन्ते जङ्गली हात्तीले दुःख दिँदा स्थानीय तथा सरोकारभएकामा चिन्ता बढेकोले समस्याको सावधानमा पहन गर्न आवश्यक भएको जिल्लाका सहायक वन अधिकृत लालबहादुर माझीले बताए।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जङ्गली हात्तीलाई कसैले जिस्काउने तथा जथाभावी लखेटने गर्दा मान्छेमा आक्रमण गर्ने भएकोले यसतर्फ सचेत रहन आग्रह गरे। उनले हात्ती जङ्गलबाट मानव वस्तीमा प्रवेश गरेको सूचना एक अर्कामा आदानप्रदान गरेर रातमा उज्यालो बत्ती र साइरनको व्यवस्था गरिएको जानकारी दिए।

जङ्गल नजिकको बस्तीमा घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्नुहुँदैन। हात्तीले स्थानीय जाँड रक्सी खान मन पराएर मान्छेलाई आक्रमण गर्न सक्छ। जिल्ला डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले भने, ‘वनजङ्गलको बीचमा हात्तीलाई सहज होस् भनेर पानीको दह तथा पोखरी निर्माण गरी फलफूलको बिरुवा रोप्नुपर्यो।’

Previous Post

‘लग्जरी लाइफ’ रुचाउँछिन् नीता अम्बानीः कपडा र घडीमा करोडौं रुपैयाँ खर्चिन्छिन्

Next Post

चीनमा फैलिँयो श्वासप्रश्वाससम्बन्धी नयाँ रोग, जोखिममा नेपाल

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

२२ भदौ २०८३,
एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता
समाचार

एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

२२ भदौ २०८३,
कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने
समाचार

कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

२२ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

२२ भदौ २०८३,
विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान
समाचार

विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

२२ भदौ २०८३,
अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

२२ भदौ २०८३,
Load More
Next Post
चीनमा फैलिँयो श्वासप्रश्वाससम्बन्धी नयाँ रोग, जोखिममा नेपाल

चीनमा फैलिँयो श्वासप्रश्वाससम्बन्धी नयाँ रोग, जोखिममा नेपाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In